शुक्रवार, 2 दिसंबर 2022

Unexplored paneromic landscape of Kalimpong .




कालिम्पॉङ्ग शहरदेखि केही टाँडामा स्थित अप्पर छिबो बस्ती, कालिम्पॉङ्ग सैनिक छावनीको पल्लो पाखा टिस्टा नदीको माथिल्लो पट्टिको रिंगपिंगपोंग बन क्षेत्र चट्टाने चट्टानले बनेको भूभाग अप्पर छिबो बस्ति, कालिम्पॉङ्ग  खासमहल  छेवबाट सुरु भएर पुंजे डाँडा सुसाइड पोइंट भिर, अप्पर सालिम्बॉङ्ग बोम खासमहल मौजामा सम्ममा आएर  टुगिन्छ।  यस क्षेत्रबाट नयनाभिराम प्राकृतिक भागौलिक सुन्दरताको अनुभूति मेरो होमस्टेमा आउने पर्यटकहरुले लिएर जाने गर्छन।  तर आजपर्यन्त त्यस क्षेत्रलाई कालिम्पोङ्गको पर्यटकीय मान चित्रमा समावेश नगरिनु पर्यटकीय व्यवसायसंग सम्बन्धित एकाइहरुको एउटा भुल भएको छ।  पश्चिम सुख्खिम अवस्थित तारे भीर  भ्यु पोइन्ट भन्दा सय गुणा राम्रो बनिन सक्ने रक्की क्लिफ़ ट्रेकिंग रुट बनाएर जिप लाइन, माउन्तेन बाइकिङ्ग  अनि रक क्लामिंग  साहसिक पर्यटनलाई कालिम्पोंगमा  भित्राउन सक्ने प्रसस्त सम्भावना बोकेको हाम्रो क्षेत्रलाई कहिले बनाउने ?  यँहाको राजनैतिक नेतृत्वहरु चाममा, हाममा, बातमा र आफ्नो दुना सकाएर घोंडा व्यापारको दल दलमा फसेका छ्न।  यस्ताहरूबाट के आशा साँच्ने ?















































 

making hexagonal deck with thatched roof desire Rodhighar Cafe deck at ...

बुधवार, 30 नवंबर 2022

The first light of the day hits the top of Kanchenjunga


           नोभेम्बर महिनाको कठ्याग्रिने जाँड़ो याममा  भालेको डाकमा ओछ्यान छाडेर क्यामरा लिई कालिम्पॉङ्ग दुर्विन डाँडामा म कंचनजंधाको टाकुरामा सुर्यको प्रथम चुम्बनको लालिमा लोचनलाभ गर्न आज विहान पुग्छु कालिम्पॉङ्ग   मस्त निन्द्रामा सुतिरहेको हुन्छ।  मेरो क्यामरामा कैद गरेको क्षणहरु स्मृति सजाएको छु हजुरहरुको निमि शुभ प्रभात अभिवादनसहित 






















 

शुक्रवार, 25 नवंबर 2022

heritage building of Kalimpong

 








कलिमपोंग शहरस्थित प्राथमिक शिक्षक प्रशिक्षण संस्थानको प्रशासनिक भवन एक धरोहर तथा इतिहासलाई समेटेर राखेको ब्रिटिश शासनकालीन ४ नम्बर होटल जसलाई स्टोन  कटेज नामल चिनिने गर्थ्यो  एक आइरिस लेडीव्दारा सचालित हने गर्थ्यो भन्ने पुराना व्यक्तिहरुको मुखबाट सुन्ने गर्थे  ।  यस भवनको छेवैमा पुरानो ब्यारेकहरूमा ब्रिटिश फौजको दुई कम्पनी टुर्की बस्ने गर्थे। ब्रिटिश सिपाहीहरुको निम्ति स्नान क्रीडाको निम्ति छेवैको को जंगलमा एउटा स्विमिंग पोखरी पनि निर्माण गरेको थियो।  आजको कालेबुंगे युवा  पिडी अनविज्ञ छ आफ्नै ठाउँको पुरानो इतिहाससँग 


















मंगलवार, 22 नवंबर 2022

Every litter hurts mother earth

     कालिम्पॉङ्ग शहरस्थित एक प्रतिष्ठित शिक्षण संस्थान प्राथमिक शिक्षण प्रशिक्षण कलेजको खेल मैदानमा बिगत दुई वर्षदेखि दिपावाली मेला महिनाव्यापी स्थानीय युवाहरुको  सौजन्यमा  आयोजन गर्दै आई रहेको छ।  यस वर्ष जिल्ला पुलिस प्रशासनको प्रतिवन्ध  कारण हौसी तम्बोला खेल र डाइस जस्तो जुंवा नभएको कारण दिपावाली मेलाले भीड जुटाउन नसकेको र माइकको कर्कश स्वरबाट स्थानीय गाउंका  स्कुले नानीहरुले वार्षिक परीक्षाको मुखमा अध्ययन गर्ने समयमा  शान्ति महसुस गरेका थिए। हो स्थानिय मानिसहरुको मनोरान्जन्को निम्ति मेलाहरु आयोजन हुनु पर्छ तर समयकाल र आयोजन स्थलको चयन अनि प्रशासनिक एकाईव्दारा अनुमोदन सठीक जाँच हुन जरुरी छ। 









    एक महिनायापी मेला समाप्त पछि यस कलमकार कालेबुड़स्थित हेरिटेज भवनहरुको तस्वीर उर्तान आज विहान म उहिलेको कृष्ण सदन तथा जनता कलेज भवनको भग्नावेश भवन कुनै समयमा ग्रिस -बेलजियम देशको  आधिकारिक युवाधिराज  प्रिंस पिटरको भव्य बासस्थान हुने गर्थ्यो त्यस स्थानमा अथवा बीटी कलेज खेल मैदानमा पुगेको थिए।  मेला पश्चात जताततै मैला र प्लास्टिक फालेर फोहोर अवस्थामा छाँडेको अवस्था देख्दा स्वच्छ भारत अभियानको हत्या भएको मैले महसुस गरे।  "Every litter hurts mother earth " यस्तो अवस्थामा खेल मैदानलाई फोहोर छादिराख्नु कसको उत्तरदायित्व आयोजक कमिटिको वा अनुमति दिने प्रशासनिक एकाईको ???

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...