रविवार, 22 जनवरी 2023

नौ दिन ब्यापी पुराण घार्मिक अनुष्ठान

        आज  २० जनवरी २०२३ को दिन कालिम्पोंग जिल्ला अर्न्तगत  बोंग खासमहल क्षेत्रमा अवस्थित गणेश मन्दिर परिसरमा नौ दिन ब्यापी पुराण घार्मिक अनुष्ठानको चौथो दिन पुराण कथा श्रवणको निम्ति मेरी श्रीमती पुष्प औ नाती अरुणोदयलाई लिएर पुगेको थिए।  पंचायत एंव ग्रामिण विकाश कार्यालयमा कर्मरत समयमा २४ वर्ष अधि म बोंग ग्राम पंचायतमा सेवा गर्ने  सुअवसर प्राप्त भएको थियो।  ब्राह्म्ण  छेत्री बाहुल्य इलाकामा उनीहरुसंग मिलेर काम गर्ने मौका पाउनु प्रशासनिक क्षेत्रमा मेरो निम्ति अहोभाग्य औ चुनौतिपूर्ण ठान्थे ।  समग्रमा म त्यसताक भन्ने गर्थे "दिये  तले अन्धेरे" कालिम्पोंग शहरदेखि मात्र केहि तलको क्षेत्र त्यस समय विकासको "ब" पनि नपसेको  आज एक बिकसित ग्रामिण क्षेत्रमा गनिन जान्छ।  कुटनीतिको धुरन्धरहरु  आज सर्व-हितार्थ र कल्याणको निम्ति एकत्वमा बांधिका छन सामाजिक, राजनैतिक, धार्म्मिक, शैक्षनिक, आर्थिक  अनि स्वास्थ्य क्षेत्रमा। गणेश मन्दिरको प्रारुप साँच्चै नेपाल कै काष्ठ कलाको बिजोड नमुना सरह स्थापित गरिएको छ , छेवैमा गणेश प्राथमिक पाठशाला अनि गणेश उच्च माध्यमिक पाठशाला औ गाँव भित्रिने ग्रामिण सडकहरुको जाळले एउटा आर्दश ग्रामको दर्जा ओगटेको म अनुभव गर्दछु। पुराण आयोजक समितिद्वारा म अनि मेरी श्रीमती पुष्पलाई सम्बर्धना प्रदान  गरिबक्सिएकोमा आजन्म कृत्यज्ञी बनेको छौ र  अझ समाज सेवामा लागि पर्ने थप  उर्जा मिलेको छ हामीलाई।    

रविवार, 15 जनवरी 2023

Heritage building of Kalimpong : Chinese Primary School

  कालिम्पोंङ्गको   इतिहासको ओझेल परेको पाता : कालिम्पोड़मा चिनियाँहरुको निर्व्वासन औ निष्कासनको कथा 

     पिपल्स रिप्बलिक अफ् चाइना अनि भारतीय गणराज्य माझ सीमान्त राजनीतिको क्षेत्रमा ४० -५० को दशकतिर     कालिम्पॉङ्गले मुख्य भूमिका निर्वाह गरेको तत्थ बिशेत: ३ वटा कारणले   उजागर गर्छ   १)  ऎतिहासिक रुपमा उनाइसौ शताव्दीको मध्ये कालदेखि नै   कालिम्पोंग एक ब्रिटिश व्यापार पोस्टको रुपमा स्थापित भैसकेको थियो। लात्हा -कोलकत्ता व्यापार मार्ग पिपल्स लिबरेसन आर्मीद्वारा बिषेशत:  १९५० ईस्वीमा पिएलएले तिब्बतको खिम प्रदेशलाई आक्रमण गरे पश्चात  कालिम्पोंगलाई विशेष  व्यापार वाणिज्य केन्द्रको रुपमा  मान्यता दिएर चीनबाट तिब्बतमा सर-सामानहरु ओसार-पोसार गर्नको निम्ति प्रयोगमा ल्याएको थियो ; २} कालिपॉङ्गमा तिब्बतको  खिम प्रदेशमाथि पिएलएले  चडाई गरे पछि तिब्बती शरार्थीहरु धेरै संख्या आई  बसोबास गर्न थालेको थियो। जब तिब्बती शरार्थिहरुसंगै  व्यापारीहरु, ,कासाङ्गको  (तिब्बती प्रशासनिक परिषद)   प्रभावशाली व्यक्तित्वहरु   कालिम्पोंङ्गमा आई   बसोबास  गरेका थिए। ३) कालिम्पॉङ्गमा प्रवासी चाइनिज जनसंख्याको उपस्थिति  

        द् पिपल्स डेली अखवार पत्रिकाको  रिर्पोट बमोजिम कालिम्पोङ्गको परिप्रेक्ष्यमा १९५९ देखि १९६३  विच भित्र भित्रै आमुल परिवर्तन आइसकेको थियो। चीन-भारत  युद्ध १९६२ पश्चात तिब्बतको प्रश्न ठण्डा बोरामा बिसाई सकेको  थियो औ पिपल्स रिपब्लिक अफ चाइनाद्वारा भारतीय अधिकारीहरुलाई  के एम टीसंग  साँठगाँठ गरेर चाइनिजहरुलाई भारतवर्षमा अवैध बसोबासको घोषणा गरि भारतबाट चाइनिजहरुलाई  निष्कासन गरेको दोषारोपण लगाएको थियो । तिनताक कालिम्पोंङ्गमा  सवैको मुखमा चर्चाको विषय हुनेगर्थ्यो कि के एम टीले कालिम्पोंग चाइनिज  प्राइमेरी स्कुललाई कब्जा गरेको घटनानको फलस्वरुप नै भारतीय अधिकारीहरु   औ  के टी माझ  प्रत्यक्ष द्वन्द शुरु भएको थियो। लींग  ज़िंची , कालिम्पोंग चाईनिज प्राइमेरी स्कुलको पुर्व  अध्यक्ष जब कालिम्पोंगबाट चीन  फर्केर गए पश्चात दिएको   अर्न्तवार्तामा भनेका थिए  कि भारत सरकार र चीँग क्ली  मिलेर  चीन विरुद्ध संगठित भएको कुरो जगजाहिर थियो। वास्तवमा भारत सरकारले  नराम्रा कुराहरु छुपाउने कोशिश गरेको थियो वास्तवमा सत्य कुरो के थियो भने भारत र चीँग मिलेर कालिम्पोंगको    चाइनिज प्राईमेरी स्कुललाई  अधिग्रहण  गर्ने मनसाय थियो। कालिम्पोंगमा वीशौ शताव्दीको प्रारम्भ कालदेखि नै चिनिँयाहरु बसोबास गरेको इतिहास साक्षी छ।  स्कटल्याण्ड देशको क्रिष्टिय घर्म  प्रचारक डा० जोहन एडसन ग्राम्ह्मको जीवनी कथामा उल्लेखित वर्णन अनुसार १९०६ ईस्वीमा  नै   कालिम्पोंग शहरमा केही चिनियाँ  सिकर्मीहरु   बसोबास गर्थे औ रोमन क्थालिक चर्चको आलेख अनुसार चिनियाँ-लेप्चेनीको कोखबाट ईस्वी १९१० मा ग्रिटिस एलिजावेथ पुत्रीको जन्म भएको थिइन अनि १९३४ ईस्वीमा बप्तिस्मा लिएको इतिहास साक्षी छ।  कालिम्पोङ्गस्थित चिनियाँहरुको श्मसानघाट सन्  १९१८मा  लिखित चिनियाँको  चिहानमा तथ्यबाट पनि हामीलाई थाहा लाग्छ कि  कालिम्पॉङ्गसंग  चिनियाँहरुको सम्बन्ध थियो भन्ने।  १९३७ सालमा दोस्रो सिनो-जापन  युद्ध पछि भारतवर्षमा १९४४ सालमा  चिनियाँ सम्प्रदाय दोस्रो वृहत संख्यामा पलायन भैसकेको थियो।  युद्धको समयमा धेरै चिनियाँहरु चीन अनि बर्माबाट भागेर कालिम्पॉङ्गमा आई  आश्रय लिएका थिए। चिनियाँ  शरनार्थीहरुको नानीहरुको शिक्षाको अभावलाई ध्यान राखेर चिनियाँ व्यापारीहरु मा ज्हुचिया , ज्हांग स्यांगचेंग अनि लींग ज़िज्हीद्वारा धन राशि  संग्रह गरेर कालिम्पोंग्मा चिनियाँ  नानीहरुको शिक्षा को निम्ति चिनियाँ भाषामा अध्यापन गर्नको निम्ति स्कुल खोल्ने जमर्कों शुरु गरे। के एम टी द्वारा धन राशि साथै चीनबाट पाठशाला स्थापना गर्नको निम्ति दुई  जना शिक्षकहरु पनि पठाएर १९४४ मा सफलपूर्वक चिनियाँ स्कुल कालिम्पॉङ्गमा  स्थापित गरेका थिए।  १९६२ सालको सिनो-इन्डिया युद्ध पश्चात राजनैतिक परिदृश्य परिवर्तन भइसकेको थियो अक्टुवर १९६२ मा देशको राष्ट्रपति  डा ०  राधाकृष्णनद्वारा डिफेन्स अफ़ इन्डिया अध्यादेश धोषणा  गरी  भारतवर्ष भित्र विशेष वर्जित क्षेत्र आसाम अनि पश्चिम बंगालको केही  जिल्लाहरुमाचिनियाँहरुलाई प्रवेश अनि निर्वासनमा निषेध गरिएको थियो।  यसैको फलस्वरुप कालिम्पोंगबाट पनि चिनियाँहरुलाई उच्छेद गरिएको थियो। फलत: कालिम्पॉङ्ग स्थित चाइनिज प्राइमेरी स्कूल पनि बन्द भएको थियो।  कालिम्पोंग्को पुरानो ईतिहासमा ओझेल परेको पाटा मध्ये चिनियाँहरुको छालाको जुत्ताको उद्योग, चिनियाँ रेस्टुरेन्ट अनि चिनियाँ दक्ष  सिकर्मीहरुको हातद्वारा बनाएको सुन्दर भवन र चर्चहरुको कथा लेख्न थाँतिमा नै छ। वर्तमानमा एउटा कालिम्पॉङ्गको ईतिहासमा धरोवर सुचिमा आउन पर्ने चिनियाँ स्कुल व्यक्तिगत मालिकनाको हातमा परेर   कालिम्पोंग चाइनिज प्राइमेरी  स्कुल भवन परिसरको ऎतिज्यलाइ नै धुमिल पारिसकेको छ। कालिम्पॉङ्गको गौरवमय बिगतको इतिहासलाई कसले संगक्षित गर्ने ??

शुक्रवार, 13 जनवरी 2023

Heritage building of Kalimpong


संझना बिर्सना सललल  :कालिम्पॉङ्गको इतिहासमा ओझेल परेको पाटा 
        कालिम्पॉङ्गको पुरानो इतिहास विषय  सायद वर्तमान पिडी अनभिज्ञ होलान् तर कुनै समय कालिम्पॉङ्गलाई जासुसहरुको गुंड भनेर भारतीय संसदको चर्चामा उठेको विषयलाई नकार्न सकिन्न। ब्रिटिशकालीन भारतवर्षमा कालेबुङ्ग एउटा लधु मेट्रोपोलिटन शहर भनेर चिनिने गर्थ्यो। यहाँ देश-विदेशबाट राजशाही परिवारहरु, शोधविद्हरु, दार्शनिकहरु , कवि, लेखकहरु र जासुसहरू  आएर बसोबास गरेका धरोहर भवनहरु आजसम्म यथावत छन।  
         तिनताक कालिम्पोंङ्ग नगरपालिका जमीन बर्गीकरंमा डी आइ  फण्ड एरिया, गार्डन लिज एरिया अनि डेभेलमेन्ट एरिया  भनेर वर्गीकरण गरेका थिए अंग्रेज भाइस राइस गर्वनर जेनलर अफ् इन्डियाको आदेश बमोजिम।  :कालिम्पोंङ्ग  अनि दार्जिलिंग महकुमा क्षेत्रमा जो भारतवर्षको  अन्य कुनै प्रदेशमा नभएको जमिनको कानुन आजसम्म विद्यमान छ। भारतीय स्वतन्त्रता संग्रामको  चिंगारीको बौद्धिक अनि राजनैतिक सचेतना जगाउनुमा  बंगालको बंगाली शिक्षित समाजको ठुलो  भूमिका रहेको सत्य हो।    यसैकारण बंगालको वैचारिक क्रान्तिलाई  जरासंगै  मार्ने  षड्यन्त्र १६  अक्बुबर १९०६ मा लार्ड कार्जन भाइस रोयद्वारा  बंगाललाई   पश्चिम बङ्गाल अनि पूर्व बङ्गाल दुई प्रान्तमा विभक्त गरेको आदेश सरकारी राजपत्रमा प्रकाशित भएको थियो। गवर्मेंट अफ् इन्डिया  (एक्सक्लुडेट एण्ड पार्स्याली एक्सक्लुडेट एरिया) अर्डर   १६६ , दिनांक  ०३/०३/१९३६ बमोजिम दार्जिलिंग जिल्लालाई  एक्सक्लुडेट एरियाको श्रेणीमा गाभेको थियो। 

        कालिम्पोंङ्गको डेभेलमेन्ट एरियामा पुरानो समयमा वाहिरबाट आएर बसोबास गर्ने धनाहुक्शुड्य मानिसहरुको आवसीय बांग्लोहरु  मध्ये सुर्य सदन (वार्निंग साहेबको बांग्लो हालमा कालिम्पोंग मिलित्ट्रेरी स्ट्राइकिंग  अफिसर ईंस्तित्यूट  ) चन्द्रलोक बांग्लो (वर्तमान  एस  आइ बी कार्यालय) मोर्गेंन हाउस, तासिडिंग बांग्लो (हाल पश्चिम बंगाल पर्यटन विभागको  टुरिस्ट रिर्सोट ) रिंगपिंग हाउस ( कुनै समय ब्रिटिश भारत शासन कालमा कलकत्ताको मतला बकस कम्पनीको ग्रिश्मकालिना स्तिथि गृह वर्तमानमा बर्तमान बौद्ध भिक्षुको बास गृह ) , विजय लोक , हाउस डांडा चंद्रलोकस्थित रामकृष्ण आश्रम [पश्चिम बंगाला युवा क्रीडा विभागको युथ होस्टेल  औ हालमा ममता सरकारको  प्राथमिक पाठशाला विभागको जिल्ला अध्यक्ष  कार्यालय)   , मधुबनस्थित कालेबुंगको व्यापारीको निजि  मधुबन नर्सरी, स्युमिंग पुल र विश्रामालय कालिम्पॉङ्ग शहरलाई चार चाँद लगाउने भव्य आवासहरु थिए।  मधुबनको समिपमा बि०  जेम्स साहेबको कटेज जहाँ  दोस्रो कक्षासम्म अंग्रेजी माध्यमको एउटा विधालय पनि हुने गर्थ्योर अहिले  बोद्ध भिक्षु   लामाहरुको गुफा बस्ने रिट्रिट  सेन्टर भएको छ ) .     देश-विदेशहरहरुबाट आएका खोजकर्ता, शोधविद अनि पश्चिमी  देशहरु अमेरिका अनि युरोपीय देशको साम्राज्यवादी अनि उपनिवेश विस्तारको उद्धेश्यले आएका राजनायिक प्रतिनिधिहरुको आँखडा भनी  कालिम्पोंगलाई चिनिने गर्थ्यो। इन्डो-तिब्बत वाणिज्य केन्द्र स्थापन काललाई कालिम्पोंग्को इतिहासको स्वर्णिम काल मानिन सकिन्छ। भनौ नै भने कालिम्पोंग एउटा वर्ल्ड ट्रेड -सेंटरको अवधारणा बिकसित   भारतवर्षमा एक मुख्य वाणिज्य केन्द्र भई सकेको थियो ५०को दशकतिर। 
        कालिम्पॉङ्ग चन्द्रलोक गाँव स्थित १९४०को दशकमा एउटा भव्य आलिसान भवन जसलाई कृष्ण लोक भनेर चिनिने गर्थ्यो। १९५० देखि १९५७ सम्म ग्रीस  अनि डेनमार्क देशको राजकुमार प्रिंस पिटर अनि उनको पत्नी राजकुमारी आइरिनको भव्य आलिसान भवन थियो। प्रिंस पिटर एक मध्य एसिया  अन्वेषण सेकेण्ड डेनिस दलको सदस्य थिए उनी   विशेषत: एक मानव विज्ञान शास्त्री थिए जो तिब्बतीहरुको मानव संरचनामा शोध गर्ने अभिप्रायमा कालिम्पोगलाई  बिशेष ट्रान्जिट पोइन्ट बनाएको थियो।  उनी तिब्बत जान चहान्थे तर उसलाई चाइना पिपल लिबरेसन आर्मी  सरकारले तिब्बत प्रवेशमा रोक लगाएको थियो। प्रिन्स पिटर विशेषत: चाइना तिब्बत प्रश्न बारे चासो राख्थे। कालिम्पॉनबाट चीन  सिमान्त क्षेत्रमा गइ त्यहाँको  भौगोलिक  भूभागको संरचना अनि तस्बिरहरु खिंच्ने   गर्थे।  तिब्बती विस्थापित युवाहरुलाई उत्साएर तिब्बतको    स्वतन्त्रको सस्त्र आन्दोलन जीवन्त राख्ने योजना कालिम्पॉङ्ग्बाट    नै तिनताक हुने गर्थ्यो  जसमा प्रिन्स पीटरको  भूमिका सन्देहको धेरामा रहेको   चाइना  डेली अखबारमा  प्रकाशित  आलेखहरुद्वारा  हुन् गएको थियो।  कालिम्पोंगमा प्रिंस पिटरको उपस्थिति कालिम्पॉङ्गमा  तिनताक पिपल लिवरेसन आर्मी चिफ तथा पिपल्स रिप्बलिक  चाइनाको अध्यक्ष चौऊ एन्लाई बिरोधमा थिए अनि प्रिन्स पिटरलाई  कालिम्पोंगबाट निष्काशनको  निम्ति   भारतवर्षको विदेश मामलाको सम्बन्धित विभागमा चाप दिएको थियो।  त्यसैको फलस्वरुप प्रिन्स पिटरलाई ७ दिनको तत्कालिन आदेशमा देशबाट निष्कासित गरिएको थियो। चन्द्र लोकस्थित प्रिन्स पिटरको आलिसान भवन पछि सरकारले  भुमी  अधिग्रहण कानुन बमोजिम सरकारी सम्पति धोषणा पश्चात बुनियादी पाठशाला  प्रशिक्षण सस्थानको तालिम  केन्द्रको प्रयोगमा ल्याएको थियो।  दुर्भाग्यको कुरो उक्त भव्य कृष्ण लोक  आवासन तथा कालिम्पॉङ्ग बुनियादी ट्रेनिंग कलेज जनता कलेज भवन ७६ को गोर्खाल्याण्ड आन्दोलनकारीहरुको मुर्ख र मुढे  आन्दोलनकारी असामाजिक तत्वहरुको कारण  आगोमा भेट चढेको थियो  अनि त्यस भवन परिसरमा महात्मा गान्धीको ढाढी मार्चको स्मृतिमा महात्मा गान्धीको कालो संगमरको प्रतिमालाई   पनि  क्षतिग्रस्त पुराएको थियो। आजसम्म सरकारद्वारा त्यो क्षतिग्रस्त कालेबुड़को धरोहरलाई जिर्णोद्धार गर्न सकेको छैन। यदि त्यस भग्नावशेष परिसरमा भएको महात्मा गान्धीजी  प्रतिमालाई मरमति गरेर  कालिम्पोंग शहरको विशिष्ट स्थानमा पूर्ण: स्थापना हुन सके सुनमा सुगन्ध थपिने थियो।"नाउरी  मारी पछितो" सिवाई गोर्खाले अरु के पाएका छ्न ?   गोर्खाहरु बाँदर प्रवृतिको भएर होला आफ्नो घर पनि बनाउदैन अरुलाई पनि घर बनाउन दिदैन्। 


    

              जनता कलेज कलिम्पोंगको अविस्मरणीय शिकक्ष शिशिकक्षिका प्रशिक्षार्थीहरु 



 

                प्राध्यापक ठकुरी सर र प्रशिक्षार्थिबर्ग्सिता तस्बीर 




        

                             सुबास  धिसींगको गोर्खाल्याण्ड आन्दोलनले क्षतिग्रस्त प्रिन्स पितार्को आवासन (कृष्ण शदन) तथा जनता कलेजको भग्नावेशेष 







सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...