आज २० जनवरी २०२३ को दिन कालिम्पोंग जिल्ला अर्न्तगत बोंग खासमहल क्षेत्रमा अवस्थित गणेश मन्दिर परिसरमा नौ दिन ब्यापी पुराण घार्मिक अनुष्ठानको चौथो दिन पुराण कथा श्रवणको निम्ति मेरी श्रीमती पुष्प औ नाती अरुणोदयलाई लिएर पुगेको थिए। पंचायत एंव ग्रामिण विकाश कार्यालयमा कर्मरत समयमा २४ वर्ष अधि म बोंग ग्राम पंचायतमा सेवा गर्ने सुअवसर प्राप्त भएको थियो। ब्राह्म्ण छेत्री बाहुल्य इलाकामा उनीहरुसंग मिलेर काम गर्ने मौका पाउनु प्रशासनिक क्षेत्रमा मेरो निम्ति अहोभाग्य औ चुनौतिपूर्ण ठान्थे । समग्रमा म त्यसताक भन्ने गर्थे "दिये तले अन्धेरे" कालिम्पोंग शहरदेखि मात्र केहि तलको क्षेत्र त्यस समय विकासको "ब" पनि नपसेको आज एक बिकसित ग्रामिण क्षेत्रमा गनिन जान्छ। कुटनीतिको धुरन्धरहरु आज सर्व-हितार्थ र कल्याणको निम्ति एकत्वमा बांधिका छन सामाजिक, राजनैतिक, धार्म्मिक, शैक्षनिक, आर्थिक अनि स्वास्थ्य क्षेत्रमा। गणेश मन्दिरको प्रारुप साँच्चै नेपाल कै काष्ठ कलाको बिजोड नमुना सरह स्थापित गरिएको छ , छेवैमा गणेश प्राथमिक पाठशाला अनि गणेश उच्च माध्यमिक पाठशाला औ गाँव भित्रिने ग्रामिण सडकहरुको जाळले एउटा आर्दश ग्रामको दर्जा ओगटेको म अनुभव गर्दछु। पुराण आयोजक समितिद्वारा म अनि मेरी श्रीमती पुष्पलाई सम्बर्धना प्रदान गरिबक्सिएकोमा आजन्म कृत्यज्ञी बनेको छौ र अझ समाज सेवामा लागि पर्ने थप उर्जा मिलेको छ हामीलाई।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
ग्याल्पो सेर्पा सोनाम लोछार पर्वको शुभोपलक्ष्यमा मंगलमय शुभकामना सपरिवारमा हाम्रो परिवारको तर्फबाट साथै तपाइँ हाम्रो परिवारको सम्पूर्ण सदस...
-
सेरोफेरो : २०१८ भुटान यात्राको संस्मरण शरद मौसमको व्यस्त पर्यटन सिजन अक्टोबर नोभेम्बर २०१८ मा उसै पनि मानसरोवर होमस्टेमा ...
-
कालिम्पॉङ्ग शहरस्थित एक प्रतिष्ठित शिक्षण संस्थान प्राथमिक शिक्षण प्रशिक्षण कलेजको खेल मैदानमा बिगत दुई वर्षदेखि दिपावाली मेला महिनाव...
-
पहिलो बैशाख नयाँ वर्ष कालेबुड़मा शुरु शुरुमा सबै गोर्खाहरुले तनमनधनले गोर्खा संस्कृति संगरक्षण संस्थाको छत्र छाँयामा भव्य रुपमा म...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें