फानुस सादा कृत कथा-संग्रह "एली " को बिमोचन समारोह कालिम्पॉङ्गस्थित वरसिप सेन्टरमा निम्तो पाएर सभागी हुन पुगेको थिए। खिर परिकारलाई पकाएर राम्रो क्र्करीमा पस्कनु जानै सादा परिवार वधाईको पात्रा बनेका छन्। एली कथा-संग्रह नेपाली वाड्मय आंगनमा एउटा सुन्दर फुलको पौधा पनि । वर्तमान इन्टरनेटले रुखो बनाएको पाठक जमातमा जुन जमघट थियो त्यसले नेपाली साहित्यिक फुलवारीमा एउटा सकारात्मक प्रवाह भएको महसुस गर्दछु भनौ नै भने यो विज्ञापनको युगमा कथा-संग्रह "एली " बनमा फुलेको सुन्दर फूललाई सुख्खा पतकरले छोपिराखेको सुसुप्तवास्थामा एउटा वतासको झोंकाले नयन उजागर भए झैँ बोध भयो। घरमा गएर "एली" कथाले मन छुयो। ५० को दशकमा फानुसको बाबा मेरो युपी रेसेप प्राथमिक पाठशालाको सेकेण्ड सर हुनुहुन्थ्यो। तिनताक युपी रेसेप प्राथमिक पाठशालामा कालिम्पॉङ्गबाट आएका ३ जना गुरुबाहरु स्व० डेभिड हांड सुब्बा (नाटककार र नाट्य निर्देशक जसको मार्गदर्शनमा मलाई धेरै नाटक अभिनय गर्ने अवसर पाएको थिए), एन० टी० सादा सर अनि अलगड़ाको पी० टी० मोक्तान सर औ एस्तर गुरुमा। ती श्रद्धेय गुरुजन मंग्पुको शैक्षिक क्षेत्रमा धरातल बनाउने व्यक्तित्वहरु थिए। "एली " पात्रालाई बिर्चादा मान्छेले चिताए के गर्न सक्दैन उसले चन्द्रमा छुन सक्छ अभागिले आफ्नो भाग्यको उजागर निघारको पसिना पुछेर गर्न सक्छ। बाल सुरक्षा बोध भने
एलीको कथाले समाजलाई इंगित गरेको छ। कथा संग्रहभित्रको एउटा अर्को कथा " बाजेको रासिन तिहुन् बोजुको " पठन गर्दा मेरो बाल्यकालमा फिटर बडाले कुलैन फ्याक्ट्रीको काठको दांचामा बनिएको नाक्चे गांडी हाकेको दृश्यको सम्झना आयो। बडी आमा, सीबी दाज्यु, पदम दाज्यु (विधुत अभियन्ता जसले जालिपुल पावर हाउस छ्योग्याल शासनकालमा निर्माण गरेका थिए) तारा दिदी (फानुसको आमा) हरुसित हाम्रो परिवारिक सम्बन्ध थियो। रेसेप धुरामा धोंडे गुरुड परिवार एक सम्पन्न कठोर परिश्रम गर्ने परिवारमा चिनिन्थ्यो। फानुसले मावली घरको संस्मरण शुलभ भाषामा प्रस्तुति दिएको छ। बाजेबोजुको कर्तव्यपरायण जीवन शैलीको शिक्षा च्यारेटी बिगीन्स एट होम सोह्रै आना चरित्रार्थ भएको कथा। फानुस सादाको जीवन अनुभूतिका कथाहरु पुन: नेपाली साहित्य संसारमा उजागार भएको कामना गर्दछु।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें