कालिम्पॉङ्गको इतिहासमा ओझेल परेको पाटा
कालिम्पॉङ्गको पुरानो इतिहास विषय सायद वर्तमान पिडी अनभिज्ञ होलान् तर कुनै समय कालिम्पॉङ्गलाई जासुसहरुको गुंड भनेर भारतीय संसदको चर्चामा उठेको विषयलाई नकार्न सकिन्न। ब्रिटिशकालीन भारतवर्षमा कालेबुङ्ग एउटा लधु मेट्रोपोलिटन शहर भनेर चिनिने गर्थ्यो। यहाँ देश-विदेशबाट राजशाही परिवारहरु, शोधविद्हरु, दार्शनिकहरु , कवि, लेखकहरु र जासुसहरू आएर बसोबास गरेका धरोहर भवनहरु आजसम्म यथावत छन।
तिनताक कालिम्पोंङ्ग नगरपालिका जमीन बर्गीकरंमा डी आइ फण्ड एरिया, गार्डन लिज एरिया अनि डेभेलमेन्ट एरिया भनेर वर्गीकरण गरेका थिए अंग्रेज भाइस राइस गर्वनर जेनलर अफ् इन्डियाको आदेश बमोजिम। :कालिम्पोंङ्ग अनि दार्जिलिंग महकुमा क्षेत्रमा जो भारतवर्षको अन्य कुनै प्रदेशमा नभएको जमिनको कानुन आजसम्म विद्यमान छ। भारतीय स्वतन्त्रता संग्रामको चिंगारीको बौद्धिक अनि राजनैतिक सचेतना जगाउनुमा बंगालको बंगाली शिक्षित समाजको ठुलो भूमिका रहेको सत्य हो। यसैकारण बंगालको वैचारिक क्रान्तिलाई जरासंगै मार्ने षड्यन्त्र १६ अक्बुबर १९०६ मा लार्ड कार्जन भाइस रोयद्वारा बंगाललाई पश्चिम बङ्गाल अनि पूर्व बङ्गाल दुई प्रान्तमा विभक्त गरेको आदेश सरकारी राजपत्रमा प्रकाशित भएको थियो। गवर्मेंट अफ् इन्डिया (एक्सक्लुडेट एण्ड पार्स्याली एक्सक्लुडेट एरिया) अर्डर १६६ , दिनांक ०३/०३/१९३६ बमोजिम दार्जिलिंग जिल्लालाई एक्सक्लुडेट एरियाको श्रेणीमा गाभेको थियो।
कालिम्पोंङ्गको डेभेलमेन्ट एरियामा पुरानो समयमा वाहिरबाट आएर बसोबास गर्ने धनाहुक्शुड्य मानिसहरुको आवसीय बांग्लोहरु मध्ये सुर्य सदन (वार्निंग साहेबको बांग्लो हालमा कालिम्पोंग मिलित्ट्रेरी स्ट्राइकिंग अफिसर ईंस्तित्यूट ) चन्द्रलोक बांग्लो (वर्तमान एस आइ बी कार्यालय) मोर्गेंन हाउस, तासिडिंग बांग्लो (हाल पश्चिम बंगाल पर्यटन विभागको टुरिस्ट रिर्सोट ) रिंगपिंग हाउस (बर्तमान बौद्ध भिक्षुको बास गृह ) , विजय लोक , हाउस डांडा चंद्रलोकस्थित रामकृष्ण आश्रम [पश्चिम बंगाला युवा क्रीडा विभागको युथ होस्टेलहालमा ममता सरकारको प्राथमिक पाठशाला विभागको जिल्ला अध्यक्ष कार्यालय) , मधुबनस्थित कालेबुंगको व्यापारीको निजि मधुबन नर्सरी, स्युमिंग पुल र विश्रामालय कालिम्पॉङ्ग शहरलाई चार चाँद लगाउने भव्य आवासहरु थिए। मधुबनको समिपमा बि० जेम्स साहेबको कटेज जाँह दोस्रो कक्षासम्म अंग्रेजी माध्यमको एउटा विधालय पनि हुने गर्थ्यो (जो वतामान्मा बोद्ध भिक्षु लामाहरुको गुफा बस्ने रिट्रिट सेन्टर भएको छ ) देश-विदेशहरहरुबाट आएका खोजकर्ता, शोधविद अनि पश्चिमी देशहरु अमेरिका अनि युरोपीय देशको साम्राज्यवादी अनि उपनिवेश विस्तारको उद्धेश्यले आएका राजनायिक प्रतिनिधिहरुको आँखडा भनी कालिम्पोंगलाई चिनिने गर्थ्यो। इन्डो-तिब्बत वाणिज्य केन्द्र स्थापन काललाई कालिम्पोंग्को इतिहासको स्वर्णिम काल मानिन सकिन्छ। भनौ नै भने कालिम्पोंग एउटा वर्ल्ड ट्रेड -सेंटरको अवधारणाको भारतवर्षमा एक मुख्य स्थान ओगटेको थियो ।
, कालिम्पॉङ्ग चन्द्रलोक गाँव स्थित १९४०को दशकमा एउटा भव्य आलिसान भवन जसलाई कृष्ण लोक भनेर चिनिने गर्थ्यो। १९५० देखि १९५७ सम्म ग्रीस अनि डेनमार्क देशको राजकुमार प्रिंस पिटर अनि उनको पत्नी राजकुमारी आइरिनको भव्य आलिसान भवन थियो। प्रिंस पिटर एक मध्य एसिया अन्वेषण सेकेण्ड डेनिस दलको सदस्य थिए उनी विशेषत: एक मानव विज्ञान शास्त्री थिए जो तिब्बतीहरुको मानव संरचनामा शोध गर्ने अभिप्रायमा कालिम्पोगलाई बिशेष ट्रान्जिट पोइन्ट बनाएको थियो। उनी तिब्बत जान चहान्थे तर उसलाई चाइना पिपल लिबरेसन आर्मी सरकारले तिब्बत प्रवेशमा रोक लगाएको थियो। प्रिन्स पिटर विशेषत: चाइना तिब्बत प्रश्न बारे चासो राख्थे। कालिम्पॉनबाट चीन सिमान्त क्षेत्रमा गइ त्यहाँको भौगोलिक भूभागको संरचना अनि तस्बिरहरु खिंच्ने गर्थे। तिब्बती विस्थापित युवाहरुलाई उत्साएर तिब्बतको स्वतन्त्रको सस्त्र आन्दोलन जीवन्त राख्ने योजना कालिम्पॉङ्ग्बाट नै तिनताक हुने गर्थ्यो जसमा प्रिन्स पीटको भूमिका सन्देहको धेरामा रहेको चाइना डेली अखबारमा प्रकाशित आलेखहरुद्वारा हुन् गएको थियो। कालिम्पोंगमा प्रिंस पिटरको उपस्थिति कालिम्पॉङ्गमा तिनताक पिपल लिवरेसन आर्मी चिफ तथा पिपल्स रिप्बलिक चाइनाको अध्यक्ष चौऊ एन्लाई बिरोधमा थिए अनि प्रिन्स पितार्लाई कलिम्पोंगबाट निष्काशनको निम्ति भारतवर्षको विदेश मामलाको सम्बन्धित विभागमा चाप दिएको थियो। त्यसैको फलस्वरुप प्रिन्स पिटरलाई ७ दिनको तत्कालिन आदेशमा देशबाट निष्कासित गरिएको थियो। चन्द्र लोकस्थित प्रिन्स पिटरको आलिसान भवन पछि सरकारले हमी अधिग्रहण कानुन बमोजिम सरकारी सम्पति धोषणा पश्चात बुनियादी पाठशाला प्रशिक्षण सस्थानको तालिम केन्द्रको पयोगमा ल्याएको थियो। दुर्भाग्यको कुरो उक्त भव्य कृष्ण लोक आवासन तथा कालिम्पॉङ्ग बुनियादी ट्रेनिंग कलेज भवन ७६ को गोर्खाल्याण्ड आन्दोलनकारीहरुको मुर्ख्याई र मुर्ख आन्दोलनकारी असामाजिक तत्वहरुको कारण आगोमा भेट चढेको थियो अनि त्यस भवन परिसरमा महात्मा गान्धीको ढाढी मार्चको स्मृतिमा महात्मा गान्धीको कालो संगमरको प्रतिमालाई पनि क्षतिग्रस्त पुराएको थियो। आजसम्म सरकारद्वारा त्यो क्षतिग्रस्त कालेबुड़को धरोहरलाई जिर्णोद्धार गर्न सकेको छैन। यदि त्यस भग्नावशेष परिसरमा भएको महात्मा गान्धीजी प्रतिमालाई मरमति गरेर कालिम्पोंग शहरको विशिष्ट स्थानमा पूर्ण: स्थापना हुन सके सुनमा सुगन्ध थपिने थियो।"नाउरि मारी पछितो" सिवाई गोर्खाले अरु के पाएका छ्न ? गोर्खाहरु बाँदर प्रवृतिको भएर होला आफ्नो घर पनि बनाउदैन अरुलाई पनि घर बनाउन दिदैन्।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें