शुक्रवार, 13 जनवरी 2023

Heritage building of Kalimpong


संझना बिर्सना सललल  :कालिम्पॉङ्गको इतिहासमा ओझेल परेको पाटा 
        कालिम्पॉङ्गको पुरानो इतिहास विषय  सायद वर्तमान पिडी अनभिज्ञ होलान् तर कुनै समय कालिम्पॉङ्गलाई जासुसहरुको गुंड भनेर भारतीय संसदको चर्चामा उठेको विषयलाई नकार्न सकिन्न। ब्रिटिशकालीन भारतवर्षमा कालेबुङ्ग एउटा लधु मेट्रोपोलिटन शहर भनेर चिनिने गर्थ्यो। यहाँ देश-विदेशबाट राजशाही परिवारहरु, शोधविद्हरु, दार्शनिकहरु , कवि, लेखकहरु र जासुसहरू  आएर बसोबास गरेका धरोहर भवनहरु आजसम्म यथावत छन।  
         तिनताक कालिम्पोंङ्ग नगरपालिका जमीन बर्गीकरंमा डी आइ  फण्ड एरिया, गार्डन लिज एरिया अनि डेभेलमेन्ट एरिया  भनेर वर्गीकरण गरेका थिए अंग्रेज भाइस राइस गर्वनर जेनलर अफ् इन्डियाको आदेश बमोजिम।  :कालिम्पोंङ्ग  अनि दार्जिलिंग महकुमा क्षेत्रमा जो भारतवर्षको  अन्य कुनै प्रदेशमा नभएको जमिनको कानुन आजसम्म विद्यमान छ। भारतीय स्वतन्त्रता संग्रामको  चिंगारीको बौद्धिक अनि राजनैतिक सचेतना जगाउनुमा  बंगालको बंगाली शिक्षित समाजको ठुलो  भूमिका रहेको सत्य हो।    यसैकारण बंगालको वैचारिक क्रान्तिलाई  जरासंगै  मार्ने  षड्यन्त्र १६  अक्बुबर १९०६ मा लार्ड कार्जन भाइस रोयद्वारा  बंगाललाई   पश्चिम बङ्गाल अनि पूर्व बङ्गाल दुई प्रान्तमा विभक्त गरेको आदेश सरकारी राजपत्रमा प्रकाशित भएको थियो। गवर्मेंट अफ् इन्डिया  (एक्सक्लुडेट एण्ड पार्स्याली एक्सक्लुडेट एरिया) अर्डर   १६६ , दिनांक  ०३/०३/१९३६ बमोजिम दार्जिलिंग जिल्लालाई  एक्सक्लुडेट एरियाको श्रेणीमा गाभेको थियो। 

        कालिम्पोंङ्गको डेभेलमेन्ट एरियामा पुरानो समयमा वाहिरबाट आएर बसोबास गर्ने धनाहुक्शुड्य मानिसहरुको आवसीय बांग्लोहरु  मध्ये सुर्य सदन (वार्निंग साहेबको बांग्लो हालमा कालिम्पोंग मिलित्ट्रेरी स्ट्राइकिंग  अफिसर ईंस्तित्यूट  ) चन्द्रलोक बांग्लो (वर्तमान  एस  आइ बी कार्यालय) मोर्गेंन हाउस, तासिडिंग बांग्लो (हाल पश्चिम बंगाल पर्यटन विभागको  टुरिस्ट रिर्सोट ) रिंगपिंग हाउस ( कुनै समय ब्रिटिश भारत शासन कालमा कलकत्ताको मतला बकस कम्पनीको ग्रिश्मकालिना स्तिथि गृह वर्तमानमा बर्तमान बौद्ध भिक्षुको बास गृह ) , विजय लोक , हाउस डांडा चंद्रलोकस्थित रामकृष्ण आश्रम [पश्चिम बंगाला युवा क्रीडा विभागको युथ होस्टेल  औ हालमा ममता सरकारको  प्राथमिक पाठशाला विभागको जिल्ला अध्यक्ष  कार्यालय)   , मधुबनस्थित कालेबुंगको व्यापारीको निजि  मधुबन नर्सरी, स्युमिंग पुल र विश्रामालय कालिम्पॉङ्ग शहरलाई चार चाँद लगाउने भव्य आवासहरु थिए।  मधुबनको समिपमा बि०  जेम्स साहेबको कटेज जहाँ  दोस्रो कक्षासम्म अंग्रेजी माध्यमको एउटा विधालय पनि हुने गर्थ्योर अहिले  बोद्ध भिक्षु   लामाहरुको गुफा बस्ने रिट्रिट  सेन्टर भएको छ ) .     देश-विदेशहरहरुबाट आएका खोजकर्ता, शोधविद अनि पश्चिमी  देशहरु अमेरिका अनि युरोपीय देशको साम्राज्यवादी अनि उपनिवेश विस्तारको उद्धेश्यले आएका राजनायिक प्रतिनिधिहरुको आँखडा भनी  कालिम्पोंगलाई चिनिने गर्थ्यो। इन्डो-तिब्बत वाणिज्य केन्द्र स्थापन काललाई कालिम्पोंग्को इतिहासको स्वर्णिम काल मानिन सकिन्छ। भनौ नै भने कालिम्पोंग एउटा वर्ल्ड ट्रेड -सेंटरको अवधारणा बिकसित   भारतवर्षमा एक मुख्य वाणिज्य केन्द्र भई सकेको थियो ५०को दशकतिर। 
        कालिम्पॉङ्ग चन्द्रलोक गाँव स्थित १९४०को दशकमा एउटा भव्य आलिसान भवन जसलाई कृष्ण लोक भनेर चिनिने गर्थ्यो। १९५० देखि १९५७ सम्म ग्रीस  अनि डेनमार्क देशको राजकुमार प्रिंस पिटर अनि उनको पत्नी राजकुमारी आइरिनको भव्य आलिसान भवन थियो। प्रिंस पिटर एक मध्य एसिया  अन्वेषण सेकेण्ड डेनिस दलको सदस्य थिए उनी   विशेषत: एक मानव विज्ञान शास्त्री थिए जो तिब्बतीहरुको मानव संरचनामा शोध गर्ने अभिप्रायमा कालिम्पोगलाई  बिशेष ट्रान्जिट पोइन्ट बनाएको थियो।  उनी तिब्बत जान चहान्थे तर उसलाई चाइना पिपल लिबरेसन आर्मी  सरकारले तिब्बत प्रवेशमा रोक लगाएको थियो। प्रिन्स पिटर विशेषत: चाइना तिब्बत प्रश्न बारे चासो राख्थे। कालिम्पॉनबाट चीन  सिमान्त क्षेत्रमा गइ त्यहाँको  भौगोलिक  भूभागको संरचना अनि तस्बिरहरु खिंच्ने   गर्थे।  तिब्बती विस्थापित युवाहरुलाई उत्साएर तिब्बतको    स्वतन्त्रको सस्त्र आन्दोलन जीवन्त राख्ने योजना कालिम्पॉङ्ग्बाट    नै तिनताक हुने गर्थ्यो  जसमा प्रिन्स पीटरको  भूमिका सन्देहको धेरामा रहेको   चाइना  डेली अखबारमा  प्रकाशित  आलेखहरुद्वारा  हुन् गएको थियो।  कालिम्पोंगमा प्रिंस पिटरको उपस्थिति कालिम्पॉङ्गमा  तिनताक पिपल लिवरेसन आर्मी चिफ तथा पिपल्स रिप्बलिक  चाइनाको अध्यक्ष चौऊ एन्लाई बिरोधमा थिए अनि प्रिन्स पिटरलाई  कालिम्पोंगबाट निष्काशनको  निम्ति   भारतवर्षको विदेश मामलाको सम्बन्धित विभागमा चाप दिएको थियो।  त्यसैको फलस्वरुप प्रिन्स पिटरलाई ७ दिनको तत्कालिन आदेशमा देशबाट निष्कासित गरिएको थियो। चन्द्र लोकस्थित प्रिन्स पिटरको आलिसान भवन पछि सरकारले  भुमी  अधिग्रहण कानुन बमोजिम सरकारी सम्पति धोषणा पश्चात बुनियादी पाठशाला  प्रशिक्षण सस्थानको तालिम  केन्द्रको प्रयोगमा ल्याएको थियो।  दुर्भाग्यको कुरो उक्त भव्य कृष्ण लोक  आवासन तथा कालिम्पॉङ्ग बुनियादी ट्रेनिंग कलेज जनता कलेज भवन ७६ को गोर्खाल्याण्ड आन्दोलनकारीहरुको मुर्ख र मुढे  आन्दोलनकारी असामाजिक तत्वहरुको कारण  आगोमा भेट चढेको थियो  अनि त्यस भवन परिसरमा महात्मा गान्धीको ढाढी मार्चको स्मृतिमा महात्मा गान्धीको कालो संगमरको प्रतिमालाई   पनि  क्षतिग्रस्त पुराएको थियो। आजसम्म सरकारद्वारा त्यो क्षतिग्रस्त कालेबुड़को धरोहरलाई जिर्णोद्धार गर्न सकेको छैन। यदि त्यस भग्नावशेष परिसरमा भएको महात्मा गान्धीजी  प्रतिमालाई मरमति गरेर  कालिम्पोंग शहरको विशिष्ट स्थानमा पूर्ण: स्थापना हुन सके सुनमा सुगन्ध थपिने थियो।"नाउरी  मारी पछितो" सिवाई गोर्खाले अरु के पाएका छ्न ?   गोर्खाहरु बाँदर प्रवृतिको भएर होला आफ्नो घर पनि बनाउदैन अरुलाई पनि घर बनाउन दिदैन्। 


    

              जनता कलेज कलिम्पोंगको अविस्मरणीय शिकक्ष शिशिकक्षिका प्रशिक्षार्थीहरु 



 

                प्राध्यापक ठकुरी सर र प्रशिक्षार्थिबर्ग्सिता तस्बीर 




        

                             सुबास  धिसींगको गोर्खाल्याण्ड आन्दोलनले क्षतिग्रस्त प्रिन्स पितार्को आवासन (कृष्ण शदन) तथा जनता कलेजको भग्नावेशेष 







शनिवार, 31 दिसंबर 2022

        वर्ष २०२२ को विदाईको अन्तिम दिवस ईश्वरलाई धन्यवाद कोभिड  २०१९ को काल-खण्डले संसारलाई नै स्तब्ध्य बनाएर  जीवन जिउने नँया पद्दतिमा पुन: बामे सर्न परिस्थिति काल मुताबिक आफूलाई ढाल्न वाध्य भएको वेला प्रकृतिले ठुलो पाठ सिकाएको छ हामी  मानवलाई " अक्सिजन"  प्राण वायु प्रकृतिले बम्ह्राण्डमा सित्तैमा प्रदान गरेको समय अक्सिजनको अभावमा संसारै त्रसित बनेको थियो।  प्राण वायुको अभावमा संसारबाट लाखौको संख्यामा अमुल्य प्राणको क्षय-क्षति हुन पुगेको छ।  पर्यावरण परिवेशलाई आधुनिक सभ्यताले ध्वंश   वनाएको बेलामा बन-जंगल संगरक्षण र परिवेश परिमार्जन भावी सन्ततीको निम्ति  आजै देखि केही  गर्ने संकल्प (Resolution) २०२२को अन्तिम दिनमा हामी सबैले लिऔ। 

                                                            स्बच्छ्ताको शपथ 

        महात्मा गान्धीले जुन भारतको सपना देखेको थियो जसमा केवलराजनैतिक स्वतन्त्रा मात्र थिएन तर एउटा स्वच्छ औ विकशित देशको कल्पना पनि थियो। 

        गान्धीले केवल परतन्त्रको  सांग्लोलाई तोडेर  भारत मातालाई  आजाद बनाएको थियो।  

        अब हाम्रो पनि कर्तव्य हुन्छ मैला-फोहोरलाई हटाएर भारत माताको सेवा गर्नु पर्ने। म शपथ लिन्छु कि आफैलाई पनि स्वछ्ताप्रति  सचेत बनी  त्यसको निम्ति समय दिने। 

        म न फोहोर मैला गर्नेछु अनि  कसैलाई मैला-कुंचेला फाल्न दिनेछु। 

        सर्वप्रथम म स्वंय, मेरो परिवारद्वारा मेरो इलाका, गाँव-घर अनि मेरो कार्यालय परिसर संधै स्वच्छ राख्नेछु। 

        यस बिचारलाई आत्मसात गरि म गाँव घर, गल्ली गल्लि स्वछ  भारत मिशनको प्रसार प्रचार गर्नेछु।  

         मलाई थाहा छ कि संसारमा जुनै पनि देश स्वच्छ देख्दछ त्यसको कारण हि त्यस देशको हरेक नागरिक स्वच्छताको निम्ति मन वचन कर्मबाट कृत-संकल्पित हुन्छन। 

        यस   विचारलाई आत्मसात गरी म आफ्नो गाँव-घर, गल्ली  मोहल्लामा स्वच्छ  भारत मिशनको प्रचार गर्नेछु। 

        यसैले  आउनु  हवस हामी  सवै मिलेर भावी संन्तितिको निम्ति एउटा स्वच्छ  भारत निर्माण गरी  गरीबी - विमारीवाट  उन्मुक्त औ समृद्ध देश बनाउनलाई  सहयोगी औ सह-यात्री बनौ । 


गुरुवार, 22 दिसंबर 2022

Heritage bunglows pf Kalimpong





सम्झना बिर्सना सलललल   : कालेबुडको इतिहासले भुलिन्दै गरेको पाताहरु   

 Colonial Bungalows built by British wool traders during the "Raj" period, located on Ringkingping  and Hill Top Roads. These include Surya Sadan, Crockety, Galingka, Morgan House, Tashiding, Ringking Farm (Metal Box Company of Calcutta during British era). Of these, Morgan House and Tashiding, now Government Tourist Lodges, can be peeped at from  outside the gate as these most important tourist spots are restricted to enter by the outside tourists except its in houseguests.. I interacted with so many visiting tourists and resented to the government of West Bengal tourist authority why such beautiful tourists' atraction is debarred to entry to take a photogrph and to have a cup of coffee there. It should be opended for all so as to take a sweet memory of this haunted house, Morgan House.            

                                Galingka (often spelled Galinka) is a historic, British-era bungalow located on Hilltop Road in Kalimpong, West Bengal. Built in the 18th century by wool traders, it is renowned for its delicate colonial architecture and acts as a scenic, serene viewpoint for the majestic Kanchenjunga range

                    Crookety House located in Kalimpong, West Bengal is a historical landmark known for its artecture. It gained prominance as the residence of Helena Roeich, the goddess of Agni Yoga as regards y her Russian folowers, the wife of renowned Russian painter, Nicholas Roerich, the master of mountain and is closely associated with the Roerich family's legacy. The house is set amidst well maintaned gardens offering the selected visitors a chance to explore its historical inteiors and learn about the Roerich's contribution to art and culture, Nicholas Roerich doctrin was a banner of peach who advocated that the world is exited on the banner of peace viz. art, culture and music. The room ad\re adored with memorabilas photographs and artifacts is related to the Roerich family. Coorkety House  serves as mesuim and culture cntre preseving the legacy of the Roerich family and their influence in the region. Now the Coorkety House is maintained and run by an Italian NGO and contuct the medidation or retreat to the visiting foreigners as a result of which the Indian visitors hardly get access the property.


H 
  
Surya Sadan of Kalimpong
    Surya Sadan now owned by Kalimpong Military Station, the prohibited place for public was once owned by one legged Britister Norman Wangling, the son-in-law of Dr. Grahams Homes  where he built Sun-dailed plateform in his bunglow complex through which he used to gauge the exact timing of the day seeing the shadow of the golden mast errected there. Later the bunglow name become Surya Sadan from Surya Sadhan (Sundail plateform).. Mr Norman Wagling was an architect and built some beautiful english and scotist cottages at Kalimpong Development area for the residendence of britishers and other royal families of Bhutan and Sikkim.





बुधवार, 7 दिसंबर 2022

Heritage bunglow of Kalimpong



 कालिम्पॉङ्गको इतिहासमा ओझेल परेको पाटा 

      Once Kalimpong as a undescript yet  idylic mountain town its enchanting with panoramic landscape,  richness of heritge, diversity of art, culture and music and florishing past Indo-Tibet trade history awaited all its visitors and tourists with open hearts.Arguably Kalimpong did appears to travellers, colonialists and adventurers as a transit space in its early history, The part of Kalimpong which was  as regarded as being social elite and which included members of Bhutanes and Sikkimese ruling families, Tibetan atristrocats, Indian government officers as well as sprinkling Eurpoans and Americian research scholars, explorers and journalists made it a cosmoplitan little town. K alimpong has now some beautiful heritage bunglow or buildig where 13th Dalai Lama had found asylum here. So had relatives of the deposed King Theebaw of Burma stayed at Kumai Cottage of Upper Chiboo busty, the elderly charming Afghan princesses who had fled Kabul with King Amanullah housed near Madhuban, Kalimpog. Prince Peter of Greece and Denmark and his wife Princess Irene lived at Gobinda sadan (later gutted down Janta College Building by Gorkhaland agitators in 1986), a negleted villa named Gauripur House was pointed out as having once been Kabigurudev Rqindra Nath Tagor's home, another villa "Crookety" had lived Nicolas Roerich, the master of mountian, his wife Helena Roerich, the goddess of Agni Yoga, writer and thinker and their Russiannpainter Svetoslav Roerich and his Bengali actress wife Devika Rani. The royal family of erstwhile Dinajpur kingdom aslo had Dinajpur house (nowSterling (Park) heritage resort and spa) their summar holidays resort. 

    The royal family of Kanpur had its grandeur summar residential bunglow "Kanpur house (now National Jute Manufactur guest house). When I visited Kanpur house three decade ago, it was well kept and having stable nearby its complex for horses and elephants living purposes as there was no any mode of trasportation except horse, elephant and bullock cart ride in the olden days in the hill of Kalimpong. During my morning walk I happened to visit "Kanpur House" on 3rd Ded 2022 what I saw tht one notice board writing National Jute Manufacture is hanged in front varanda of Kanpur house and bricatted by bamboo fence is in deplorable condition. Kanpur House situated nearby Gauripur House, Kalimpong Polytechnic college and Dinajpur House is one of the heritage building where from beauiful landscape of Kalimpong and Dello Hilland Majestic Kanchanjunga Himalaya range and Shivajee big statue of Char Dham Namchi are seen which can be enlisted in the tourism map of Kalimpong District.






शुक्रवार, 2 दिसंबर 2022

Unexplored paneromic landscape of Kalimpong .




कालिम्पॉङ्ग शहरदेखि केही टाँडामा स्थित अप्पर छिबो बस्ती, कालिम्पॉङ्ग सैनिक छावनीको पल्लो पाखा टिस्टा नदीको माथिल्लो पट्टिको रिंगपिंगपोंग बन क्षेत्र चट्टाने चट्टानले बनेको भूभाग अप्पर छिबो बस्ति, कालिम्पॉङ्ग  खासमहल  छेवबाट सुरु भएर पुंजे डाँडा सुसाइड पोइंट भिर, अप्पर सालिम्बॉङ्ग बोम खासमहल मौजामा सम्ममा आएर  टुगिन्छ।  यस क्षेत्रबाट नयनाभिराम प्राकृतिक भागौलिक सुन्दरताको अनुभूति मेरो होमस्टेमा आउने पर्यटकहरुले लिएर जाने गर्छन।  तर आजपर्यन्त त्यस क्षेत्रलाई कालिम्पोङ्गको पर्यटकीय मान चित्रमा समावेश नगरिनु पर्यटकीय व्यवसायसंग सम्बन्धित एकाइहरुको एउटा भुल भएको छ।  पश्चिम सुख्खिम अवस्थित तारे भीर  भ्यु पोइन्ट भन्दा सय गुणा राम्रो बनिन सक्ने रक्की क्लिफ़ ट्रेकिंग रुट बनाएर जिप लाइन, माउन्तेन बाइकिङ्ग  अनि रक क्लामिंग  साहसिक पर्यटनलाई कालिम्पोंगमा  भित्राउन सक्ने प्रसस्त सम्भावना बोकेको हाम्रो क्षेत्रलाई कहिले बनाउने ?  यँहाको राजनैतिक नेतृत्वहरु चाममा, हाममा, बातमा र आफ्नो दुना सकाएर घोंडा व्यापारको दल दलमा फसेका छ्न।  यस्ताहरूबाट के आशा साँच्ने ?















































 

making hexagonal deck with thatched roof desire Rodhighar Cafe deck at ...

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...