न्यौरा भ्याली राष्ट्रिय अरण्य नेचर ट्रेकिंग : मानसरोवर होमस्टे
कालिम्पोंग भित्रने पर्यटकहरुको भ्रमण नाम्चामा लाभा गुम्बा र छांगे वाटर-फल्स हुनेगर्छ।तर मलाई भने विशेष आर्कशीय स्थान न्याउरा भेली वाइल्ड लाइफ़ सेन्चुरीले सदा आर्कषण गर्ने गर्छ अनि मेरो होमस्टेमा बस्न आउने पाऊनाहरु जो नेचर लभर/ट्रेकिंग गर्न इच्छा राख्छन उनीहरुलाई न्याउरा भेली वाइल्ड लाइफ़ सेन्चुरी र रचेलाको पैदल यात्रा जाने प्रोत्साहन गर्ने गर्छु अनि स्वंम गाइड भई लैजाने गर्छु ।
मान्छेको कोलाहलबाट पर पट्टेर बन-जंगल, लता-लहरा र झ्याउसरीको बृक्ष र भुई;स्वच्छ हावा शान्त पर्यावरण मानौ आदिम युगको परिवेश। जंगलमा भएको झ्याउले मात्र मलाई गिजाइरहेको जस्तो लाग्छ, " तिमीले तिम्रो ठाँउ झ्याउसरी कंक्रिटको जंगल बनाइसक्यौ न त्यसले तिमीलाई न्यानो राख्छ ? नकि वादलको पानीलाई अंगालेर राख्नसक्ने क्षमता नै छ ? तर ममा उद्भिद्लाई जल र न्यानो दिने शक्ति छ र त जंगल श्वाश्त यर्थात छ। आऊ तिमी मलाई नेत्र संभोग गरेर परमानन्दको चरम सुखको अनुभूति लिएर जाउ। "
न्याउरा भेली वाइल्ड लाइफ़ सेन्चुरी र रचेला राष्ट्रीय प्रतिबन्धित क्षेत्र भएको हुनाले त्यस क्षेत्रभित्र प्रवेशको निम्ति लाभा वाइल्ड लाइफ़ बन विभागको रेंज अफिसरको कार्यालयबाट प्रवेश अनुमति पत्र लिन अनिवार्य छ।
सुश्री उषा कामथ , मार्केटिंग एनालितिकल कन्सल्टेन्ट
बगलेरु ,
ली ज्यामिरान अनि परिवार, जर्मनी न्याउरा जंगलमा ट्रेकिंगको आनन्दको पलहरु
Mumbai's trekkers scaled Rachela Dara.
२०२० देखि २०२२ सम्मको लामो कालाखान्दमा पेंडेमिकको
कारणले अतिथि स्ताकारा व्यवसायमा एउटा ठुलो क्षय-क्षति
आर्थिक, सामाजिक, शैक्षनिक क्षेत्रमा सामना गर्न परयो।
२०२२को मार्च महिनाबाट हाम्रो होमस्टेको बुकिङ्ग खोले पश्चात पहिलो अतिथिव्दय देवप्रिती र सयन मान्ना १ दिनको निम्ति आएको थियो तर ५ दिनको सहबास पश्चात् कोलकत्ता फर्केको थिए। उनीहरुलाई लगेर न्योउरा भ्याली अरण्य क्षेत्रको ट्रेकिंगको एक झलक
न्याउरा भेली राष्ट्रिय अभ्यरण क्षेत्रको दृश्यहरुन्याउरा भ्याली राष्ट्रिय पार्क कलिम्पोंगा जिल्ला,पश्चिम बंगाला, भारतमा अवस्थित छ अनि १९८६ मा स्थापित भएको थियो.. यस क्षेत्रफल ८८ बर्ग किलोमिटर इलाकामा फैलिएको छ अनि पूर्व भारतवर्षको एउटा उत्कृष्ट जैव-विविधाको खानी मान्न सकिन्छ।
यस क्षेत्रमा रेड पाण्डा पशुको निम्ति एउटा उत्तम प्राकितिक वासस्थान जुन ठाँउमा पहाडी दुर्गम अनि धना पस्न नै नसकिने जंगल भएको कारण उपयुक्त छ अनि यस क्षेत्रको सर्व-श्रेष्ठ विविध फोरा औ फ़ाउनाको कारण यस क्षेत्र एउटा विषम भूभाग भनेर चिनिएको छ। यस क्षेत्रको सब भन्दा अग्लो ठांउ रचेला डाँडा हो जसको उच्चाई १०४९९ फिट छ। न्याउरा भालीको जंगल यति धना छ कि सुर्यको किरण जमिनमा पर्दैन।
पार्कको धेरै भागहरु बाग्लो पस्ने नसकिने जंगलको कारणले मानिसहरुको पहुच वाह्य छ त्यसैकारण नेचर लभर तथा ट्रेकरहरुको निम्ति कालिम्पोंग पहाडको अदृश्य भुभागहरुको खोज एउटा चुनौती तथा एड्भ्यानचर टुरिजमको रुपमा हुन गएको छ।
वर्जिन नेचरल फारेष्ट , बाँसको पटेर घारी, रंगीन गुंरासको बन-जंगल, हरियो बन पाखा , हरियो लेउले भरिएको कलकल गर्ने खोला नाला जसको पछिलो धरातलको पृष्ठभूमि सत्तामै हिमालय पर्वत-शृंखला बीच नयनाभिराम परिदृश्य देखिने गर्छ। यस बन-जंगलमा पाइने जंगली जनावरहरु मध्ये चुतुवा, कालो भालु, भुई भालु, सुनौलो बन बिरालो, बनेल, बन-बिरालो, गोरल, भुक्ने मृग, साम्बर, उडने लोथर्के , थार अनि बेंगल रोयल टाइगर हुन।

Amazing Kalimpong Hills!
जवाब देंहटाएं