संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास
पहिलो बैशाख नयाँ वर्ष र फूलपाती यात्रा कालेबुड़मा शुरु शुरुमा सबै गोर्खाहरुले तनमनधनले गोर्खा संस्कृति संगरक्षण संस्थाको छत्र छाँयामा भव्य रुपमा मनाउने गर्थ्यौ राजनीतिको "र" को गन्ध पनि पसेको थिएन। संस्कृति बाँचे जाति बाँच्छ उक्ति भन्ने स्रोह्र आनै तिनताकको कालेबुड़े अग्रजहरुले अमल गर्थे तब त गोर्खा संस्कृति संगरक्षण संस्था पहाडमा सम्पूर्ण जात गोष्ठीलाई एकत्रित राख्ने एकाई एकताको प्रतिक हुने गर्थ्यो। कालेबुंग्मा १९८९-९० को दशक अधि यहांको रैथानेहरुले दौरा-सुरुवाल, चौबन्दी ,गुन्युन चोली, दाका टोपी, मजेत्रो, नौ गेडी, कन्ठ, कर्नाफुला, झुम्के बुलाकी, शिरावंदी,, नाकको मुन्द्री, कानको च्याफ्टे सुन , चाँदीको कल्ली, नौ गेडी सुनको हार , मादल, च्याब्रुड , नौमती बाजा, डम्फु , खैछेड़ी ,टुगना, मचुंगा आदि खाँट्टी गोरखे खान पिन, परिधान अनि सम्पति विषय युवा जमात सम्पूर्ण रुपमा अनभिग्य थिए। भुलिन्दै गैसकेको गोर्खे परम्परालाई अछुन्न राख्ने मनोभावले शुरु गरेको महोत्सव अश्व मेघ यात्रा झैं कालान्तरमा दार्जेलिंग, खरसांग मिरिक, शिलगदी भेकको गोर्खे सन्तानहरुले पनि मनाउन प्रारम्भ गरेको इतिहास सांक्षी छ।
दौरा=शुरुवाल र डाकाको गुन्यु चोली कालिम्पोंग्मा एकाध व्यक्तित्वहरुले सदैव वस्त्रधारण गर्नु हुनेमा पारसमणि प्रधान, भाइचन्द प्रधान रुनु लिला सुब्बा हामी देख्ने गर्थौ। भनौ नै भने कालेभेकमा नेपालि दौरा शुरुवाल र चौबंधी चोली सुजिकारहरु मध्ये प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास बाहेक अन्य सुजिकारहरु बिरलै उपलब्ध थिए। १९८८ र १९८९ सालमा जब मेरो सरकारी चाकरीको सिलसिलामा कालेबुंगमा आउने सौभाग्य मिल्यो तब मलाइ पनि एक जोडी दौरा शुरुवाल बन्नुने इच्छा भएको हुनालेले म नोभेलती सिनेमा हल परिसरमा अवस्थित स्व० कवि राजा सुन्दासको संयो झोपदिमा पुगेर एउटा जोडी दौरा=शुरुवाल सिलाउनलाइ गएको थिए। तिनताक वन्हाको उमेर ७०-७५ वर्ष पार गरिसकेको थियो अनि आंखा पनि राम्ररी देख्नु हुन् थियो। स्वर्गीय कवि राज सुन्दासज्युको दौरा शुरुवाल नाप्ने प्राध्योगिक बुछुट्टे थियो। हातको औंलाले नापेर कापी कलममा नलेखी मनन गरेर सिलाउनु हुन्थ्यो तर लुगा सिलाउने मेशीनाले होइन अल्प दृष्टिहीन भेअता पनि आपनो हातबाट सियो घागोको माध्यमद्वारा स्पर्श गरेर नेपाली जातीय पोशाक सिलाउने अदभुत कलाको धनी सुन्दास बाजे हुनुथ्यो।
कुन्दासा बाजेसंगा मेरो सम्पर्क धनिष्ट हुने गर्थ्यो मेरो सरकारी क्वाटरको बान्धिचामा फलेको साग-सब्जिहरु लिएर जाने गर्थे। वहांको कथा सुन्न मेरो मन हमेसा तिर्खाइरहेको हुन्थ्त्यो. ब्रिटिश कालिन भारतमा कालेबुंग्मा धरै संख्यामा गोरा साहेब बस्ने गर्थे ति मध्ये नोरमेन वांग्लिंग साहेब, एक प्रख्यात बास्तुकार औ डाक्टर ग्राह्म्स होम्सको जुवाई हुनुहुन्थ्यो उनको पत्लुना सिलाउअन्दा १० गाजा कपडा लांगे गर्थ्यो अनि उसको उंचाई झन्डै ७ फुट अग्लो हुनु हुन्थ्यो भनी कथा सुनाउने गर्थे. सुन्दास बाजेले बङ्गाल प्रख्यात राजनेतालाई पनि दौरा शुरुवाल सिलाइ दिएको थॆ. स्किक्कीमको राजेनेता नारा बहादुर भण्डारी, प्रयात उच्च न्यालाय्को न्यायाधिश रामकृष्ण शर्मा औ प्रख्यात नेपालि वैषजिक मणि कुमार शर्माहरूले सुन्दास बाजेले हातले सिलाएको दौरा शुरुवाल लगाएको कथा मलाइ सुनाउने गर्थे। सुनिदास बाजेलो धर्मपत्नी गङ्गा माया सुन्दास पनि डाका चोली सिलाउनेमा खप्पिस सुजिकार हुनुहुन्थ्यी। आमरा समाजको एक बन्धु स्वर्गीय कबि राजा सुन्दास जीवनको ८०=८५ वर्ष लुगा सिलाएर नै ७ भै छोरा एंड २ वती छोरीलाई उच्च शिक्षा प्रदान गराई योग्य नागरिक र सरकारी अओहदाना अधिकारीहरु बनाउनुमा कुन पसिना बगाउनु भयो। तर दुर्भाग्य भनौ एउतै छोरा छोरीले सुचिकाराको पेशा अपनाएनन । २००७ को बिमल गुरुंग नेत्र्त्वमा चलेको गोर्खाल्यान्डको दोश्र्सो क्रान्तिको शंख्धोशसंगै जातीय पोशाक तथा परिधानमा कुनै हालतमा लगाउनु पर्ने फरमानमा हाम्रा दमाइ समाजको सुचिकारको अभावमा मदेशाबाता आएको मुसलमान कलिफाहरुले सिलाएको दौरा शुरुवार र चौबंधी चोली लगाएर जय गोर्खा जय गोर्खाल्याण्ड अनि टिस्टा रंगिता सुक्द्दैन कोर्खा कहिले झुक्दैन भनि नारा जुलुससंगे हाम्रो समाजमा हरेको दर्जिर सुच्कारह्रु अब दन्ते कथाको पात्रामा हराइसकेको म आज महसुस गर्छु। र यो वर्षको १००८ मादलको धुनमा गुञ्जिएको पहिलो वैशाखको शोभा यात्रामा नेपालबाट निर्यातिती महिला नौ मति वाद्यवादक महिलाहरुलाई गोर्खे सलामशितर स्व कविराज सुन्दास बाजेको आत्माले आजको गोर्केहरुमा दौरा शुरुवार र चौबन्दीमा सजिएको पात्राहरुमा कहिँ कतै मैले सिलाएको पात्र त छैन् भनि खोजि रहेको अनुभूति गर्छु। आज सुन्दास बजेको हात बनाएको २ जोडी दौरा शुरुवाल म मेरो वार्द्रोभामा सुरक्षित राखेको छु।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें