sh लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
sh लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 20 मई 2022

Process of Tradtional Gorkha's Kinema making) at Mansarover Hous.

   Process of Tradtional Gorkha's Kinema making) at Mansarover Hous. 

 Gauging from the socio-cultural binocular the eating habits reflect socio-cultural behavior to the geography and landscape of region. What I observed that rice eating region right from Japan to Eastern Uttar Pradesh of India prefer to fermented food as well as other part of globe. Yogut, Kefir Sauskraint, kimchi,cortido, sourdough, kvass, pulque. Kaffir beer, miso, tepa, dosa, cheddar and stilon cheese, Surströmming, Kombucha Crème fraîche, fermented sausage, wine ete. are traditional fermented foods of the different regions of the globe. To indicate the Gorkha traditional fermented foods viz, we can enlisted sale roti, kenema, gundruk, sinaki, meso,  different veg or non-veg pickles  bhaisikzo masuko achar, kukharako masuko achar, sungurko khuttako achar ,various vegetables pickles like  dalli khorasani ko achar, tamako achar, etc are the most preferred cosines in our gorkha home kichens. 

        My wife Puspa after dedicating 44 years of length of nursing service in rural area backed  home in 2017 and started her passion for cooking and serving the  traditional regional foods to the traveller guests who come to stay at our Mansarover Homestay. She is fond of making fermented wine of different fruites like guava, peach, pear, timbur, khankpa,guras,chingfing, ginger flavour wine as well as making kenema, gundruk, sinki, meso, chuk. Today I saw her making kenema , a soybean bio-product , which I brought from Kolakham busty of Kalimpong district which is situated in Neora valley wildlife sanctuary is famous for  bhatmas dal  (soybean) cultivation and sale it's product at Kalimpong Raja Drorjee Hat.. She clenched the bhatmas beans and  soak it in fresh water at least a day for soften the hard shell of bean. Then she  boiled the beans in  high flame. After properly cooked the soybean she spreads over Kewarako pat (leaf) for getting mild room temperature. She adds some dry ashes (we call it phul kharani) and rapes it with cotton or woolen cloth and keep it wooden casket at least for week for proper fermentation, After a week, the mild ordure emits and greasy kenema finally ready for gorkha kichen.  Kenema is very easy to prepare which has more nutritive value.

        I would like to mention herewith that Japanese use to have Nattō (納豆), spelled as natto in standard English language use, is a traditional Japanese food made from whole soy-beans that have been fermented with Bacillus subtilis var.Why cannot we introduce this kenema as readymade breakfast, the healthy and protenious food?

        Dr. Jyoti Prakash Rai is a scientist who got doctrate degree in this fermented food kinama from Japan University four decade ago and  its gene is registered at Gene Bank Chandigarh, India. Kenema is the traditional mountain food of eastern himalaya region.


              s
                                                                                                                

                                         


    






सोमवार, 25 अप्रैल 2022

नागाल्यान्डको सेरोफेरो



नागाल्याण्डको जनजातिहरुको उत्सवहरुको  उत्सव "हर्नर्बिल फेस्टिबल"र हल्लाम समारोह  हेरेर यता गोर्खाल्याण्डको जात गोष्ठीहरुमा जनजाति हुने आन्दोलन र हाम्रो समाजको संस्कार-संस्कृतिको समीक्षात्मक लेख  । 

        वर्ष २०१६ दिसम्बर मेरो भतिजो हिमेंद्र्ले  नागा सम्प्रदायको बुहारीसंग प्रणय-सुत्रमा बाँधेको उपलक्ष्यमा बुहारी ग्याम्फोको  आफ्नो  लोथा सम्प्रदायको वैवाहिक रीति अनुसार   -  "हल्लाम समारोह" ८ दिसम्बर २०१६ को दिन डीमापुर , नागाल्याण्ड राज्यमा आयोजित गरेकी थिइन्। ।डिमापुर रेल्वे स्टेसनमा  हामी   जन्ती  पार्टी- मेरी धर्मपत्नी पुष्प , सालो रिना देवान (बेहुलाको आमा). सालो दीपकको पत्नी अनिता, सालो ज्योति, भान्जा अभिनव , मेरी छोरी टिना र हिमेंद्र र ग्याम्फो (बेहुला-वेहुली)  रात्री १२.३० बजे पुगेका थियौ। बुहारीको जेठा इञ्जिनियर दाज्यू आफ्नो कार लिएर हामीलाई स्वागत अनि लिनलाई प्रतीक्षामा रेल्वे स्टेसनमा बसिरहनु भएको रहेछ।  हाम्रो ठहर व्यवस्था नागाल्याण्ड राज्य विकास प्राधिकरण विभागको गेस्ट हाउसमा मिलाएको रहेछ।    

        बुहारीकी परिवारको अधिकतर   सन्तानहरु सुदुर नागाल्यानुको गाँउमा  बसोबास गर्दा रहेछन। यसैले सबैको सुविधालाई ध्यानमा राखेर " हल्लाम समारोह" डीमापुरमा आयोजन गरेको थियो ,  जँहा  बुहारीकी इन्जिनियर जेठा दाज्यु र आइऎएस बडा बाबुको आवस पनि डीमापुर शहरमा अवस्थित रहेछ। बुहारीको अर्को दाज्यु डा० जोकोमो दिल्लीस्थित  इग्नुमा    प्रोफेसर हुनुहुन्छ उनी   बैनीले दिएको हल्लाम समारोहमा सरीक हुन आएका थिएछ।  परिवारका सबै युवा सदस्यहरु शिक्षित  अनि आधुनिक संस्कारमा हुर्केका  औ  बुर्जुक सदस्यहरु नागा भाषा बाहेक अन्य भाषा बोल्न नसक्ने रहेछन। गाँउबाट  आएको बडा बाबु ९२  बर्षभन्दा अधिक उमेरका लोथा सम्प्रदायको एक अति सम्मानित किष्ट्रिय धर्मको पादरी बिगत ६२ वर्षदेखि क्रिष्ट्रिय धर्म प्रचार प्रसारमा अनवरत सेवा पुराइरहेका  रहेछन।   हाम्रो ठहर व्यवस्था नागाल्याण्ड विकास प्राधिकरण विभागको अतिथि गृहमा रहेछ त्यसै स्थानमा  आफ्नो शाखा-सन्तानहरुको सुबिधाको निम्ति  ह्ल्लाम  समारोह आयोजन स्थल पनि तय गरेको रहेछ। दोस्रो दिन बुहारिकी भदैनी अनि जेठी दिदीको छोरीहरु आएर समारोह स्थलको सज्जावट  कलात्मक  रुपमा  गरेको देख्दा नागा समाज नारी  प्रधान समाज त्यसैभएको  होइन  रहेछ जस्तो महसुस गरे । काश हाम्रो समाजमा पनि नारीहरु त्यतिक्कै परिपक्क भए सुनमा सुगन्ध थपिनेथ्यो। 


        नागा लोथा जनजाति सम्प्रदायको संस्कार  बमोजिम हल्लाम समारोह छोरी -जुंवाईको तर्फबाट निभाउनु पर्ने वैवाहिक  रीति ।  ७  जनवरी २०१६ सकालै  हिमेंद्र र ग्याम्फोले बजारबाट २ वटा ठुलो सुंगुर झन्डै ३ क्विन्टल वजनभन्दा ज्याँदाको किनेर गेस्ट हाउस परिसरमा किनेर ल्याएपछि  वुहारीको दाज्यु-भाईहरुले काटकुट  गरि आफ्नो शाखा-सन्तानहरुको घर-घरमा गई बिलो तथा  निम्तो स्वरुप केराको पातमा लपेटेर  वेहुला-वेहुलीले घर घरमा पुराउने पर्ने प्रथा  अनि साँझ सन्तानको प्रत्येक सदस्यहरु सम्धी-सम्धिनी र अन्य आफ़न्तहरुसंग  भेंटघाट साइनो साटासाट गर्ने रस्म  अदाय  । हामीले बेहुलाको आमाको पक्षबाट गोर्खे परम्परा सनुसार सम्धी-सम्धिनीहरुसित  ढोक-भेंटको  निम्ति गोर्खाल्याण्डबाट लगेको कोशेली  दार्जिलिंङ्गको   चियापति, फल-मिठाई , सेलरोटी (मेरी श्रीमतीले गेस्ट हाउसको भान्साघरमा नै चामलको पिठो कुटी  ७ दिसम्बर दिँउसो पोलेको थिइन ) , विदेशी मदिराको बोतल र गोर्खे ढाका टोपी र पशमिनाको मुजेत्रो काशको  थाल र लोटामा फुलपाती भरी  अचेता चामल  खादा माला  नाड़लोमा सजाएर हाम्रो आफ्नो परम्परा अनुसार परिचय आदान-प्रदान गरयौ । बेहुलीको परिवारको वरिष्ठ सन्तानहरु नागा भाषा बाहेक अन्य भाषा नबुझ्ने भएको कारण हामीले बोलेको अंग्रेजी भाषाको अनुवाद प्रोफेसर भानिज डा० जोजोमोले आफ्नो लोथा मातृभाषामा अनुवाद गरी  सहज बनाउनु भयो. हामीले उपस्थित वेहुली  पक्षको सम्धी-सम्धिनी अनि अन्य मान्यजनलाई सम्मानस्वरुप ढाका टोपी र मजेत्रो ओडाइदिएको धटना नागा गोर्खा -सम्प्रादयको निम्ति एउटा विशिष्ठ परिवारिक प्रेम मिलनको  उदाहरण  भएको थियो। नागाहरु हाम्रै जस्तो १७ विभिन्न जनजाति सम्प्रदायमा विभक्त  छन् ती  जनजाति सम्प्रदायको आ-आफ्नै सम्प्रदायको बोली  र  वेषभुसा  तर सबैले बुझ्ने नागामिज भाषाको सम्बाद व्यवहारमा प्रयोग गर्दा रहेछन जो कोही    व्यक्तिले पनि बुझ्न सक्ने  रहेछन्, यता हाम्रो नेपाली  भाषा जस्तै। 


            पवित्र- विवाहको आषिश  वचन बुहारिकी बडा बाबु जो ९२ वर्षको उमेर पुगेको हष्टपुष्ट लोथा सम्प्रदायको विगत ६२ वर्षदेखि अनवरत क्रिष्ट्रिय धर्मको सेवामा लागि परेको सम्मानित पादरीद्वारा लोथा भाषामा द्वारा  प्रदान गर्नु भयो जसको अनुवाद जोजोमोले हामीलाई सहज अंग्रेजी भाषामा उल्था गरेर  सहज बनाउनु भयो   । हल्लामको रिति रिवाज अनुसार सन्तानहरुलाई समानुपात  सुंगुरको मासु विलो वितरण गरेको सुची विवरण सन्तानहरुबाट   आशिष -भेट  स्वरुप संग्रहित अर्थ राशि  समारोहमा सुचित  गरि छोरी -ज्वाँईलाई हस्तान्तर गरिँदो रहेछ।  यस हल्लाम समारोहमा अति नै विशेषता बोकेको नागा सम्प्रदायको प्रथानुसार अत्याधुनिक शिक्षित गाँव  समाजमा आफ्नो ठेट कृषि एंव वन्य प्राणी  शिकारमा प्रयोगमा लाग्ने हात-हतियार जो जीवन यापन गर्ने परम्परालाई अक्षुन्न  राख्दै छोरी - जुवाईलाई दाइजो  स्वरुप शिकार गर्ने भाला, दैनिक  प्रयोगमा गरिने दाउ, कृषिमा प्रयोग गरिने फरुवा, ह्सियाँ  , झारा-पात गोड्ने कुट्टे , बेतको चोयाले बुनेको डोको सांकेतिक उपहार स्वरुप दिने चलन रहेछ ताकि आजीविकाको गांडी  गुडाउंदा   जस्तै आपद -विपद संकट आए पनि आजीविका चलाउनमा सक्षम होस भन्ने सांस्कृतिक  अभिप्राय।   आजपर्यन्त हिन्दुस्तानमा दाइजो प्रथाले  छोरी -वुहारीको हत्या र प्रड्तापना हुने गर्दछ त्यस्ता समाजले आदिवासी नागा समाजबाट शिक्षा लिन जरुरी छ । छोरी -ज्वाँईलाई अंग वस्त्र पहिराइदिदो  रहेछ।  नागा शाल, झोला भाला औ दाऊ  भेट उपहार साथै हामी  जन्तीलाई पनि त्यस्तै उपहार भेंट दिने चलन रहेछ। नागा समाजमा दाइजो दिने कुप्रथा छैन जनजाति समाजमा विवाह प्रथाको मौलिकता आजपर्यन्त यथावत छ।


        ८ दिसम्बर २०१६  साँझ   हल्लाम समारोहको प्रीति-भोज बुहारी ग्याम्फो र हिमेंद्रको पक्षमा आयोजित गरेको थियो।  समारोह स्थलको सजावट, ठण्डा भगाउनलाई क्याम्प फायरको व्यवस्थापन, समारोह स्थलको पुष्प सज्जा अनि रंगी-बिरगी  बत्तीहरुको सज्जावट र बाँसको सामानद्वारा निर्मित घर  सज्जावट  युवा नागा वालिकाहरुकी कलाकारिताको अब्बल प्रस्तुति  नयनसुखदायक । ।भोजनको परिकारमा सुंगुरको  मासु (आदिवासी नागाहरुको  प्रिय भोज्य सुची) कुखुराको मासुको बारबीक्यु ,  कीरा-फट्रेग्राको  भाजा, भात दाल अरु के के ३६ ब्यजन नागा तरिकाले तयार गरेको थियो।  खाना  पकाउने भान्सेहरु सबै नागा  स्त्रीहरु।  उपस्थित आमंत्रित  वयस्क पाहुनाहरु   ठेट  नागा परिधानमा अनि युवतीहरु कुनै स्वर्गबाट आएकी परी झैँ  सज्जिएर     हल्लाम समारोहको प्रिती भोजमा आएको थिइन्  अनि हामी  यता जन्ती दलको परिधान चाँही ठेट गोर्खे परिधान  दौरा सुरुवाल , ढाका टोपी,  ढाका प्रिन्टको गुन्हू चोली, मजेत्रोमा सज्जिएर भाग   लिएको थियौ। प्रिती भोजलाई प्रभु इसुको नाममा प्रार्थना पादरी बडा बाबुको आशिष वचन अनि गाम्फोको बडीआमा,  अवकाश प्राप्त  नागाल्याण्ड राज्यको समाज कल्याण विभागको निर्देशिकाको मुखारबृन्दबाट   प्रार्थना धन्यवाद सभाबाट शुभारम्भ गरिएको थियो। समधुर गीत र संगीतको धुनसंगै युवा-युवतीहरुको  नृत्यले   हल्लाम पार्टीको प्रिती भोजको माहौललाई चारमा चार चाँद  लगाएको थियो।  हामीपनि नेपाली गीतको तालमा नाँचेर   खुब  रमाइलो गरेको थियौ। हल्लाम समारोह समापन समारोहमा धन्यबाद ज्ञापन जन्तीको पक्षमा मैले अनि बुहारीको पक्षमा प्रोफेसर जोजोमोद्वारा प्रस्तुत गरेर मध्ये रातमा अन्त गरेका थियौ। 

        पशुपतिको पनि दर्शन सिद्राको पनि ब्यापार भने झैँ भतिजोको विवाह रस्मसगै नागाल्याण्ड राज्यको   एक विशिष्ट पर्यटन महोत्सव - उत्सवहरुको उत्सव हर्नबिल फेस्टिबिल जो प्रत्येक वर्ष १ दिसम्बर देखि १० दिसम्बरसम्म   नागाल्यान्दको राजधानी कोहिमादेखि  ७ किलोमिटर  दुरीमा अवस्थित  कासिमा भन्ने नागा हेरिटेज भिलेजमा आयोजन हुने गर्दो रहेछ।  वर्ष २०१६ को हर्नबिल फेस्टिबिलको मुख्य मन्त्र "Culturally Yours" संस्कृति तिम्रो पठन र मननको मोटो  मुख्य द्वारमा लेखिएको फेस्तुनमा नजर   पुग्नेसाथ एक सकुन आत्मीयताबोध प्रवेशद्वारबाट   भित्रिने साथ  हुंदोरहेछ। हामी  ९ दिसम्ब २०१६  सकाल बेलामा नै  डिमापुरबाट  कोहिमातिर   लाग्छौ  । नागाल्याण्ड मणिपुर जाने राजमार्ग फराकिलो अनि अति व्यवस्थित रख -रखाऊ  देख्दा  मोदी सरकारको पहिलो कार्यकालमा उतरपुर्व  भारतिय राज्यहरुलाई विशेष प्रशासनिक कृपा-दृष्टिको  परिणाम  भन्न अतिस्योक्ति नहोला काश यता सुक्खिम र गोर्खाल्याण्डतिरको  राजमार्ग़  ५५ र १० पनि त्यस्तै भई दिएको भए १०० किलोमिटरको दुरी  यात्रा  तय गर्न ३ धन्टा समय वर्बाद  गर्न नपर्ने थियो।  

      विशेष उत्तरपुर्ब  भारतमा किष्ट्रिय धर्मलम्बी  बाहुल्य क्षेत्र   भएको कारण  बडा दिन पर्व  दिसम्बर  महिनाभरि धुमधामले मनाउने गर्छन। राजमार्गको दुवै  किनारामा हेप्पी ख्रिष्टमसको  सुस्वागतम तोरण, फेस्टुन  अनि देशी विदेशी पर्यटकहरुलाई स्वागत गर्नको निम्ति नागाल्याण्ड राज्य भरिका जनजातिहरुको आ-आफ्नै भेषभुसामा सुसज्जित  नर-नारीहरुको    तस्बिरहरु हर्नबिल  फेस्टिबलको ठुल्ठुला होर्डिङ्ग लगाएर   राजमार्गभरी सजाएर राखेको दृश्य उत्सवहरूको  उत्सवलाई हेर्न अझ लालायित तुलाउनमा  थप उर्जा थपेको  म महसुस गर्छु। राजमार्गमा पर्ने  धना जंगल इलाकामा पारा  मिलिट्रेरीका सशस्त्र जवानहरु गस्ती लगाएको दृश्य देख्दा मेरो मनमा अनायसै जिज्ञासा उठ्छ र हामी चढेको वाहनचालक   नागा भाईलाई प्रश्न तेर्साउछु।  जवाबमा उनी  भन्छन हामी  नागाहरु भारतीय संधीय  गणराज्यको मुलधारामा पसेतापानि केही   भूमिगत क्रान्तकारी संगठनहरु आजपर्यन्त समानान्तर भुमिगत सरकार चलाइरहेको छन अनि हाम्रो राज्यको बासिन्दा, व्यापारी एकाइ, सरकारी  कर्मचारीहरु, वाणिज्य संस्थानहरु, ठेकेदारहरु सबैबाट रेभेन्यु जबर्जस्त संकलन गर्ने  गर्छन।  नागाहरु  भित्र सल्केको राष्ट्रवादको डडेलो   अझसम्म केन्द्र सरकारले निभाउन सकेका छैन  त्यसैले जुन दिन हामी हर्नबिल उत्सवमा साक्षी बन्न पुग्दा त्यस दिनको प्रमुख्य  अतिथि  नागा विद्रोही  ग्रुपहरु अनि केन्द्र सरकार विचको मध्यस्तकर्ता भारतीय  प्रशासनिक सेवाका वरिष्ठ सेक्रेटरी स्तरका  अधिकृत अधिकारीको  उपस्थितिले प्रमाण गर्छ कि दिल्लीको सामादामादंडभेदको चाणक्य नीतिको गन्धसम्म भुमिगत नागा विद्रोहीहरू मन पराउंदैनन  र त उनीहरुको आन्दोलन दीर्ध  दिनदेखि सास्वत यथावत छ  तर यता गोर्खाहरुको आन्दोलनका अगुवाहरु  नै बाटो हगुवा भई दिए पछि   कुर्सी  र पैसामा राल चुहाउने मिरजाफ़र  निस्के   पछि हाम्रोतिरको आन्दोलनको गाथा हात्ती आयो हात्ती आयो फुस्स। 
        अर्को नागाल्याण्ड-मनिपुर  जाने राजमार्ग डीमापुरको तराईबाट  उकालो कोहिमा नागाल्याण्डको राजधानीतिर उक्लिञ्छौ बाटोको  दुवै भेकको कृषिभुमीमा  अनारस फलको खेती  गर्दो रहेछ त्यस ठाँउका कृषकहरुले।   कृषिमा  परम्परागत   खेती  मकै कोदो भन्दा क्यासक्रप  फलहरुको खेती ,  बागवानी, फूलहरुको उत्पादन, पशुपालन , मत्स्य पालन, मौरी पालन मर-मसलाहरुको   खेतीतिर किसानहरुलाई प्रोत्साहन गर्न समयको मांग पनि हो अनि आयको संसाधन पनि। मैले बाटोमा यात्रा गर्दा के देखें भने  हर  धरमा  फुलको पौधाहरु  राख्न अति शौखिन हुन्छन नागाहरु,  मुख्यत:लालुपाते, सुनाखरी  अर्किड, एजिला, सयपत्री,  मखमली,एम्पेसनको रंगिविरागी फूलहरुले सजाएर राखेका देख्दा हाम्रो क्षेत्र कालेबुड़ , मिरिक, पोख्र्याबुङ्ग मंगररजुङ्ग , टिस्ताभ्याली, खरसाङ्ग,  भेकबाट लाइन  टर्क भरी  भरी फुलको  पौद्धाहरु किनेर लगेको मुख्य कारण यही रहेछ। हाम्रो मानशरोवर होमस्टेको परिपुरक धरेलु व्यवसाय मानसरोवर फ्लोरा  एण्ड फौना गार्डन  नर्सरीको रेगुलर ग्राहक मध्ये डिमापुर शहरको फ्लोरीकल्चर सो रुमको व्यवसायी जनाब जो सदैव मेरो छोरा सन्दीपको सम्पर्कमा रहेर  कालेबुंगबाट   फुल किनेर लैजान्छ। उसको मांग अनुसार फूलका पौद्धाहरु पेकिंग गरेर हाम्रो निजी  भारवाहक युटिलिटी वाहनमा  एञ्जिपि रेल्वे स्टेसनसम्म पुर्याइदिने गर्छौ ।     वस्तुत: उत्तर पूर्व राज्यहरुको  मानिसहरुको फुलको शौख औ  हाम्रातिरका पुष्प उद्धमीहरुको निम्ति आयको श्रोत। 

        











        कोहिमा राजधानी दम्सेलो पहाडको थाप्लोमा अवस्थित  शहर टाडोबाट   हेर्दा  सुन्दर देखिने तर हाम्रो गन्तब्य स्थल   कोहिमादेखि   ७ किलोमिटर टाडो    नागा हेरिटेज भिलेज काशीमा गाँउमा भएको हुनाले   राजधानी शहरभित्र  नपसी बाइपास  रोड  भएर हामी   सोझै अघि लाग्छौ।  हामी १० बजे विहान काशीमा आइ पुग्छौ। आयोजन स्थलको प्रवेशद्वारमा  नागा काष्ठ कलाकृत नागा युवक-युवतीको सुन्दर मुर्ति सजाएर राखेको रहेछ।प्रवेश पथको दुवै  किनारामा  खाट्टी  ग्रामीन  क्षेत्रबाट आएका १७ वटा खाट्टी नागा सम्प्रदायको हष्टपुष्ट जनजाति पुरुष-महिलाहरु रंगी-विरगी पोशाकहरु र शिरमा लगाएको हेडगियरमा हड्ग्रायो धनेश चराको चुच्चो  ,   ,हड्ग्रायो धनेश चराको प्वाँख , बनेलको दाह्रा ,अर्ना भैसीको सिंग , बनेल शुंगुरको दाह्राको कुण्डल र माला  ,अर्ना भैसीको सिंगको हेड्गियर  , महिलाहरु विशेष  गरगहनाले सजिएको   समुन्द्रको मसिना सिपी  र शंखको हार, उनी धागोले बनाएको आकर्षक कानको हार र सहरको शिरबन्दी लगाएर लामबद्धमा उभेर  छुट्टै मुखबाट ध्वनि निकालेर आगन्तुक अतिथीहरुलाई स्वागत अभिवादन  गर्दा हामी वाहिरबाट आएको पर्यटकहरु हर्षविभोर   हुन्छौ। मलाई त्यहाँ के अबजर्भ गरे भने ग्रामिण भेकको नागा युवतीहरु सुनको हार विरलैले लगाउदो रहेछ। सिम्पल इज ब्युउटी एण्ड ब्युउटी  इज  सिम्पल ठ्याक्कै नागा सुदरिहरुलाई उपमाले श्रिगार प्रकृतिप्रदत्त  बरदान।  








        "Culturally Yours" हर्नविल   फेस्टिबल ,उत्सवहरुको उत्सव  नागाल्याण्ड राज्यको कला औ सांस्कृतिक विभागको सौजन्यमा प्रस्तुत हुने १० दिन व्यापी हरेक वर्ष १ दिसम्बर देखि     १० दिसम्बरसंम्म मनाइने पर्यटन महोत्सव - राज्यभरिको १७ वटा आदिवासी जनजातिहरु आन्गामी, आओ, छ्याक्खेसाङ्ग, चाङ्ग, दिमासा,गारो, , कोंमाक, कुकी,क्श्याम्न्युगान,,लोथा , फोम,,,पोच्युरी, रेग्मा , साङ्गताम र  सुमी, इभुच्युगेर, औ जेल्साङ्ग जुन जनजाति सम्प्रदायको आ-आफ्नै बोली , खानपिन,भेष भूसा, नृत्य -संगीत, रहनसहन, कला -संस्कृति, सामाजिक संस्कार र पारम्परिक सामुहिक खेलकुदहरुको प्रदर्शनीद्वारा ग्रामीण जनजीवनको अतुलनीय प्रस्तुति अनेकतामा एकताको अतुल्य भारतको सउदाहरण विश्वपटलमा सफ़लपुर्बक पस्केको छ। नागाहरुको  १७ वटा अलग अलग सम्प्रदाय भएतापनि हामी  नागा एक हौ भनी  सगर्व नागा राष्ट्र भावना अनि अखण्ड भारतको सुसदेश गीत , संगीत तथा अन्य सांस्कृतिक कार्यक्रमहरुको  माध्यममा प्रस्तुत  परिदृश्यका पलहरु उपस्थित देशी विदेशी पर्यटकहरु  आ-आफ्नो क्यामरा अनि मोबाइल फोनको क्यामरामा    कैद गर्न आतुर देखिन्छ। 
        स्वभाविक  रुपमा नागाहरु उनीहरुको भावनाहरु लोक गायन ,     लोकनृत्य र पारम्परिक कला र खेलकुदको  माध्यमबाट उजागर गर्दछन  । वर्तमान युगमा नागाहरु आधुनिक शिक्षासंगै   आधुनिक भौतिकीकरण समाजमा हुर्केतापनि आफ्नो मूल्  जरा तथा पौराणिक परम्परालाई सदैव  अक्षुण राख्न सक्षम छन।  राज्य सरकारको देख-रेखमा   काशिमास्थित नागा हेरिटेज भिलेज जहाँ  सामुहिक रुपमा जनजातिहरुको आआफ्नै पारम्परिक घर  निर्माण शैलीका घरहरु , वाद्यवादन सामग्री, हातहतियारहरु, बाँसद्वारा निर्मित दैनिक प्रयोजनका सामानहरु, खाना पकाउने अगेनामाथि  बेतको चोयाले बुनेको मासु  सुकाउने भारहरु,  पोलेको सुंगुरको मासु, कीरा फटेगराको भाजा,तेलमा भाजेको  खोम्ले कीरा , बछ्युको प्युपा तेलमा भुटेको भाजा , कुकुरको मासु, मुसा पालेकी मासु, चिप्ले किराको तरकारी, हरियो सागपातको  मुन्टा उमालेर बनाएको सुप,,चामलको निगार बाँसको चुग्गेमा हालेको  राइस बियर, पाकेको स्टीकि राइस केराको पातमा हालेर  देशी विदेशी पर्यटकहरुले आनन्दले खाइरहेको दृश्य देख्दा हामी  अझै आदिम युगमा नै विचरण गरिरहेको   जस्तो यस कलमकारले   महसुस गरेको छ। प्रत्येक हेरिटेज घरहरुको  प्रवेशद्वार अगाडि हरेक जनजाति समुदायको सुन्दर मोडेल युवा जोडी भाला, बर्सा, दाऊ  हतियारसँग उभिएको अनि सबै पर्यटकहरुसित  तस्बीर  उर्तान दिंदै  स्वागत गरेको दृश्य भ्रमण संस्मरणको एक विशेष सोभिन्यार बन्दोरहेछ। 









        समारोह स्थलको    छेवैमा बेम्बोबासा बिक्र्य केन्द्र नागाहरुको दैनिक प्रयोगमा चलाउने बाँसद्वारा निर्मित सरसामानहरु, कलाकृतिहरु, हस्त तातको  पोशाकहरु, स्त्री सिंगारका गरगहनाहरु विक्रय प्रदर्शनीमा राकेको स्टलहरु दर्शनीय रहेछ  अनि मेरी श्रीमती पुष्पाले केही  स-साना उपहारको वस्तुहरु किन्छे। म भने समारोह स्थलको तलतिर स्थित द्वितीय विश्व युद्धको विशाल युद्ध स्मारक  हेर्न जान्छु।  स्वतन्त्र संग्रामी नागाहरुको  तस्विरहरु भित्तामा सजाएर राखेको रहेछ। तिनाताकको विश्व  युद्धमा  शहीद भएको  नागा योद्धाहरुले कमाएको  तोकमाहरु, नागा गांवहरुमा विश्व   युद्ध लडेका  वार थिएटरको सेंड  मोडल प्रदर्शनीमा राखेका  रहेछन।   विश्व युद्धका गौरव गाथाहरु विधुतीय दृश्य श्रवण  उपकरणको माध्यमद्वारा सम्प्रसारण  नागाल्याण्ड राज्यको भावी सनन्तिहरुका  निम्ति नागाल्याण्ड राज्य सरकारको अत्युत्तम उपहार पनि। दिनभरिको कार्यक्रम परिदर्शन गर्दा गर्दै साझं  झम्मक भैसकेको पत्तै भएन । अँध्यारो रातमा झलमल्ल बिजुली बत्तिको दैदिप्यामान प्रकाशमा डुबेको कोहिमा शहर ब्रमाण्डको कुनै भुई ताराको देशबाट ओझेल हुंदै हामी  डिमापुर शहरतिर फर्कन्छौ । कोहिमा पुगेर विश्व युद्धमा वलिदान दिने शहीदहरुको समसान घाट   हेर्न समयको अभावले सम्भव हुनसकेन तर काशिमास्थित वार मेमोरियल परिसरको भित्तामा   लेखेको पक्ति "if  you go home/tell them of us/ for  your tomorrow/we gave our today" बाटोमा म स्वंय एक भेटेरियन भएको हुनाले ती  अज्ञात बीरगति प्राप्त शहीदहरुलाई मनन गर्दै श्रद्धान्जली नमन व्यक्त गर्दछु। 

        नागाल्याण्डको जनजातिहरुको उत्सवहरुको उत्सव "हर्नर्बिल फेस्टिबल" हेरेर गौण  विश्लेषण गर्दा म के अनुभव गर्छु भने   विश्व पटलबाट  हङ्ग्रायो  धनेश चराहरु विलुप्त पक्षीको सुचिमा परेको छ।    नागाहरु   हङ्ग्रायो  धनेश चराको  शिकार गरी त्यस चराहरुको     प्वाँख  शिरको टोपीमा बहुमुल्य गहनाको रुपमा सजाएर लगाउने गर्छन।  आज त्यस  भेकबाट हङ्ग्रायो  धनेश चराहरु विलुप्त भएर गएको छ। नागा हेरिटेज भिलेज परिसरमा  रुखको  हाँगाहरुमा प्लास्टर अफ पेरिसको  हङ्ग्रायो  धनेश चराहरुको मोडल बनाएर   राखेका छन ,. न्याउरी मारी पछितो।



















        एक सप्ताह नागाल्यानडको  सेरोफेरो गरेर १४ दिसम्बर २०१६ को दिन न्यु जलापाईगुढ़ी  रेल्वे स्टेसन विहानी आइपुग्छौ। स्टेसनको  पुस्तक पसलबाट हिमालयन दर्पण अखबार किनेर सरसरति  मुख्य खबरहरु  हेर्छु। गोर्खाल्याण्ड  क्षेत्रतिर गोर्खाहरु   जनजाति हुने औ बिकास बोर्ड बनाउने  चापलुसी  होड़मा   राई , मंगर, , गुरुड़ , सुनुवार, कामी , दमाई , सार्की, छेत्री , बाहुन, जैसी,लिम्बु, थामी, भोटे लाप्चे, सेर्पा,डुक्पा, लिम्बु आफ्नो --आफ्नै जातको छुट्टा =छुट्टै ठुमहरुमा वार्षिक ,चाँढपर्ब,लोछार , लोसार, ,उंधौली-उकाली पुजाँ , सम्मेलन  मनाउदै  गरेको समाचारछापिएको  दृष्टिकोण लगाउछु।ममताको बगाल राज्य सरकारको सामादामादंडभेदको कुटनीतिको माकुरा जाल फन्दामा फसेर जात फाल्नु गह्तको   झोलमा भने झैँ एक वर्ष अधिसंम सिंगो आवाज तथा  मुठ्ठी सरहको गोर्खाको आवाजलाई राजनैतिक दलहरुको पाप्लुसे चलखेलमा  बिक्री  गराई विकास बोर्डको हावा मिठाईमा जातीय जन गणनाको सांखिकी  तत्थ भर्दा     भाषागत जात  गणना  गोर्खा    तथा नेपाली भाषी जनगण अल्प संख्यक  भइसकेको  इण्डियन स्टेस्टिकल तत्थले  उजागर भइसकेको  छ अनि हाम्रो राजनितिक बगम्फुसे नेताहरु भारतवर्षमा  डेढ़ करोड़  गोर्खाको  अस्मिता र हक र अधिकारको  तत्थहीन  तर्क गर्छन। घर फुटे त  गँवार  लुटे उखान किन बुझ्दैन हाम्राहरुले।   हामी एक गोर्खालाई अलग अलग जातमा टुक्राउने तत्वलाई समय छँदा  तगारो लाउनु पर्छ।  नागाहरुको अनेकतामा  एकता   सगर्व वोध , राष्ट्रिय अखंड़ता,"हामी  नागा हौ "  भन्ने संदेश  ""Culturally Yours" हर्नविल   फेस्टिबल ,उत्सवहरुको उत्सवद्वारा इंगित गरेको यस कलमकारले  महसुस गरेको छ। ठुलो माछाले सानो माछालाई खाएर सरभाइबल  अफ़  फिटेसको उक्तिलाई  आत्मसात गरि  जुझ्नु हो भने सम्पूर्न  गोर्खाहरु एकत्रित भई  पिरानस माछाको  झुण्डले झैँ गोर्खाल्यान्डको शिकारमा सामुहिक आक्रमण नीति अपनाएर अधि बढ्नु पर्छ। 
        उत्सवहरू उत्सव हेरेर मैले के सिके भने नागाल्याण्ड राज्यको नागाहरुले जस्तै एक ठाँऊ भेला भएर देश-विदेशबाट आगन्तुक  पर्यटकहरुलाई आफ्नो मौलिक संस्कार-संस्कृति , कला-साहित्य, रहन-सहन, खानपिन र इतिहाससित परिचय  गराउने उत्सवहरुको उत्सव जस्तै खाट्टी गोर्खा हेरिटेज भिलेज कुनै एक जग्गामा निर्माण गर्न जरुरी  छ ताकि दार्जिलिङ्गलाई  चिनाउने  थ्री टी टिम्बर,टी,टुरिजम फस्टाएर  जानसकोस।निर्मानाधीन घुम छेव दार्जिलिङ्गमा   गोर्खा युद्ध स्मारक भवन   कहिले बनाइसक्ने ? विलुप्त हुंदै गरेको धनेश चरा अझै हाम्रो गोर्खाल्याण्ड क्षेत्रको महानन्द  अरण्य  क्षेत्र लाठपंचर कुलैनबारी नजिकको धना जंगलमा   पाइने गर्छ।  यस क्षेत्रमा वन्य प्राणी  संगरक्षित क्षेत्र भएको कारण यहाँको घना जंगलमा २५० भन्दा प्रजातिका चरा-चुरंगी पाइन्छ अनि ती  पक्षीहरू हेर्न  संसारभरीको  पक्षीविद अनि चरा  मन पराउने औ प्रकृतिलाई नजिकबाट हेर्न चाहने पर्यटकहरुको एउटा डेस्टिनेसन टूर केन्द्र भएको छ। यस क्षेत्रको पौराणिक गाथाहरु  शोधको विषयवस्तु हुन सक्ने सम्भाव्य छ कारण हाम्रा धामी, झाक्री, बिजुवा, फेदग्बा, मोगपाहरुले जोखाना र चिन्ता  बस्दा  फलाक्ने मन्त्रहरूमा गुलमा राजा, गुलमा रानी, नामथिङ्ग  पोखरी, पाँच   पोखरी ,सिमेभुमी यसै लाठपञ्चर क्षेत्रमा अवस्थित छ। पर्या-पर्यटनलाई विकास गराउनको निम्ति बन-जंगल, पशु-प्राणी , चरा-चुरगी , कीरा -फटेग्रा सबैको सुरक्षा र संगरक्षण हुन जरुरी  छ। ८६को गोर्खाल्याण्ड आन्दोलनपूर्व  लाठपंचरको   थाप्लोमा पट्यार  लाग्दो धना  जंगल थियो जहाँ  दिउसै  बाध -भालु देखिने  गरिन्थ्यो   जुन जग्गाको नाम  बाँधखोरले     परिचित छ। यदि हिमालय क्षेत्रको पर्यावरण र परिवेश बचाउनलाइ अवैध रुपमा जंगल मास्ने कुतत्वहरुलाई कठोर प्रतिबंध लगाउनु समयको मांग पनि हो। अहिलेघरी  बन-जंगलको सर्वनाश गरेको  कारण नै पानीको मुहान, धारा, सिमसार, धाप  सुकेर काकाकुलीको जिन्दगी जिउन विवश   भएका छन जनगण। समय बितेको छैन गोर्खा सम्पूर्ण जातगोष्ठीहरु गन्दा राजनीतिलाई परित्याग गरेर समाज, देश सुधार्न   एक सुत्रमा बाँधेर जातिको  अस्मिताको महासमरमा सम्पूर्ण  शक्ति संचित गरी सामुहिक ताकतला
ई न्यौछार गर्न कृत-संकल्पित हुनु पर्छ। 

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...