शनिवार, 17 सितंबर 2022

Gorkha's Festive Season knocks the door

         Lets welcome our visiting tourists guests during this festive season October 2022 presenting the bouquet  of our arts, cultures, music, dances , ethnic musical instrumental play and exotic foods  as we use to observe this festivals two decade ago almost with great fanfare and hearts till the ma, mati and manush sarkr  thrown a big bone to disharmonize the Gorkha Unity into castes and creeds. I advocate समान आचार संहिता   to be prevailed in our motherland under one nation, one flag  and one constitution.  It is a time to show our solidarity unitedly manifesting , "united we stand diversity we fall". Let's realize our fault how we more than 17 Gorkha communities once boast ourselves  of being a  Bharatya Gorkhas, are now divided into fractions like tamang, limbu, rai, mangar, gurung, bahun, chhetri  kami, damai, sarki, bhujel, bhutia, sherpa, bhujel, thami, garti, kochay-mechay. Otherwise our fate will turn into "नाउरी मारी पछितो " बड़ा दशैँ , भाई टिका , देउसे-भैलो, बड़ा दिन , सयपत्री फुल , मखमली फुल गोर्खा-नेपालीको एउटा विछुट्ट मौलिक परम्परालाई विश्व पर्यटन मानचित्रमा चिनाउने मौकालाई सदुपयोग गरौ।  

शुक्रवार, 2 सितंबर 2022

keep smiling

  ‘KEEP SMILING’🤒


This morning when my wife woke up
Hearing the knock of door by milkman
She greeted with sweet smile to him
The milkman took this smile with loving heart
He met a passerby  lady passed the same smile
Who always remains sad
For want of  her unfulfilled dreams
The Lady preserved this smile all the way to her home½11¹111¹11
When her daughter returned from school with heavy heart
For want of her unsolved questions..
The mother said to her,”Oh my darling
Don’t keep worry
KeepSmiling..                                                                                      When your tea is not hot
Keep smiling
When your neighbors quarrel
Keep smiling
When your teacher scold
Keep smiling
When your friend turns foe
Keep smiling
Smiling, the weapon overcomes all eves and downs in life
When our neighborhood throw garbage
dumping near an old poor lady's house
Tell them with a smile 
Find out your own solution to dispose it
To be lived in safe, organized, clean and beautiful society
Keep Smiling.. keep smiling
Yes we say "Mridul Muskanbhari Jindagi"

सोमवार, 29 अगस्त 2022

The Golf Course of Kalimpong Military Station, the tourists' paradise

Golf course of Kalimpong Military Station, Morgan House (hunted mansion), Div Chawk, Durpin Monastry, Henela Roerich (Goddess of Agni Yoga as regards by Russian)  Tomb at Durpin Dara, Crookerty House (House of Nicholas Roerich and Helena Roerich House), Gauripur House (Rabindranath Tagore wrote and broadcasted his famous poem "Janma Bhumi through AIR))  are the favorite  tourists' destinations of Kalimpong which is situated just a stone thrown away from our Mansarover Homestay, Enjoying the morning walk admits greenery accompanying with my grandee  Arudodyai is our routine day's beginnings.











  



















शनिवार, 27 अगस्त 2022

फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह

       

         फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह कालिम्पॉङ्गस्थित वरसिप सेन्टरमा निम्तो  पाएर सभागी हुन पुगेको थिए। खिर परिकारलाई पकाएर राम्रो क्र्करीमा पस्कनु जानै सादा परिवार वधाईको पात्रा बनेका छन्।  एली कथा-संग्रह   नेपाली वाड्मय आंगनमा एउटा सुन्दर फुलको पौधा पनि । वर्तमान इन्टरनेटले रुखो बनाएको पाठक जमातमा जुन जमघट थियो त्यसले नेपाली साहित्यिक फुलवारीमा एउटा सकारात्मक प्रवाह भएको   महसुस गर्दछु भनौ नै भने यो विज्ञापनको युगमा कथा-संग्रह "एली " बनमा फुलेको सुन्दर फूललाई सुख्खा पतकरले छोपिराखेको सुसुप्तवास्थामा  एउटा वतासको झोंकाले नयन उजागर भए  झैँ बोध भयो।  घरमा गएर "एली" कथाले मन छुयो। ५० को दशकमा फानुसको बाबा मेरो युपी रेसेप प्राथमिक पाठशालाको सेकेण्ड सर हुनुहुन्थ्यो।  तिनताक युपी रेसेप प्राथमिक   पाठशालामा कालिम्पॉङ्गबाट  आएका ३ जना गुरुबाहरु  स्व० डेभिड हांड सुब्बा (नाटककार र नाट्य निर्देशक जसको मार्गदर्शनमा मलाई धेरै नाटक अभिनय गर्ने अवसर पाएको थिए),  एन०  टी०   सादा सर अनि अलगड़ाको पी० टी०  मोक्तान सर औ  एस्तर गुरुमा। ती  श्रद्धेय  गुरुजन मंग्पुको शैक्षिक क्षेत्रमा धरातल बनाउने व्यक्तित्वहरु थिए। "एली " पात्रालाई बिर्चादा मान्छेले चिताए के गर्न सक्दैन उसले चन्द्रमा छुन सक्छ अभागिले आफ्नो भाग्यको उजागर निघारको पसिना पुछेर गर्न सक्छ। बाल सुरक्षा बोध भने 
एलीको कथाले समाजलाई इंगित गरेको छ।  कथा संग्रहभित्रको एउटा अर्को कथा " बाजेको रासिन  तिहुन् बोजुको " पठन गर्दा मेरो बाल्यकालमा फिटर  बडाले कुलैन फ्याक्ट्रीको काठको दांचामा बनिएको नाक्चे गांडी हाकेको  दृश्यको सम्झना आयो।  बडी आमा, सीबी दाज्यु, पदम दाज्यु  (विधुत अभियन्ता जसले जालिपुल पावर हाउस छ्योग्याल शासनकालमा निर्माण गरेका थिए) तारा दिदी (फानुसको आमा) हरुसित  हाम्रो परिवारिक सम्बन्ध थियो। रेसेप धुरामा धोंडे गुरुड परिवार एक सम्पन्न  कठोर परिश्रम गर्ने परिवारमा चिनिन्थ्यो।  फानुसले मावली घरको संस्मरण शुलभ  भाषामा प्रस्तुति दिएको छ। बाजेबोजुको  कर्तव्यपरायण जीवन शैलीको शिक्षा च्यारेटी बिगीन्स एट  होम सोह्रै आना चरित्रार्थ भएको कथा। फानुस सादाको जीवन अनुभूतिका कथाहरु पुन: नेपाली  साहित्य संसारमा उजागार भएको कामना गर्दछु। 

   



शुक्रवार, 19 अगस्त 2022

petition for jhora orotection


        सेवामा                                                                                                                                मिति कालेबुड़       ३१ जनवरी  २०२२ 

                   कार्यकारिणी अभियन्ता 
                   कालिम्पॉङ्ग इन्जिनियरिंग सेल 
                   गोर्खाहिल्स क्षेत्रीय प्रशासन 
                   कालिम्पॉङ्ग जिल्ला। 

        मार्फत : पार्षद, ३५ नम्बर बोड-दुर्विन जी टी ए समष्टी 

        विषय : बी एल दीक्षित पथ बरबोट क्षेत्रस्थित  डेनिस कार्थक झोड़ा माथि  बाँध निर्माण हेतु निवेदन-पत्र 

        महोदय,

                    हामी  निम्न हस्ताक्षरकारी रैयतहरु यहाँको सविनय आवेदन पेश गर्दछौ कि अप्पर बोडस्थित बरबोट क्षेत्रमा अवस्थित  आवसकीय  भवनहरु वर्खायाममा दुर्विण औ इष्टमेंन् क्षेत्रवाट बग्ने वर्खाको भेल तथा ठाँडो  खहरे खोलाको वहाऊद्वारा  कार्थक झोड़ाको दुवै किनाराको         जमीन भूस्खलन भएको कारण उक्त इलाकामा अवस्थित घरहरुको घड़ेरीहरु चर्केर  असुरक्षितावास्थामा पुगेको छ।  कुनै पनि समय पैह्रौ  तथा    प्राकृतिक प्रकोप भएको खण्डमा यस धना आवादी भएकोले क्षेत्रमा  ज्यान-मालको क्श्य्क्श्ति क्षय-क्षति हुन सक्ने प्रवल सम्भावना छ। 

                    यसोसले यहाँलाई हामी निम्न आवेदनकारी यहाँको समक्ष  विनम्र अनुनय गर्दछौ कि उक्त झोड़ाको दुवै किनारामा सुरक्षा बाँध निर्माण हेतु आवश्यकीय योजनालाई         अनुमोदन गरी यथासीध्र कार्यावाही हुन गए हामी  उक्त क्षेत्रको स्थायी बासिन्दाहरु उपकृत एवं कृतज्ञी हुने थियौ। 

                    सघन्यवादसहित 



           प्रतिलिपि आवश्कीय कार्यावाही तथा अनुमोदनार्थ प्रेषित                                                                     यहाँको विश्वस्त रैयतहरु 

            १)   श्रीमान सुमन गुरुड़ , पार्षद 
                   ३५ नम्बर बोड़ दुर्विन जी टी ए समष्टि 

                



        



           

            




शनिवार, 6 अगस्त 2022

दार्जिलिंग क्षेत्रबाट प्रथम गोर्खा स्वतन्त्रता सेनानी शहिद दल बहादुर गिरी

                                                                                                        प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग 

 आजदीको अमृत महोत्सवको शुभ पर्वमा हर घरमा तिरंगाले राष्ट्रबोध र राष्ट्रिय प्रेमको     बिशेष यस पुनित दिवसमा कालिम्पोंगको गरिमा र ऎतिज्यलाई स्वतन्त्रता सेनानी दल बहादुर गिरीको  योगदान र जीवनी  सम्बन्धित आलेख    

        भारतवर्षको स्वतन्त्रता संग्रामको एक  शताव्दीको  एउटा लामो काल खण्डको गाथाहरु   स्वतन्त्रता संग्रामको इतिहास पठन गरेर हामी अवगत गर्न  सक्छौ।  महात्मा गान्धीको नेतृत्वमा भारतवर्षमा  धेरै स्पुतहरुले  स्वतन्त्रताको संग्राममा प्राणाहुति तथा सर्वश न्यौछावर गरेका थिए।   देश भक्तिको  उदाहरण  औ  देशको आजादिको निम्ति तिनताक दार्जिलिंग क्षेत्रबाट शहीद  दल बहादुर गिरीको उत्सर्गलाई देशको स्वतन्त्रता  आन्दोलनको इतिहासमा सदैव सुवर्ण अक्षरमा अंकित भएको छ। दल बहादुर गिरीले आफ्नो  छोटो  जीवन कालमा देशको निम्ति एउटा महान कार्य गरेर गएको इतिहास सायद भारतको yyy राष्ट्रियस्तरको  नेतृत्व गर्ने कांग्रेसी स्वतन्त्र सेनानी दल बहादुर गिरी थिए जसलाई तिनताकको अखिल भारतीय  काँग्रेस दलका अग्रिम पक्तिका शीर्स नेताहरुको एक प्रियप्रात हुन पुगेका थिए। त्यस समयमा भारतवर्षमा गोर्खाहरुप्रति सन्देह अनि नफरतको  दृष्टिकोणले हेर्थे।  गोर्खाहरुलाई  ब्रिटिश हुकुमतको दोस्रो पक्तिको योद्धाकोy रुपमा कार्यरत रहेको हेय दृष्टिले गोर्खाहरुलाई अन्य भारतीयहरुले हेर्ने गर्छन । भनौ नै भने गोर्खाहरुको  स्वतन्त्रता संग्राममा नगन्य भूमिकाको पालन गरेको इतिहासमा  पाऊछौ। तर त्यो साँचो होइन। आधुनिक भारतको  स्वतन्त्रता  संग्रामको इतिहासको घटनाहरु र इतिहासको पुन: खोजी  गरेर  गोर्खाहरुको बलिदान विषय उजागर गर्ने दायित्व अब हाम्रो  शिक्षित जमातले वहन गर्नु पर्छ। गोर्खाहरुलाई जनरल डायरको  कमानमा जलिनवाला नरसंहार गरेको उत्तरदायी  बनाएको इतिहासमा  घटना उल्लेखित छ। हालैमा प्रकाशित जर्नलमा ले० जनरल शक्ति  गुरुडले त्यस घटनामा गोर्खा पल्टनको कुनै सहभागी नरहेको प्रमाणिक तत्थ पेश गरेको छ।  भारतीय राजनैतिक दलहरुद्वारा गोर्खाहरुप्रतिको  नकारात्मक सोंचलाई यस्तै तत्थपरक   खोंज -पत्रहरुको माध्यमबाट निराकरण गर्न पर्ने समयसाक्षेप माग हुन गएको  छ। भारतवर्षको  स्वतन्त्रता सेनानीहरुमा भारतीय  गोर्खा समुदायबाट रत्न बहादुर गिरी , हेलेन लेप्चा (सावित्री ,देवी )कृष्ण बहादुर मुखिया, क्याप्टन  राम सिंग ठकुरी, पुष्प कुमार धिसिड , गागा छिरिड लेप्चा, सुवेदार निरञ्जन कुमार छेत्री, मेजर दुर्गा  मल्ल, जंगवीर सापकोटा, जोम्बे  पाल आदि सहीदहरुका  परिचय हाम्रा गोर्खा  पिड़ीलाई  चिनाउनु पर्ने दायित्व हाम्रो पनि हो। 

        दल बहादुर गिरीको विषयमा इतिहासकार निर्मल चन्द्र चौधरीले यसरी वर्णन गरेका छ , " One who destined to become the greatest exponent of India Freedom Struggle amongst the Indian Nepalese the life story of Dal Bahadur Giri is worth recounting just to become fully aware of our glorious freedom struggle and the past played by Giri in which was never really sought to be estimated correctly by us." दल 
बहादुर गिरीलाई कांग्रेस दलका सर्व भारतीय राष्ट्रीय नेतृत्व  महात्मा गान्धी र सुभाषचन्द्र बोसको आंखामा एक साँचो स्वतन्त्रता संग्रामीको रुपमा हेर्ने गर्थ्यो।  

            ८ मार्च १८८७ मा दार्जिलिंग शहरको चोक बजारमा पिता शिब लाल गिरि र माता निर्मला देवी छेत्रीको कोखमा जन्मेको थियो। शिब लाल गिरि ब्रिटिश सरकारको पुलिसको रुपमा कार्यरत थिए।  दल गिरी  तीन भाइहरु मध्ये माइलो छोरा थिए। जेठा दाज्यु   दाज्यु अगम सिंग गिरि अनि  कान्छा भाई मन बहादुर गिरी। ६ वर्षको उमेरमा दार्जिलिंग सरकारी विधालयबाट शिक्षा प्रारम्भ गरेको थियो अनि १६ वर्षको उमेरमा  ENTERANCE EXAMINATION पास गरेका थिए। तत्पश्चात दल बहादुर गिरीले प्राथमिक पाठशालामा गिरुबाको रुपमा केहि महिना काम गरेको थियो। १९०३ सालमा जल पहाडको स्टेशन स्टाफ  हस्पिटलमा एक किरानीको पदमा नियुक्ति पाएर काम गरेको थियो। त्यस समय बम्पस दार्जिलिंग जिल्लाको डिपुटी  कमिशनर मिस्टर एस बम्पसद्वारा दल बहादुर गिरीको कार्य कुशलता र लगनशीलता देखेर तिनलाई डिपुटी म्याजिस्त्रेटको पदमा नुयुक्तिको सिफारिस गरिएको थियो तर मेडिकल जाँचमा अवतिर्ण भएको थियो। दल बहादुर गिरि आफ्ने काममा सन्तुष्ट थिएन।  उनी ----ल्यकालदेखि नै राजनीति, सामाजिक जागरण अनि समाजको उठानको निम्ति केहि नँया गर्ने सोंच राख्थे।  जब दार्जिलिंगमा GORKHA UNION LIBRARY सस्थान खोलिएको थियो त्यस संस्थाको मुख्य आयोजकको रुपमा चयन भई सामाजिक सेवामा लागेको  थियो।  उनकै कठोर मेहनत र अथक प्रयासमा दार्जीलिंगमा पुस्तकालयको गरिमा र प्रसारण गरेर धेरै  सदस्यहरु बनाउन सफल भएको थियो। पुस्तकालयको माध्यमबाट पुस्तकहरुको पठन पाठनबाट  उनलाई भारतीय समाज बिषय अध्ययन गंरेगर्ने  सुजोक मिलेको थियो।  

        भारतीय स्वतन्त्रता संग्रामको  चिंगारीको बौद्धिक अनि राजनैतिक सचेतना जगाउनुमा  बंगालको बंगाली शिक्षित समाजको ठुलो  भूमिका रहेको सत्य हो।    यसैकारण बंगालको वैचारिक क्रान्तिलाई  जरासंगै  मार्ने  षड्यन्त्र १६  अक्बुबर १९०६ मा लार्ड कार्जन भाइस रोयद्वारा  बंगाललाई   पश्चिम बङ्गाल अनि पूर्व बङ्गाल दुई प्रान्तमा विभक्त गरेको आदेश सरकारी राजपत्रमा प्रकाशित भएको थियो। यस आदेशको बिरुद्ध दार्जिलिंगको  निरप्रेन्द्र हिन्दी पब्लिक हलमा एउटा विरोध सभा आयोजन गरेको थियो। त्यस सभाको मुख्य वक्ता सिस्टर निवेदिता अनि देशबन्धु चितरंजन पाल थिए। राष्ट्रवादको विरुवा त्यहि सभामा एक युवा गोर्खा दल बहादर गिरीको हृदयमा पनि   बिजारोपन हुन् गएको थियो। 

           १९१० सालमा २३ वर्षको उमेरमा दल बहादुर गिरीले कुमारी कृष्ण माया छेत्रीसंग विवाह गरेको थियो। परिवारको भरण-पोषण र नयाँ ठाँउमा अवसरको खोजीमा दल बहादुर गिरीले सिक्किम राज दरवारमा हेड  क्लर्कको पदमा    नियुक्ति पाएर गान्तोक बसाई सरेका थिए। आफ्नो कार्य दक्षता र इमानदारिताको कारण छोटो अवधिमा नै उनी राजा छोग्यालको प्यारो हुनु पुगेको थियो। १९११ सालमा दिल्ली दरवारमा राजासंग   उनको विशेष अतिरिक्त कार्यपालको रुपमा सभागी भएका थिए।   राज दरवारमा दल बहादुर गिरी  ख्याति र  उन्नति देखेर अन्य दरवारको  भारदारहरु जल्न थालेको थियो अनि उनलाई फँसाउने  षडयन्त्र  रच्ने मध्ये    बिशेष एक एग्लो इण्डियन अधिकारीले काजीहरुसंग मिलेर दल बहादुर गिरीलाई विभिन्न प्रलोभन देखाउने काम भएको थियो।  काजीहरू रैतिहरुबाट नायजाज कर वसुलीको  पैसा रुपंया १०००/-  घुस दिएर फंसाउने कोशिष  गरेको थियो तर गिरीले रुपिंयालाई उनीहरु कै मुख्यमा फ्याँकेर आफ्नो स्वभाविमान र इमान्दारितालाई दृष्टान्त  देखाएको थियो। दल बहादुर  गिरीलाई फ़साउनुको  निम्ति काजीहरू राजालाई गिरीको विरुद्ध विभिन्न प्रकारको जालसाय र  चाप्लुसी गरेको कारण  राजालाई  दल वहादुर गिरीलाई नोकरीबाट बर्खास्त गरेको थियो। गिरी  सदैव आवाजरहित रैतिहरु को सहयोगको  पक्षधर थिए। राजाको हुकुम बमोजिम १९१६ कालमा दल बहादुरलाई वर्खास्त   गरी   सिक्किमको सीमाना राम्फुसम्म  पुलिसको एस्कर्ट लगाएर देश निकाला गरेको थियो । राजाको आदेश विरोधमा आफ़्नो स्वभाविमानको निम्ति कानुनी लडाई लडेर उनी दोषमुक्त भएका थिए। राजाmmmmmmmmmmलाई दल बहादुर गिरि विरुद्ध षडयन्त्र भएको थाहा पाए पछि गिरीलाई ससम्मानतर  पुन: नोकरीमा बहाल गर्ने आदेश पत्र पठाईएको  थियो तर  आत्म-सम्मानको धनी  गिरीले राजाको नियुक्ति पत्र  इन्कार  गरेको थियो। 

            त्यस काल खण्डमा भारतवर्षमा  ब्रिटिश हुकुमतको विरुद्धमा अशान्तको लहर छाइसकेको थियो। महात्मा गान्धीको नेतृत्वमा  स्वाधिनताको क्रान्तिको शंखनाद भई सकेको थियो।   सिक्किमबाट फर्केर दलबहादुर गिरीले  Hillmens Tea & Trading Company मा काम गर्न थाले। तिनताक तिनलाई Darjeeling Poeple Association को कालिम्पोंग शाखाको उप-सचिवको निम्ति चयन गरिएको थियो। ब्रिटिश शासनकालमा चिया कमानको श्रमिकहरुको अत्याचार र शोषण विरुद्ध आवाज उठान गर्न दल बहादुर गिरी कृत-संकल्पित भई  उठे। Defence of India Act भंग गरेको विरुद्धमा  श्याम सुन्दर चर्कवती कालिम्पोंग जेलमा कारावासको सजाई भोगिरहेका थिए।  दल बहादुर गिरिको  उनीसित धनिष्ट मित्रताको कारण उत्तर बगालको वरिष्ठ कांग्रेस दलको नेता डाक्टर चारु चन्द्र सन्यालको सम्पर्कमा आए  औ    दल बहादुर गिरि कांग्रेसी कार्यकर्ता हुन पुगे। कांग्रेसी नेता श्याम सुन्दर र डाक्टर चारु चन्द्र सन्यालको   प्रभाव र प्रोस्ताहनमा   दल बहादुर गिरी  अखिल  भारतीय कांग्रेस दलको १९१७ सालको कलकत्ता अधिवेशनमा भागलिन  पुगेका थिए।  त्यस अधिवेशनको सभापतित्व श्रीमती एन्नि बिसेटले गरेकी थिइन। त्यस  अधिवेसनको दौरान दल बहादुर गिरीले कांग्रेस दलका वरिष्ठ कांग्रेस दलको नेतृत्वबीच  एक कांग्रेसी नेताको रुपमा चिनिन थाले। वरिष्ठ नेतृत्व जस्तै जानकी नाथ धोशाल  औ देश बन्धु चितरञ्जन  पालसंग  वार्तालाभ गर्ने सुयोग पाए। इतिहास साक्षी छ  कि दल बहादुर गिरी  बाहेक  दार्जिलिंग भेकबाट अन्य कुनै व्यक्तिले कांग्रेस दलको अधिवेशनमा पहिला भाग लिएका थिएनन  । १९१८ सालमा कांग्रेस दलको दिल्ली अधिवेसनको  सभापति पण्डित  मदन  मोहन मालवी थिए। दल बहादुर गिरी पनि अधिवेशनमा सम्भागी भएको थियो।   अधिवेसनको अन्तिम दिनमा तिनलाई महात्मा गान्धीजीसित व्यक्तिगत भेटवार्ता गर्ने सुयोग मिल्यो अनि गान्धीजीको प्रेरणा र शिक्षा पाई पुर्ण  परिवर्तित भई  स्वतन्त्रताको संग्राममा होमिन पुगेका थिए। 

        बिजय लाल चटर्जीको उल्लेख अनुसार, "  कांग्रेस दलको अधिबेसन :पश्चात दल बहादुर गिरी पूर्णत: परिवर्तित भएको   इयो। माँ भारतीको स्वतन्त्रताको निम्ति कृत संकल्पित भएको थियो। अल्प कालमा नै दल बहादुर गिरि कांग्रेस दलका प्रख्यात नेतृत्व माझ एक प्रक्याता नेतामा गनिन थाले। गिरीलाई "पहाडी गान्धी" को उपमाले चिनिन थाले।" अखिल भारतीय कांग्रेस पार्टीको चन्दाको दुर गिरीमा  ।  माँ  भारतीको स्वतन्त्रताको निम्ति कृत-संकल्पित थिए। अल्प कालमा नै दल बहादुर गिरी कांग्रेस दलको प्रमुख नेतृत्व बिच "पहाडी गान्धी" को उपमाले चिनिन   थाले। १९२० को नागपुर  काँग्रेसी दलको अधिवेशन विजय राधव आचार्यको अध्यक्षतामा आयोजित भएको थियो त्यहाँ  तिनले गोर्खाली स्वयंसेवकहरुको सहायताले  चर्खा अनि तक्लु संस्कारको झांकी पेश गरेका थिए।  गान्धीजी गिरीसंग प्रभावित भई गिरीसित प्राइभेत अर्न्तलाप गरेका थिए  जसको फलस्वरुप  गिरीमा अझ राष्ट्रवादी हुन् पुगेको थियो। नागपुर अधिवेशनबाट फर्केर दल बहादुर गिरीले दार्जिलिंग  जिल्ला कांग्रेस कमिटिको  सभा कालिम्पोंगमा आयोजन गरेका थिए जुन समय गिरी आफ्नो परिवारसंग कालिम्पोंगमा बसोबास गर्थे। त्यहि सभामा दार्जिलिंग जिल्ला कांग्रेस कमिटिको गठन गरिएको थियो अनि दलको मुख्यालय कालिम्पोंग महाकुमाको दार्जिलिंग जिल्लामा राजनैतिक परिवेश पेदॉङ्गमा स्थापना गरिएको थियो । गिरीले अखिल भारतीय कांग्रेस पार्टीको   चन्दा संग्रहको रसिद, दलको नियमावली औ अखिल भारतीय  कांग्रेस दलको लेटर हेड प्याड पनि लिएर आएको थियो।   गिरीको सम्पूर्ण परिवारको सदस्यहरु अनि अन्य कांग्रेसी दलका कार्यकर्ताहरु १९२१-२२ को असहयोग आन्दोलनमा भागिदार गएका थिए। दार्जिलिङ्ग जिल्लामा पनि जनसाधारणमा  राजनैतिक जागरण आएको पनि  त्यहि कालखण्डलाई  मानिन्छ। केही चिया कमान  श्रमिकहरुले  पनि विदेशी सामानहरुको वहिष्कार गर्न शुरु गरेका  थिए। रजत कान्ति रोयको पुस्तक "Social conflict and Political Unrest in North Bengal" मा उल्लेख गरे बमोजिम दल बहादुर गिरीको आव्हानमा   चिया बगानका श्रमिकहरुले डेपुटी कमिंश्नर कार्यालय अधि भेला भएर  "बन्धे मातारम" अनि "गान्धीजी कि जय " नारा बुलंद गरेका थिए। त्यस समय  दार्जिलिंग जिल्लामा राजनैतिक परिवेश उग्र बन्दै गैरहेको थियो। दार्जिलिंग जिल्ला Excluded Area भएको कारण डेपुटी कमिश्नरद्वारा निरंकुश शासनगर्ने गर्थ्यो। डेपुटी कमिश्नरको कार्य संस्कृतिलाई गर्वनर तथा प्रादेशिक सदनले पनि हस्तक्षेप गर्न   सक्दैनथ्यो। 
            १९२०  सालमा कालिम्पोंगमा दार्जीलिंग जिल्ला कांग्रेस कमिटि दल बहादुर गिरीले गठन गरेको थियो। कांग्रेस भित्र दल बहादुर गिरीको नाम एक परिचित कार्यकर्ताको रुपमा चिनिन थाल्यो। प्राय जसो कांग्रेस दलको शिर्ष नेत्ताहरु जेलमा कैद भएको समयमा श्री सी आर दासद्वारा दल बहादुर गिरीको नाम कांग्रेस  दलको सभापतिको पदको निम्ति प्रस्तावित   गरिएको थियो। 

            १9२१ सालमा मिस्टर एस डव्लु गोडेद्वारा  दार्जिलिंग रिंक सिनेमा हलमा एउटा सभा आयोजन गरेको थियो कि असहयोग आन्दोलनको  विरोधमा जनमत संग्रह गर्ने  उद्धेशय लिएर । त्यस सभामा विशेष   ब्रिटिस राजको हुकुमतको पक्षधरलाई मात्र सभामा निमन्त्रणा-पत्रद्वारा निमत्याएको थियो तर  दल बहादुर  गिरि औ अन्य कांग्रेस दलको  कार्यकर्ताहरुको प्रवेशमा प्रतिबन्ध लगाएको थियो। तर दल बहादुर गिरीले भने त्यस सभामा कुनै पनि परिस्थितिमा प्रवेश गरी ब्रिटिश  राज हुकुमतको मनसाय जान्न चाहान्थे। उसको साथी  प्रतिमान तामाङ्गलाई खरसाङ्गबाट प्रतिनिधित्वको निम्ति  बोलाइएको थियो उनको सट्टामा  दल बहादुर गिरि हलभित्र प्रवेश गरेको थियो। सभा  प्रारम्भ हुन अधि जन सभाको कायदा कानुनलाइ अवहेलना गरी डिपुटी कमिशनर मिस्टर एस डव्लु गोडे सभा कक्षमा प्रवेश गरि सभापतिको आसन ओगटेर बसेका घटनाले उपस्थित जन साधारण  असमज्यमा परेको थियो। , दल बहादुर गिरीलाई मिस्टर गोडेको व्यवहारप्रति   असहय तथा अपमानित बोध भएको  कारण डिपुटी कमिशनरको व्यवहारको बिरोधमा नारा लगाउन थाले। डिपुटी कमिशनर अनि उनको चम्चाहरुले गिरीलाई हलबाट पक्रेर  वाहिर निकाल्ने प्रयास गर्न थाले। । कुनै एक चिया कमानको सरदार बाधबीर  लामा उठेर कराउन थाले कि कसैले   दल वहादुरलाई हातपाय गरे त्यसको नतिजा गम्भीर हुनेछ भन्दै दल बहादुर गिरि जिन्दाबादको नाराले हल गुनज्यमान भएको थियो। डिपुटी कमिशनर चोर दैलोबाट नो दो  ग्यारह भैसकेको थियो।    दल बहादुर गिरीको   आत्म स्वभाविमानको निम्ति बिरोधको  आवाज र साहसलाई हलाभित्रमा मानिसहरुले समर्थन गरका थिए।  रिंक सिनेमा हलमा भएको अपमानको वदला लिनलाई डिपुटी कमिशनर मिस्टर एस डव्लु गोडे मौकाको  तलासमा थियो। कांग्रेस दलको अनुमोदनमा उठेको  खलिफत आन्दोलनमा दल बहादुर गिरी  सभागी भएको थिए  अनि अली  ब्रर्दश्को  नाममा चन्दा संग्रह  थाले। कवि काजी  नजरुल इस्लामले   उनको पत्रिका "धुम केतु" दिनाङ्क ७ नोभेम्बर १९२२मा यसरि  लेखेको थियो कि दल बहादुर गिरीलाई ब्रिटिश पुलिसद्वारा खलिफ आन्दोलनको निम्ति चन्दा उठाएको इलजाममा पक्राउ गरि दार्जिलिंग जेलमा थुनुवा गरेको थियो पछि उनलाई अलिपुर सेन्त्रल  जेलमा सरुवा गरिएको थियो। केही  महीनासम्म  काराबासको  दण्ड भोगेर  उनलाई जेलबाट मुक्त गरिएको थियो। 
            दल बहादुर गिरी  जेलबाट छुटे पश्चात दार्जिलिंङ्गको चिया कमानहरुमा कांग्रेस दलको झन्डामुनि रहेर चिया श्रमिकहरु माझ  गान्धीजीको सिद्धान्तलाई प्रसार प्रचार गर्न थाले।  दार्जिलिंगको  चिया श्रमिकहरुलाई कांग्रेस दलको सदस्यता  ४ आना प्रवेश शुल्क: तिरेर भटाभट   सदस्यता ग्रहण गर्न शुरु गरेका थिए। चिया श्रमिकहरुको दयनीय  
हातल विषय आवाज बुलन्द हुन थाल्यो।  दैनिक हाजिरा बडोतरीको मागमा हडताल हुन थाल्यो अनि मालिकबर्गले श्रमिकहरुको दैनिक हाजिरी बडाउन बाध्य भएका थिए।  नोभेम्बर १९२१ मा दल बहादुर गिरीले दार्जिलिङ्गमा  एउटा विराट जन सभा आयोजित गरी   महात्मा गान्धीजीलाई  काराबासबात झट्ट रिहाइको  मांग पेश गरे। ब्रिटिस राजाको खिलाफ बगावत अनि असहयोग आन्दोलनको निमित जनतालाई उस्काएको मुद्धा हालेर गिरीलाई तेश्रो पल्ट   पर्काउ गरी तिस्रो दर्जाको कैदीको रुपमा अलिपुर सेन्त्रल जेलमा थुनुवा गरेको थियो। दल बहादुर गिरि एक सम्भ्रान्त व्यक्ति थिए अनि दार्जिलिद जिल्लाको एक मात्र साँचो कांग्रेसी दलको कार्यकर्ता थिए।  ब्रिटिश राजमा कुनै पनि रीतिले स्वतन्त्रताको  आवाज उठान गर्न प्रतिबन्ध थियो। यसैकारण गिरीलाई कठोर  काराबासको सजाइशितहित  तेस्रो दर्जाको कैदीको रुपमा राखिएको थियो। उसलाई चोर, डकैत र ठगको इलाजाम लगाएर जेलमा सडाएर राखेको थियो। जेलमा दल बहादुर गिरीको अवस्था देखेर जेलमा  कैद  अन्य स्वतन्त्रता संग्रामीहरु मध्ये  सतिश बाबु, नरेन चौधरी अनि अन्य कैदीहरुले विरोधको आवाज उठाउन थालेको थिए ।  यस धटनालाई मध्य नजर राखेर दल बहादुर गिरीलाई हुगली जेलमा सारेका थियो। हुगाली जेलमा अन्य स्वाधिनता सेनानिहरुसित सम्पर्क आए पश्चात  जेलमा अन्य स्वतन्त्रता कैदिहरुमाझ स्वदेशी आन्दोलनको पाठ पठाएका थिए गिरीले। दल बहादुर गिरी  छातीको रोगले ग्रसित थिए।  जेलको खाना, कुव्यवस्था अनि कठोर  सजाइको कारण गिरीको शारीरिक  अवस्था दिनप्रतिदिन नाजुक हुंदै गएको थियो। ब्रिटिश राज दल बहादुर गिरीको आवाजलाई दार्जिलिङ्ग  क्षेत्रबाट सदाको निम्ति निभाउनको निम्ति गिरीलाई इतिश्री गर्न चाहन्थे। मृत्युश्याको अवस्थामा पुगेको गिरीलाई उनको धर कालिम्पोगमा पठाइयो। दल बहादुर गिरीको शिकिस्त सारीरिक  अवस्थाको खबर थाहा पाएर सुभाष चन्द्र बोसले उनको प्रकाशित पत्रिका " सारथी " मा दल बहादुर गिरीको निम्ति आर्थिक  सहयोगको निम्ति चन्दा संग्रह गर्ने आव्हान गरेको थियो। सुभाष चन्द्र बोसले  विजय लाल चटर्जीलाई  गिरीको सहायताको निम्ति संग्रहित धन राशि रू १०००/- पुर्याउनको निम्ति कालिम्पोंग पठाएको थियो। तर दैवको लाठी  सबै माथि  भने झैँ  ०९  नोभेम्बर १९२४ मा ३६ वर्षको अल्पायुमा दल बहादुर गिरी  संधैको निम्ति अस्ताए।  गिरीको मृत्युवरनको  समाचार सुनेर महात्मा गान्धीले १३ नोभेम्बर १९२५ को Young India पत्रिकामा गिरीको मृत्यु देशको निम्ति ठुलो क्षति भएको संवेदना अभिव्यक्त गरेका  थिए। 
            सर्व भारतीय राष्ट्रिय कांग्रेसको ३९ वां  अधिवेशन जो बेलगांवमा  आयोजित  भएको थियो।  २६ दिसम्बर १९२८ मा गान्धीजी स्वंम  सभामा उठेर दल बहादुर गिरीको वीरगति एंव अन्य स्वतन्त्रता सेनानिहरुको वलिदानको निम्ति श्रद्धान्जली अनि संवेदना प्रतिवेदन प्रस्तुत  गरेका थिए।
            दल बहादुर गिरीको मृत्य पश्चात गिरीको परिवारको आर्थिक हालत एकदमै शोचनीय र दयनीय भएको थियो। गिरी  चाहन्थे कि उसको मृत्यु पश्रात उनको परिवार गान्धीजीको साधिन्यतामा साबरमति  आश्रममा राखियोस्। पछि गान्धीजीले गिरीको परिवारलाई बोलाएर सावरमति आश्रममा ससम्मान राखिएको इतिहास साक्षी छ।  भारतवर्षको  स्वदेशी आन्दोलनमा दल बहादुर गिरीको उत्सर्ग वलिदान भारतीय गोर्खा समुदायले सगर्व संस्मरण गर्न  पर्ने हो जसको वलिदानको गाथा भारतवर्षको स्वाधिनताको संग्रामको इतिहासमा सुवर्ण अक्षरले सजिएको छ । आज हाम्रो युवा शिक्षित जमातलाई  दल बहादुर गिरी  को थिए अनि किन उसको सालिक कालिम्पोंगगको  प्रवेश द्वार थाना डाँडामा स्थापित छ बारे अनभिज्ञ  छ।  गिरीको पार्थिक शरीर दफ़नाएको भूमी  ८ माइल स्थित महेन्द्र लुहागुनको बारीमा अवस्थित छ  जो हामिहामी  गोर्खाको निम्ति दिल्लीस्थित  राजधाट  , विजयधाट जस्तो पवित्र स्थल जस्तो पुंज्नु पर्ने  तर हामी गोर्खाहरु कहिले त्यो संस्कार -सस्कृतिलाई आत्मसात गर्ने ?? 
             
            जय हिन्द बन्दे मातारम अनि भारत माताकी जय 

रविवार, 24 जुलाई 2022

हाम्रो पर्यावरण : कालिम्पॉङ्ग शहर वरिपरिको दृश्य

         पर्यावरणलाई  रक्षा गर्न हाम्रो परम दायित्व किन हो? किन हामीले वातावरण अनि पर्यावरणलाई स्वच्छ राख्नु पर्छ ?-पर्यावरणलाई किन बचाएर राख्न जरुरी  छ? आज यो प्रश्न हाम्रो सामुन्ने छ। यसको सीधा  औ सरल उत्तर हो कि  हामीलाई जीवनदायक संसाधन हुनेछ। कोभिड -१९को महामारीको गम्भीर परिस्थितिमा हामीले के अनुभव गर्यौ भने ससारमा अत्यावश्यक वस्तु ईश्वरले वरदान दिएको छ भने जीवनदायिनी प्राणवायु आंक्सिजन। हामीले यो महामारीमा एउटा  ठूलो शिक्षा अको  के पायौ भने जीवनको निम्ति अति नै खाँचो प्राणवायु हामीसम्म पुग्नको निम्ति स्वच्छ परिवेश र पर्यावरणको कति ठूलो  योगदान छ। हामीले कुनै पनि हालतमा  हामी  बसेको धरती  मातालाई बन-जंगलरहित हुनबाट बचाउनु पर्छ। हामीले यस धरतीलाई वायु प्रदूषण र ध्वनि प्रदुषणबाट पनि बचाउनु समयको माग पनि हो।  सौभाग्यमानी हामी कालिम्पॉङ्गवासी हामीले अझसम्म बनजंगल बचाएर हरियाली बनाइ राखेका  छौ कालिम्पॉङ्ग ।  २४ जुलाई २०२२ सन्ध्याकालीन याममा इन्द्रेणीको सप्तरंगी छटा र दिनको सूर्यास्तको समयमा घरको वार्दुलीबाट उतारेको तस्वीर  आफै बोल्छ हाम्रो पर्यावरण  

----------------------------------------------------------------------------------------------

















 


सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...