शनिवार, 25 अप्रैल 2020

Neora Valley Wildlife Sanctuary trekking

न्यौरा भ्याली राष्ट्रिय अरण्य नेचर ट्रेकिंग : मानसरोवर होमस्टे 

          कालिम्पोंग भित्रने पर्यटकहरुको भ्रमण नाम्चामा लाभा गुम्बा र छांगे वाटर-फल्स हुनेगर्छ।तर  मलाई भने विशेष आर्कशीय स्थान न्याउरा भेली वाइल्ड  लाइफ़ सेन्चुरीले सदा आर्कषण गर्ने गर्छ  अनि मेरो होमस्टेमा  बस्न आउने पाऊनाहरु जो  नेचर लभर/ट्रेकिंग  गर्न इच्छा राख्छन उनीहरुलाई  न्याउरा भेली वाइल्ड  लाइफ़ सेन्चुरी र रचेलाको  पैदल यात्रा जाने प्रोत्साहन गर्ने गर्छु अनि स्वंम गाइड भई लैजाने गर्छु  ।


         

मान्छेको कोलाहलबाट पर पट्टेर  बन-जंगल, लता-लहरा र झ्याउसरीको बृक्ष र भुई;स्वच्छ हावा शान्त पर्यावरण मानौ आदिम युगको परिवेश। जंगलमा भएको झ्याउले मात्र मलाई गिजाइरहेको जस्तो लाग्छ, " तिमीले  तिम्रो ठाँउ झ्याउसरी कंक्रिटको जंगल बनाइसक्यौ न त्यसले तिमीलाई न्यानो राख्छ ? नकि वादलको पानीलाई अंगालेर राख्नसक्ने क्षमता  नै छ ? तर ममा उद्भिद्लाई जल र न्यानो दिने शक्ति छ र त जंगल श्वाश्त यर्थात छ।  आऊ तिमी मलाई नेत्र संभोग गरेर  परमानन्दको  चरम सुखको अनुभूति लिएर जाउ। "


          न्याउरा भेली वाइल्ड  लाइफ़ सेन्चुरी र रचेला राष्ट्रीय प्रतिबन्धित क्षेत्र भएको हुनाले त्यस क्षेत्रभित्र प्रवेशको निम्ति लाभा वाइल्ड लाइफ़ बन विभागको रेंज अफिसरको कार्यालयबाट प्रवेश अनुमति पत्र लिन अनिवार्य छ।             








सुश्री उषा कामथ , मार्केटिंग एनालितिकल कन्सल्टेन्ट
बगलेरु ,न्याउरा अरन्य  नेचर ट्रेकिंग 
ली ज्यामिरान अनि परिवार, जर्मनी पाहुनाहरु  न्याउरा जंगलमा ट्रेकिंगको आनन्दको पलहरु





 


 
                                                                                


                   





 Only four wheeled Jeep ply on rough terrain
                   पुष्पको हातले पकाएको परिकारको रस्वादन गर्दै न्याउरा जंगलको बन विभागको बिसौनीमा 
      
        मुम्बईबाट घुम्न आएका पाहुनाहरुसंग रचेला ट्रेकिंग

को सहबास पश्चात् कोलकत्ता फर्केको थिए। उनीहरुलाई लगेर न्योउरा भ्याली  अरण्य क्षेत्रको ट्रेकिंगको एक झलक 







                                   व  Pugmark of Roy Bengal Tiger spotted at Neora jungle














२०२० देखि २०२२ सम्मको लामो काखण्डमा पेंडेमिकको 
कारणले अतिथि सत्कार  व्यवसायमा एउटा ठुलो क्षय-क्षति 
आर्थिक, सामाजिक, शैक्षनिक क्षेत्रमा सामना गर्न परयो। 





                                                       ती  खुसीको पलहरु जब न्याउरा भ्याली समाप्तको पलहरु 


                                                      न्याउरा भ्याली  राष्ट्रिय अभ्यरण क्षेत्रको    दृश्यहरुन्याउरा भ्याली राष्ट्रिय पार्क कलिम्पोंगा जिल्ला,पश्चिम बंगाला, भारतमा अवस्थित छ अनि १९८६ मा स्थापित भएको थियो.. यस क्षेत्रफल ८८ बर्ग  किलोमिटर इलाकामा फैलिएको छ अनि पूर्व भारतवर्षको एउटा उत्कृष्ट  जैव-विविधाको खानी मान्न सकिन्छ। 


यस क्षेत्रमा रेड पाण्डा पशुको निम्ति एउटा उत्तम प्राकितिक वासस्थान जुन ठाँउमा पहाडी दुर्गम अनि धना पस्न नै नसकिने जंगल   भएको कारण उपयुक्त छ अनि यस क्षेत्रको सर्व-श्रेष्ठ  विविध फोरा औ फ़ाउनाको कारण यस क्षेत्र एउटा विषम  भूभाग भनेर चिनिएको छ। यस क्षेत्रको सब भन्दा अग्लो ठांउ रचेला डाँडा हो जसको उच्चाई १०४९९ फिट छ। 
न्याउरा भालीको जंगल यति धना  छ कि सुर्यको किरण जमिनमा पर्दैन।



 पार्कको धेरै भागहरु बाग्लो पस्ने नसकिने  जंगलको कारणले मानिसहरुको पहुच वाह्य छ त्यसैकारण नेचर लभर तथा ट्रेकरहरुको निम्ति  कालिम्पोंग  पहाडको अदृश्य भुभागहरुको खोज एउटा चुनौती तथा एड्भ्यानचर टुरिजमको रुपमा हुन गएको छ।

 वर्जिन नेचरल फारेष्ट , बाँसको पटेर घारी, रंगीन  गुंरासको बन-जंगल, हरियो बन पाखा , हरियो लेउले भरिएको कलकल गर्ने खोला नाला जसको पछिलो धरातलको पृष्ठभूमि सत्तामै हिमालय पर्वत-शृंखला बीच  नयनाभिराम परिदृश्य देखिने गर्छ। यस बन-जंगलमा पाइने जंगली जनावरहरु मध्ये चुतुवा, कालो भालु, भुई  भालु, सुनौलो बन बिरालो, बनेल, बन-बिरालो, गोरल, भुक्ने  मृग, साम्बर, उडने लोथर्के , थार अनि बेंगल रोयल टाइगर हुन। 


 यस जंगलमा विभिन्न प्रजातिको चरा -चुरुंगीहरु पाइने जस्तै  rufous-throated partridge, satyr tragopan, crimson-breasted woodpecker, Darjeeling woodpecker, bay woodpecker, golden-throated barbet, Hodgson's hawk cuckoo, lesser cuckoo, brown wood owl, ashy wood pigeon, mountain imperial pigeon, Jerdon's baza, black eagle, mountain hawk eagle, dark-throated thrush, rufous-gorgeted flycatcher, white-gorgeted flycatcher, white-browed bush robin, white-tailed robin, yellow-browed tit, striated bulbul, chestnut-headed tesia, chestnut-crowned warbler, black-faced warbler, black-faced laughingthrush, chestnut-crowned laughingthrush, streak-breasted scimitar babbler, scaly-breasted cupwing, pygmy cupwing, rufous-fronted babbler, black-headed shrike babbler, white-browed shrike babbler, rusty-fronted barwing, rufous-winged fulvetta, brown parrotbill, fire-breasted flowerpecker, fire-tailed sun इत्यादि।


    यस जंगलमा पाइने किरा-फटेग्राहरु   बटरफ्लाई , मोथ्स , सिंग किरा, मौरी पाइन्छ।  बर्खाको समयमा जुगा अघ्याधिक  मात्रामा पाउने हुँदा पर्यटकहरुलाई समस्या आइपर्ने गर्छ।  झ्याउसरिको  धना बन-जंगल , लता-लहरा, पशु-पक्षी , किरा-फटेग्रा , हरियाली, स्वच्छ पर्यावरणको परिदर्शन जीवनमा एउटा सुखद अनुभूति बटुलेर जाने गर्छन मानसरोवर होस्टेमा आउने अतिथिहरु। 






गुरुवार, 23 अप्रैल 2020

Bhutan trip

सेरोफेरो  : २०१८ भुटान यात्राको संस्मरण 


          शरद मौसमको व्यस्त पर्यटन सिजन  अक्टोबर नोभेम्बर २०१८ मा उसै पनि मानसरोवर होमस्टेमा आउने पर्यटकहरुको बुकिंग अधिक हुने गर्छन। लगातार २ महिनासम्म अतिथि-सत्कार धन्दामा खट्नु हाम्रो निम्ति एउटा चुनौती एंव होमस्टेको  रेटिंगलाई यथावत कायम राख्ने अर्को लक्ष्य।  मेरी श्रीमती पुष्पा सरकारी नोकरीबाट अवकास लिएपछि झन् अधिक व्यस्त र परिश्रम गरेको म महशुस गर्छु।  हाम्री भुटान धुम्न जाने इच्छालाई साकार बनाउनुलाई दिसम्बरको तीन हप्ता बुकिंग क्लोज गरेर म अनि मेरी श्रीमती मेरो बसन्ती आर्टिका कार लिएर कालिम्पोंगबाट ३० नोभेम्बर २०१८ को दिन प्रस्थान गर्छो। लगातार ७ घण्टा एकल वाहन ड्राभिंग गरेर  साँझ ४ वजे भुटानको सीमा फोंसोलिंग शहर पुग्छो। जैगाँव  बजारमा मेरो भतिजी ममता र बैनी लालुमायाको घर अवस्थित भएको हुनाले रात्रि विश्राम गर्ने अगावै चाँजो मिलाएका थियौ। भोलिपल्ट शनिबार भएकोले फोंसोलिंग शहरमा पुगेर सर्वप्रथम भुटान प्रवेश-अनुमतिको व्यवस्था मिलाउनु हाम्रो पहिलो प्राथमिकता थियो कारण सरकारी कार्यालय बन्द हुने भएको हुनाले त्यही दिन  ट्राभल ईजेंट कार्यालयमा गई आवशकीय  कागजाद बुझाई भोलि विहान १० बजे रिर्पोट गर्ने आश्वासन पायौ। भुटान यात्रा  प्रवेश-अनुमतिको निम्ति  कुन होटलमा कति समयको निम्ति  बस्ने सर्वप्रथम बुकिंग गर्न जरुरत रहेछ। साँझ  भतिजी ममताको घरमा भोजन गरि बैनी लालुमायाको घर जैगाँवमा रात्रि विश्रामको निम्ति पुग्छौ कारण बैनीको घरमा कार पार्किगको  सुविधा राम्रो रहेछ।

           भोलि पल्ट हामी निर्धारित समयमा ट्राभल ईजेंट कार्यालयबात आवश्कीय प्रवेश अनुमति परमिट सग्रह गरि हाम्रो यात्रा फोंसोलिंग शहरबाट  दिउंसो  १२ बजे पारो शहरतिर शुरु हुन्छ। फोंसोलिंग र पारोको दुरत्व प्राय: १४३ किलोमिटर छ , पहाडी सडक भारतीय सीमा सदाका वाहिनीको देखरेख निर्माण अनि सगरक्षण भुटान राज्यभित्रको राजमार्गहरुमा वाहन हाक्न अति नै सुगम रहेछ। प्राय:५०/६० प्रति घन्टाको रफ्तारमा वाहनहाक्न सजिलै सक्ने भएतापनि  ठाँउमा अवस्थित मलाई र मेरी श्रीमतीलाई कुनै हतार छैन थिम्पु  फोंसोलिंग राजमार्गको प्राकृतिक सौर्न्दताको लोचनलाभ अनि जग्गा-जग्गामा अवस्थित वे-साइड रेस्टुरेन्टमा जल-पान गर्दै अधि लाग्छौ। यात्रा  अवधिमा बातोमादुइ स्थानमा भूटान प्रवेश परमिट देखाउनलाई चेक-पोस्टमा पहरी चौकी रहेछ। बाटो फराकिलो भएतापनि पुतलीभिरको  बाटो भने चट्टान काटेर बनाएको बाटोबाट गाडी चलाउन मुटु चाहिने रहेछ।
फोंसोलिंग थिम्पु राजमार्गमा पर्ने विशेष स्थानहरुमा गेडू , छुक्का , चेप्चा , छोका ,चेप्चा,चिमखा हुंदै चुजुम पुलबाट थिम्पु पारो राजमार्गको दिशा परिवर्तन गर्न पर्ने रहेछ।
             चुजुम पुल तरेर पारो भुटान राजमार्गतिर जसै लाग्छौ जंगल विहिन पहाड़ अनि चिसो हावाको वेगको आवाज सुन्छु।  राजमार्ग भएतापनि गाडीको आवात-जावत कम्ती देख्छु। सायद आज सरकारी विदाको दिन भएर हुन सक्छ।  विशेष पारि खोलाको किनारै किनार भएर यो मार्ग अति शुद्र अनि सुगम रहेछ।


     बाटोमा भुटानको आफ्नै गृह निर्माण शैलीको जलपान गृह र भुटान सैनिक छाउनी देख्दा जलपान गर्न केहि बेर हल्ट गर्छु।  भुटान राज्यले आफ्नो पुरातन गृह निर्माण शिल्प कलालाई यथावत राखेको देख्दा मन मनै प्रंसशा 
गर्न मन लाग्छ अनि मेरो क्यामरामाती दृश्य कैद गर्न आतिरिन्छु। 






          साँझ अँध्यारोमा पारो शहर पुग्छौ।  हाम्रो दुई रातको निम्ति विश्रामको निम्ति तासिलींग होटलमा छेक इन् गरी रात्रि भ्रमणमा  पारो सहर निस्कन्छौ। प्र्दुशंरहिता फराकिलो सहरको बाटो  बिजुली बत्तिको रोशनीमा भुइँ ताराको संसारमा आफ़ुलाइपाएको स्वर्गिक आनन्दको महसुश गर्छु। 





          रातको भोजन हामी पारोको एउटा रेस्तुरेन्टमा विशेष शाकाहारी भुटानिज क्युजिन खान्छौ अनि रात्र १० वजे होटलमा विश्राम गर्न पुग्छौ अनि विहानको नास्ता ७ बजे साथै दिउंसोको पेका लन्चको अडर गरेर कोठामा आराम गर्न पुग्छौ।  दिनभर कार ड्राइभले  शरीर थाकेकोले गर्दा विस्तारमा ढल्केको  मात्र थिए कहिले निदाई पठाए पत्तै भएन। 
          विहान पाँच बजे उठेर बाल्कोनीमा  विहानीको चियाको चुस्की लिंदै पारोको प्राकृतिक सौन्दर्यतालाई मा सुर्यको प्रथम किरणले स्पर्श गरिरहेको पारो नदीको कल-कलाकलाहटको आवाज, पल्लो सम्म-खेतबारीको सुन्दर दृश्य अति मनमोहक नयनाविराम शान्त पारो शहर. 




             पारोको दोस्रो दिनको नियात्रामा टाइगर नेस्ट यानी तक्सांग गुम्बा  दर्शन वास्तवमा भुटानको सब भन्दा उत्तम पर्यटन स्थलहरु मध्ये पहिलो पर्यटकहरुको चाहना हुनेगर्छ। हामी विहान ८ बजे प्रस्थान हुन्छौ। पारोबाट प्राय: ७ किलोमिटरको दुरत्व गाड़ी जाने बाटो रहेछ।  तर मैले बाटो बिराएर निकै अधि प्राय: १५ किलोमिटर टाडो पुगेछौ।  एउटा पारि भितामा अवस्थित पुरानो जोँगको दृश्य क्यामरामा कौडा गर्न इच्छा लाग्छ र कार हल्ट गर्छु। छेवैको एउटा नेपालीको चिया दोकानमा टाइगर नेस्ट जाने बाटो सोध्छु हामि बाटो बिराएर धेरै अग्गादी आइ पुगेका रहेछौ र पछि वापस त्य्घी बाटो भएर फर्कन्छौ।  बाटोमा स्कुल गइरहेकी नानीहरुलाई पनि गाडीमा चडाएर ल्याउछु र सहि बाटोको दिशा निर्देश गर्छन। 

         हामी ९.३०  बजे कारलाई पार्किंग गरेर ताक्सांग गुम्बा जाने उकालो बाटो लाग्ने तयार गर्छौ। टेक्ने लौरोको बन्दोबस्त गर्छौ। दिनको घामको किरण निकै तेज भैसकेको हुन्छ एका विहानै गुम्बा दर्शन गरेर आउने विदेशी पर्यटकहरु फर्किरहेका देख्छु। मेरी श्रीमतीजीलाई उकालो चड्न मुश्किल हुन्छ जस्तो लागेर हामी आधा बाटोसम्म धोड़ामा सवार भई जांने चाँजो मिलाउछौ। 









          आधा उकालो बाटोसम्म पुगे पछि अगाडी धोदा सवार प्रतिबन्द रहेछ।  सर्वप्रथम मेरी श्रीमतीले धोड़ा सवार गरेको अनुभव गरि तर भिरालो बाटोमा कतै लड्यो भने चोट लाग्ने सम्भावना र खतरा रहेछ।  तिर्थ गर्न जाँदा पैदल गएको नै मेरो सुझाव। आइफ़ल रुखको जंगल अनि सुन्दर सेरो झ्याउ जान्गलाई भरि झुन्डेको दृश्य अति मोहक देख्दो रहेछ। 





          नाक ठोकिने उकाली पगदंड्डीमालौरोको सहायताले पसिनै पसिना भएर हामी आस्ते आस्ते आफ्नो पैताला अधि सार्छौ पारी चट्टानमा अवस्थित टाइगर नेस्ट गुम्बा दर्शनमा। 






          ताक्क्सांग  गुम्बाको दर्शन गरी हामी साँझ ३ वजे पारो आई पुग्छौ अनि होटलमा पुगी तातो पानीले स्नान गरेर ताजा भई पारो धुम्न निस्कन्छौ। भुटानको एउटा विशिष्ट गृह  निर्माण शैलीको घरहरु विशेष मेरो निम्ति आर्कषक अनुभव भएको छ। 







          २ दिन पारो भुटानको यात्रा पश्चायत हाम्रो दोस्रो गन्तब्य यात्रा भुटानको राजधानी थिम्पुतिर लाग्छौ। पारो विमानपत्तममा आइपुग्दा भुटान रोयल एयर् लाइन्सको  विमान लेन्डिंग गर्दै गरेको दृश्य खुब  राम्रो देखिँदो रहेछ।  पारो नदीको छेउमा अवस्थित चारैतिर अग्ला पहाडले धेरेको एयरपोर्ट सायद विश्वमा कुशल औ शाहशिक पायलटहरुले मात्र विमान्अवतरन अनि उडान भर्न सक्छन  जस्तो लाग्यो।


               पारो-थिम्पु राजमार्ग भएर हामी चुजुम पुल पार गरेर देव्रे तर्फको थिम्पु राजमार्गमा पर्ने स्थानहरु साकेतान,खासखा,सिन्गेल,सिम्तोखा,बुध्द  डोर्नेमा , चांगबंदु पार गर्दे थिम्पु  राजधानी आइपुग्छौ। चांगबंदु हेलिपेडबात् ओरो भिल्ला होटलको बाटो लाग्नु पर्नेमा मा सोझै थिम्पु शहरको मोटर स्ट्याण्डमा पुगेछु।  त्यस ठांउबाट ओरो भिल्ला होटल जाने बाटोको गाइड एउटा टाक्सी लिएर दिनको २ बजे होटलमा चेक इन हुन पुग्छौ।
केहि दिन अधि मात्र ओपनिंग भएको नँया होटल भित्र प्रवेश गर्ने  वितिक्कै खुसी र स्वच्छ अनुभिति महसुस गर्छु। 




         नँया होटलको युवा स्टाफहरु भुटानिज परिधानमा सजिएर हामीलाई स्वागत गर्छन। बैठक कक्षमा भुखारीमा आगो दंकी रहेको रहेछ र हामीलाई स्वागत पेय जलव्दारा प्रदान गरी होटलको भनर पर्ने तत्थहरु जामा गरे पश्चात शयन कक्षमा लेजान्छ। दिनको भोजनको अडर दिन्छौ शुद्ध  शाकाहारी भुटानको परिकार। 

         मेरो कारलाई होटल परिसरमा नै पार्किंग गरेर एउटा लोकल ट्याक्सी हायर गरेर थ्म्पुको लोकल साइट शिनको निम्ति हामी निस्कन्छौ।






         
     ७० को पुर्वाधमा म कलेज शिक्षालाई पूर्ण नगरी थिम्पुमा नोकरी गर्न पुगेको थिए। तिनताक मैले देखेको अल्प शिक्षित समाज र जत्तातैते फोहोर मैला अनिगुवा पान चपाएर सहरको बाटोतिर र सिनेमा धारभित्र रातै थुक फालेको दृश्य परिकल्पना गरेको भुटान सम्झेको थिए तर आजको भुटान संसारमा नै एउटा स्वच्छ अनि सुन्दर भुटान देख्न पाँउदा सुखद अनुभवको आभास गरे। देशको नागरिक अनुशासन अनि कर्तव्य परायन रहेको प्रतक्ष्य उदाहरण देख्छु।  सायद भुटान देशको राजा नै एउटा ज्वलन्त उदाहरण  बनेर होर्डिंगहरुमा देख्न पाइन्छ।   
भुटान घुम्न आउने प्रत्येक पर्यटकहरुले एउटा शिक्षा लिएर जानु पर्ने कुरो पनि। 



             साँझ झाम्मकै हुँदा थिम्पुमा ह्र्र्ना पर्ने पर्यटकीय स्थलहरु परिदर्शन गरेर होटल ओरो भिल्ला आइपुछौ। 
होटलको बल्कोनिबात थिम्पु राजधानी नक्षत्र झैँ ज्वाजल्यमान भएर बिजुली बत्तिको प्रकाश जलमल्ल दिपावलीको रात झैँ जाजल्यमान परिदृश्य मानौ स्वर्ग धरतीमा अवतरण भएको  आनन्द विभोर अनुभिति आत्मसात गर्न पाए। 


              थिम्पु भ्रमणको दोस्रो दिन सुर्योदयको प्रथम किरण थिम्पु शहरको थाप्लोमा पर्दा अत्यन्तै मनोहर देखिँदो रहेछ।  चन्द्रमा अस्त अनि सुर्योदयको क्षणलाई क्यामरामा कैद गर्दछु। 





          मेरो कारको इंजनले समस्या कारको डेशबोर्डमा देखाउन थालेको छ अनि इंजन ओयल पनि ज्याँदा कान थालेको छ। इंजन ओयल २ लिटर टप अप गर्छु।  ईश्वर साङ्ग प्रार्थना गर्छु कि फर्कंदा बाटोमा सहि सलामत जान पाऊ।  थिम्पुमा दुई दिनको बूकिंग गरेको थिए. श्रीमतिसंग सल्लाह गरी फर्कने तयार गर्छौ।  विहानको खाजा खाएर फोंसोलिंगतिर ९ बजे प्रस्थान हुन्छौ होटलको स्ताफ्हरुसंगा सामुहिक तस्विर लिन्छौ फेरी आइफल फाल्ने सिजनमा आउने वाचा राख्दै। 


          कारले कुनै दु :ख नदिई हामी भुटान सीमानामा ४ बजे पार हुन्छौ। भतिजी ममताले एक रात उनिहरुसिता बस्ने आग्रह गर्दैथी तर हामीले एक रात जल्दपादा अभायारंको होलॉङ्ग दाकघरमा एक रात हल्ट गरि भोलि विहान एनिमल सफारी गरि सिलिगुडी फर्कने योजना मिलाउछौ। 


          यसरी हाम्रो भुटान अनि डुर्वसको नियात्रा टुंगिन्छ यौटा जीवनमा  जिउने नतुन उमंग र जोश भरेर। 
  

       संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास     पहिलो बैशाख ...