रविवार, 22 जनवरी 2023

संझना विर्सना सललल























   संझना विर्सना सललल   जीवन डायरी   

    कुलैनबारी मंग्पू रेसेप धुराको नव-युवक सँधको सस्थापक सदस्यहरुमा मेरो दाज्यु स्व गर्जमान गुरुड़ , स्व भरत गुरुड़ ,  भक्त गुरुड़ , जगदीश शर्मा, टंक शर्मा , स्व डम्बर सिंग लोहार, कान्छा बाजे, ए बि सी (अम्बर बहादुर छेत्री), अम्बर गुरुड़ , नरेन गुरुड़ , सामुयल भुटिया दाज्यु, ड्राईबर प्रधान (गुण्डा) काका , रण धोज छेत्री दाज्यु , कुमार बम्जमहरु थिए।  तिनताक नाटकको मध्यान्तरमा जोकरले रंगचगी पोशाक लगाएर मन्चमा हसाउने गर्थ्यो। समय समयमा पुरुष कलाकारहरु  महिला भेषभुसा पहनिएर नृत्य प्रस्तुत गर्थे त्यस समयमा मेरो साइला दाज्यु भरत सिंग गुरुँग  र बगाले अन्तरे दाज्युको नृत्य दर्शकहरुले बडो चाखले हेरेर मनोरंजन लिन्थे।  कालान्तरमा ६० को दशकतिर नाट्य टोलीको सहल्ला    र परिवारको अनुमति लिई मेरी दिदी  शिव कुमारी गुरुड र उनकी सहपाठी राधिका  प्रधान दिदीलाई नव युवक सँधको नाट्य टोलीमा नर्तकीको रुपमा भूमिका पालन गराएर रेसेप घुरा ग्रामीण पृष्ठभूमिमा एउटा सामाजिक अनि सांस्कृति क्रान्तिको शंखनाद गरेको थियो।   

      ६८को भीषण पैह्रोले नग्राएर दार्जिलिंग जिल्लाको धेरै स्थानहरुमा ज्यान-मालको ठुलो क्षय-क्षति बेह्रोलु परेको थियो। मंग्पू रेसेप धुराको नव-युवक संध तिनताक सिङ्कोना बगानभित्र एक युवावर्गको एक सामाजिक साथै साँकृतिक कला, संगीत अनि नाट्य विधामा एक अग्रिणी भूमिका अक्षुण राख्ने संथाको रुपमा जिल्लामा नै गणनामा आउने गर्थ्यो । भल-पैह्रो पीडितहरुको सहायताको निम्ति केही अर्थ संग्रह गर्ने मनसायले मेरो गुरुवर स्व० डेभिड हाँग सुव्वाको नाट्य निर्देशनमा "मंगल पाण्डे" नाटक पाठशालाको वार्षिक  विदाई अवधिमा कुलैन  बगानभित्रको विभिन्न स्थानहरु रेसेप लाइवेरी स्कुल, माग्पूर प्राथमिक स्कुल, लाब्दा  प्राथमिक स्कुल, लाब्दा बस्ति  प्राथमिक स्कुल, सुदुंग  प्राथमिक स्कुलतिर सफलापूर्वक मन्चन गरिएको थियो।  तिनताक लाठपंचर कुलैन  बगानको व्यवस्थापक स्व०  शान्ति कुमार प्रधान कालिम्पोंङ्ग निवासी पंच  रत्न प्रधानको दाज्यू  हुनुहुन्थ्यो  विशेष  वहाँकै  निम्तोमा  हाम्रो नाट्य टोलीले  लाठपञ्चर  प्राइमेरी स्कुलको  प्रेक्षागारमा दुई दिन "मंगल पाण्डे" नाटक मंचन गरिएको थियो।  तिनताक ग्रामिण क्षेत्रमा नाटक मंचन गर्दा महिला पात्राहरुद्बारा नृत्य तथा  नाट्य पात्रको भूमिका निर्वाह गर्न गाँव-घरमा सामाजिक तथा नैतिक रुपमा मान्य थिएन ।  त्यस नाटकको महिला मुख्य नायिकाको भूमिका मैले अभिनय  गरेको थिए। पट्रोम्याक्स बत्तिको रोशनी र घोतरेको आवाजमा नाटकको सूचना तथा प्रचार टोल टोलमा गएर  कराएर  गर्ने जमानामा लाठपंचर जस्तो अभेक ठाँऊमा  दुइ दिने नाट्य हाउसफ़ुल मंचन गरेका थियौ। तिनताक लाठपन्चर प्राइमेरी स्कुलको प्रधान्यापक स्वर्गीय आर के गुरुंग माग्पुर सिरे गुरुड़को जेठो छोरा मग्पू क्षेत्रबाट नै भएको कारणले नाटक मंचनको व्यवस्थापन धेरै सहयोग पुर्याएको थियो। उनी  स्वंय एक कलाकार अनि संगीत साधक थिए। स्वर्गीय आर के गुरुंग ४५ धुर्रमा विवाह भोजमा जाँदा खाद्ध विसाक्ताको कारण अचानक निधन भएको थियो।  हुने बिरुवाको चिल्लो पात भने ४ भाइ छोराहरु अनि एउटी छोरी स-साना छोडेर गएको  भाउज्युले कुखुराको माउले चल्लाहरु हुर्काए झैँ समाजको निम्ति केही  दिने नानीहरुलाई साम्यर्थवान  बनाइन। ।  

        "मंगल पाण्डे " नाट्य प्रस्तुतिको  मद्यान्तरमा लाठपंचरको एक लोक प्रिय लोक संगीत गाइने गीत गायक माताबीर राईद्वारा रचित अनि संगीत संयोजनमा  धनेश चरीको गाथा  सारंगीको धुनमा गाइने गीत गाएर दर्शकहरुलाई स्तम्भित बनाएको क्षणलाई आज मेरो जीवनको ६०  वर्ष अधिको त्यो लोक गीतको धुन र सारांश मन-मस्तिष्कमा अमेट छाप भएर बसेको छ।  स्वर्गीय माताबीर राईले गाएको धनेश चरीको लोक गित  ७० को दशकतिर आकाशवाणी केन्द्र खरसाङ्गबाट प्रसारण हुने गर्थ्यो। उनि नै त्यस क्षेत्रबाट आकाशवाणी केन्द्र खरसाङ्गमा   प्रतिनिधित्व गर्ने प्रथम लोक गायक थिए। म मेरो मित्र  तुलसी धिमिरेज्युलाई धनेश चरीको जोवन गाथा विषय  लोक संगीत धुनमा वृतचित्र बनाउने प्रस्तावना केहि वर्ष अधि दिएको थिए तर माताबीर  राईको स्वरमा गाएको लोक गीत  आकाशवाणी केन्द्रको स्काइभ् लाइवेरीमा  उपलब्ध नभएको मेरो प्रिय भाइ कालुसिंग रणपहेलीबाट   थाहा लाग्यो। स्वर्गीय माताबीर  राईद्वारा रचित घनेश चरीको लोक गीत त्यसताक राम्ररी प्रचार प्रसार र मुल्यांकन भएको भए एक नाली लोक संगीत जगतको एक प्रख्यात शिल्पकार हुने थियो। स्वर्गीय माता बिरा राई   सिपीभित्रको मोती झैँ लुकेर बसेको तथा मरुभूमिमा फुलेको सुगन्धित फुला झैँ ओझेलमा पर्नगयो।   त्यसको खोजी र उजागारलाई संसार सामुन्ने कसले पस्कने ? अब  लाठपंचर कुलैनबारी भित्रको सचेत जमातले खोज  पत्र प्रस्तुत गर्न 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

       संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास     पहिलो बैशाख ...