सोमवार, 30 मई 2022

प्रार्थना गर्ने ओंठ भन्दा सेवा गर्ने हातहरुलाई पुंज्ने संस्कार शुरु गरौ

          


        भारतीय राजनीतिमा गोर्खालाई राजनैतिक सचेतनाको  पूल्ठो जलाएर दोह्र्याउने  बारिष्टर डम्बर सिंग गुरुड़ , भारतीय संविधान रचनामा मस्तिष्क खर्च गर्ने बारिष्टर आदि बहादुर गुरुड़ , स्वतन्त्र मञ्च बुलेटिनका अग्रणी पक्तिकार जज राम कृष्ण शर्मा, नेपाली साहित्यलाई मलजल थपेर समृद्ध बनाउने पारास  मणि प्रधान,  बलिहुड जगतमा छाँयाकन सम्पादनमा राष्ट्रिय पुरस्कारले सम्मानित अनि नेपाली सिने4मालाई पराकाष्ठमा पुराउने सिन्देबॉङ्ग  बस्तीको छोरा  तुलसी धिमेरे, ओम स्टेस्डियो  कालेबुड़को छोरा क्लिक- III बाट क्यामेरामा औंला चलाउने बलिहुड सिनेमामा छांयाकनमा विशेष आयाम  थप्ने विनोद प्रधान।  कालेबुड़ एक श्वासत क्रियाशील अनि गोर्खा समाजलाई पथ प्रदर्शक भूमिका पालन गर्ने स्वाभिमानको धनी कालेबुड़ निवर्तमान युवा शिक्षित जमात एनजीओ च्याउसरी जन्माउनमा हतारिएको देखिन्छ तर  मनभित्रबाट निस्वार्थ सेवा भावले कालेबुड़को गरिमालाई चार चाँद थप्ने हिल सोसियल वेलफ़ियर सोसाइटीको नेत्री  शोभा छेत्री गत ३ दशकदेखि नथाकी नहारी   लागिपरेको हामी  देख्छौ पहाडको नारीहरुलाई  सशक्तिकरण गर्नलाई औ वाधय्ता र  प्रलोभनमा फसेर देह व्यापारको बेडाबाट उन्मुक्ति दिलाउने दिशामा। 

        यस घडी समाज सेवामा नंया आयाम थप्ने युवा समाज चिन्तक अनि अग्र सोंची सुभाष मणि सिंहको मणि ट्रष्ट संस्था एक असल दृष्टान्त भएर  गोर्खा समाजमा उत्रेको छ।  मणि ट्रष्टको आठौ वर्ष गाँठ गत २९ मै २०२२ को दिन भव्यताको साथ डा ० महेन्द्र पी  लामा अनि बेम्बो बोर्ड6को चेयरमेनको गरिमामय उपस्थितिमा सफलतापुर्वक सम्पन्न गरेर कालेबुड़लाई पुरानो अग्रजहरुले देखाएको पथमा दोहोर्याउने जमर्को सहारनीय छ। त्यस समारोहको केहि झलकहरु 
















कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

 ग्याल्पो सेर्पा सोनाम लोछार पर्वको शुभोपलक्ष्यमा मंगलमय शुभकामना सपरिवारमा हाम्रो परिवारको  तर्फबाट साथै तपाइँ हाम्रो परिवारको सम्पूर्ण सदस...