आज २० जनवरी २०२३ को दिन कालिम्पोंग जिल्ला अर्न्तगत बोंग खासमहल क्षेत्रमा अवस्थित गणेश मन्दिर परिसरमा नौ दिन ब्यापी पुराण घार्मिक अनुष्ठानको चौथो दिन पुराण कथा श्रवणको निम्ति मेरी श्रीमती पुष्प औ नाती अरुणोदयलाई लिएर पुगेको थिए। पंचायत एंव ग्रामिण विकाश कार्यालयमा कर्मरत समयमा २४ वर्ष अधि म बोंग ग्राम पंचायतमा सेवा गर्ने सुअवसर प्राप्त भएको थियो। ब्राह्म्ण छेत्री बाहुल्य इलाकामा उनीहरुसंग मिलेर काम गर्ने मौका पाउनु प्रशासनिक क्षेत्रमा मेरो निम्ति अहोभाग्य औ चुनौतिपूर्ण ठान्थे । समग्रमा म त्यसताक भन्ने गर्थे "दिये तले अन्धेरे" कालिम्पोंग शहरदेखि मात्र केहि तलको क्षेत्र त्यस समय विकासको "ब" पनि नपसेको आज एक बिकसित ग्रामिण क्षेत्रमा गनिन जान्छ। कुटनीतिको धुरन्धरहरु आज सर्व-हितार्थ र कल्याणको निम्ति एकत्वमा बांधिका छन सामाजिक, राजनैतिक, धार्म्मिक, शैक्षनिक, आर्थिक अनि स्वास्थ्य क्षेत्रमा। गणेश मन्दिरको प्रारुप साँच्चै नेपाल कै काष्ठ कलाको बिजोड नमुना सरह स्थापित गरिएको छ , छेवैमा गणेश प्राथमिक पाठशाला अनि गणेश उच्च माध्यमिक पाठशाला औ गाँव भित्रिने ग्रामिण सडकहरुको जाळले एउटा आर्दश ग्रामको दर्जा ओगटेको म अनुभव गर्दछु। पुराण आयोजक समितिद्वारा म अनि मेरी श्रीमती पुष्पलाई सम्बर्धना प्रदान गरिबक्सिएकोमा आजन्म कृत्यज्ञी बनेको छौ र अझ समाज सेवामा लागि पर्ने थप उर्जा मिलेको छ हामीलाई।
रविवार, 22 जनवरी 2023
रविवार, 15 जनवरी 2023
Heritage building of Kalimpong : Chinese Primary School
पिपल्स रिप्बलिक अफ् चाइना अनि भारतीय गणराज्य माझ सीमान्त राजनीतिको क्षेत्रमा ४० -५० को दशकतिर कालिम्पॉङ्गले मुख्य भूमिका निर्वाह गरेको तत्थ बिशेत: ३ वटा कारणले उजागर गर्छ १) ऎतिहासिक रुपमा उनाइसौ शताव्दीको मध्ये कालदेखि नै कालिम्पोंग एक ब्रिटिश व्यापार पोस्टको रुपमा स्थापित भैसकेको थियो। लात्हा -कोलकत्ता व्यापार मार्ग पिपल्स लिबरेसन आर्मीद्वारा बिषेशत: १९५० ईस्वीमा पिएलएले तिब्बतको खिम प्रदेशलाई आक्रमण गरे पश्चात कालिम्पोंगलाई विशेष व्यापार वाणिज्य केन्द्रको रुपमा मान्यता दिएर चीनबाट तिब्बतमा सर-सामानहरु ओसार-पोसार गर्नको निम्ति प्रयोगमा ल्याएको थियो ; २} कालिपॉङ्गमा तिब्बतको खिम प्रदेशमाथि पिएलएले चडाई गरे पछि तिब्बती शरार्थीहरु धेरै संख्या आई बसोबास गर्न थालेको थियो। जब तिब्बती शरार्थिहरुसंगै व्यापारीहरु, ,कासाङ्गको (तिब्बती प्रशासनिक परिषद) प्रभावशाली व्यक्तित्वहरु कालिम्पोंङ्गमा आई बसोबास गरेका थिए। ३) कालिम्पॉङ्गमा प्रवासी चाइनिज जनसंख्याको उपस्थिति
द् पिपल्स डेली अखवार पत्रिकाको रिर्पोट बमोजिम कालिम्पोङ्गको परिप्रेक्ष्यमा १९५९ देखि १९६३ विच भित्र भित्रै आमुल परिवर्तन आइसकेको थियो। चीन-भारत युद्ध १९६२ पश्चात तिब्बतको प्रश्न ठण्डा बोरामा बिसाई सकेको थियो औ पिपल्स रिपब्लिक अफ चाइनाद्वारा भारतीय अधिकारीहरुलाई के एम टीसंग साँठगाँठ गरेर चाइनिजहरुलाई भारतवर्षमा अवैध बसोबासको घोषणा गरि भारतबाट चाइनिजहरुलाई निष्कासन गरेको दोषारोपण लगाएको थियो । तिनताक कालिम्पोंङ्गमा सवैको मुखमा चर्चाको विषय हुनेगर्थ्यो कि के एम टीले कालिम्पोंग चाइनिज प्राइमेरी स्कुललाई कब्जा गरेको घटनानको फलस्वरुप नै भारतीय अधिकारीहरु औ के टी माझ प्रत्यक्ष द्वन्द शुरु भएको थियो। लींग ज़िंची , कालिम्पोंग चाईनिज प्राइमेरी स्कुलको पुर्व अध्यक्ष जब कालिम्पोंगबाट चीन फर्केर गए पश्चात दिएको अर्न्तवार्तामा भनेका थिए कि भारत सरकार र चीँग क्ली मिलेर चीन विरुद्ध संगठित भएको कुरो जगजाहिर थियो। वास्तवमा भारत सरकारले नराम्रा कुराहरु छुपाउने कोशिश गरेको थियो वास्तवमा सत्य कुरो के थियो भने भारत र चीँग मिलेर कालिम्पोंगको चाइनिज प्राईमेरी स्कुललाई अधिग्रहण गर्ने मनसाय थियो। कालिम्पोंगमा वीशौ शताव्दीको प्रारम्भ कालदेखि नै चिनिँयाहरु बसोबास गरेको इतिहास साक्षी छ। स्कटल्याण्ड देशको क्रिष्टिय घर्म प्रचारक डा० जोहन एडसन ग्राम्ह्मको जीवनी कथामा उल्लेखित वर्णन अनुसार १९०६ ईस्वीमा नै कालिम्पोंग शहरमा केही चिनियाँ सिकर्मीहरु बसोबास गर्थे औ रोमन क्थालिक चर्चको आलेख अनुसार चिनियाँ-लेप्चेनीको कोखबाट ईस्वी १९१० मा ग्रिटिस एलिजावेथ पुत्रीको जन्म भएको थिइन अनि १९३४ ईस्वीमा बप्तिस्मा लिएको इतिहास साक्षी छ। कालिम्पोङ्गस्थित चिनियाँहरुको श्मसानघाट सन् १९१८मा लिखित चिनियाँको चिहानमा तथ्यबाट पनि हामीलाई थाहा लाग्छ कि कालिम्पॉङ्गसंग चिनियाँहरुको सम्बन्ध थियो भन्ने। १९३७ सालमा दोस्रो सिनो-जापन युद्ध पछि भारतवर्षमा १९४४ सालमा चिनियाँ सम्प्रदाय दोस्रो वृहत संख्यामा पलायन भैसकेको थियो। युद्धको समयमा धेरै चिनियाँहरु चीन अनि बर्माबाट भागेर कालिम्पॉङ्गमा आई आश्रय लिएका थिए। चिनियाँ शरनार्थीहरुको नानीहरुको शिक्षाको अभावलाई ध्यान राखेर चिनियाँ व्यापारीहरु मा ज्हुचिया , ज्हांग स्यांगचेंग अनि लींग ज़िज्हीद्वारा धन राशि संग्रह गरेर कालिम्पोंग्मा चिनियाँ नानीहरुको शिक्षा को निम्ति चिनियाँ भाषामा अध्यापन गर्नको निम्ति स्कुल खोल्ने जमर्कों शुरु गरे। के एम टी द्वारा धन राशि साथै चीनबाट पाठशाला स्थापना गर्नको निम्ति दुई जना शिक्षकहरु पनि पठाएर १९४४ मा सफलपूर्वक चिनियाँ स्कुल कालिम्पॉङ्गमा स्थापित गरेका थिए। १९६२ सालको सिनो-इन्डिया युद्ध पश्चात राजनैतिक परिदृश्य परिवर्तन भइसकेको थियो अक्टुवर १९६२ मा देशको राष्ट्रपति डा ० राधाकृष्णनद्वारा डिफेन्स अफ़ इन्डिया अध्यादेश धोषणा गरी भारतवर्ष भित्र विशेष वर्जित क्षेत्र आसाम अनि पश्चिम बंगालको केही जिल्लाहरुमाचिनियाँहरुलाई प्रवेश अनि निर्वासनमा निषेध गरिएको थियो। यसैको फलस्वरुप कालिम्पोंगबाट पनि चिनियाँहरुलाई उच्छेद गरिएको थियो। फलत: कालिम्पॉङ्ग स्थित चाइनिज प्राइमेरी स्कूल पनि बन्द भएको थियो। कालिम्पोंग्को पुरानो ईतिहासमा ओझेल परेको पाटा मध्ये चिनियाँहरुको छालाको जुत्ताको उद्योग, चिनियाँ रेस्टुरेन्ट अनि चिनियाँ दक्ष सिकर्मीहरुको हातद्वारा बनाएको सुन्दर भवन र चर्चहरुको कथा लेख्न थाँतिमा नै छ। वर्तमानमा एउटा कालिम्पॉङ्गको ईतिहासमा धरोवर सुचिमा आउन पर्ने चिनियाँ स्कुल व्यक्तिगत मालिकनाको हातमा परेर कालिम्पोंग चाइनिज प्राइमेरी स्कुल भवन परिसरको ऎतिज्यलाइ नै धुमिल पारिसकेको छ। कालिम्पॉङ्गको गौरवमय बिगतको इतिहासलाई कसले संगक्षित गर्ने ??
शुक्रवार, 13 जनवरी 2023
Heritage building of Kalimpong
सेवामा, विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग जिल्ला। विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग र...
-
प्रस्तोता सन्तबी गुरुङ , कलेबुङ्ग ...
-
Gouripur House used belong to the eponymous zemindars of that name. Its claim to fame is that Rabindranath Tagore spent some of his last hol...
-
Family Holidays : Travelling to unexplored tourists’ paradise of extreme remote destination of Eastern Nepal 2019. . ...
.jpg)