विश्व पर्यावरण दिवसको निम्ति समर्थित रचना
मानसर्रोवर होमस्टे स्वच्छ भारत अभियानको एक स्वच्छाग्राही हुनुको नाताले म आफ्नो गाँउ समाजमा सदैव स्वच्छ सफा व्यवस्थित सुन्दर र सुरक्षित वनाउनको निम्ति कृत संकल्पित छु अनि मेरो हर दिनको शुरुवात गाँव पस्ने रामकृष्ण आश्रम पथको सरसफाई मेरो घरको प्रवेश द्वार देखि एसआइबि गोलाईसम्म गर्नेगर्छु। आफ्नो एकल प्रयास लागे रहो मुन्ना भाई झैँ मेरो एकल कामको प्रभावले कुनै एकै जनाको मनमा पनि सकारात्मक सोंच आवोस भन्ने मेरो मनसाय विगत लामो वर्षहरुदेखि स्वच्छताको निम्ति केहि केहि गरु भन्ने मनमा लाग्छ तर नगरबासीको स्वच्छताप्रति हृदय परिवर्तन भएको म देख्दिन। बाटोमा मैले पैसा खर्च गरेर स्वच्छताको शपथ यसरि लेखेर फलामको बोर्डमा लेखेर सम्झाउने कोशिष गरेको छु।
स्वच्छताको
शपथ 8
महात्मा गांधीले जुन भारतको सपना देख्नु भएको थियो जसमा केवल राजनैतिक स्वतंत्रता मात्र थिएन तर एउटा स्वच्छ औ विकसित देशको कल्पना पनि थियो।
महात्मा गान्धीले केवल परतन्त्रको जंजीरलाई तोडेर माँ भारतीलाई आजाद बनाएको थियो।
अब . हाम्रो कर्तव्य हुन्छ कि मैला-फोहोरलाई हटाएर भारत माताको सेवा गर्नु पर्ने। म शपथ लिन्छु कि आफै पनि स्वच्छता प्रति सचेत बनी त्यसको निम्ति समय दिने।
प्रत्येक वर्ष १०० घण्टा अनि प्रत्येक हप्ता २ घण्टा श्रमदान गरेर स्वच्छताको संकल्पलाई सफल बनाउने।
म न फोहोर-मैला गर्नेछु न कसैलाई मैला-कुचैला फाल्न दिनेछु।
सर्वप्रथम म स्वयं, मेरो परिवारद्वारा, मेरो इलाका, गांव-घर, मेरो कार्यालय परिसर सँधै स्वच्छ राख्नेछु।
म मान्दछु कि संसारमा जुनै पनि देश स्वच्छ देख्दछन त्यसको कारण हो त्यस देशको हरेक नागरिक स्वच्छताको निम्ति मन बचन कर्मबाट कृत-संकल्पित हुन्छन।
यस विचारलाई आत्मसात गरी म गांव-घर, गल्ली-गल्ली स्वच्छ भारत मिशनको प्रचार गर्नेछु।
आउनु होस हामी सबै मिलेर भावी संततिको निम्ति एउटा स्वच्छ भारत निर्माण गरी गरीबी-बिमारीबाट उन्मुक्त समृद्ध देश बनाऊनमा सहयोग 9
विश्व जल दिवश संयुक्त राष्ट्र संधद्वारा iहरेक वर्ष २२ मार्चको दिन प्रतिपालन गर्ने गर्दछ यसको मुख्य अवधारणा हो शुद्ध पेयजलको खाँचो वर्तमानलाई सम्पूर्ण विश्वलाई परिरहेको छ। यस दिनको मुख्य नारा नै शुद्ध जलको मुहान तथा संसाधनाहरुको संरक्षण र संर्द्धना गर्नु हो। हामी प्रत्येद दिन शुद्ध जल, स्वच्छता औ आरोग्यता बारे ध्यान दिन्छौ(WASH) जसद्वारा विकासको लक्ष्य प्राप्ति बारे पालन र प्रतिलक्षित हुन सकोस। भन्नु नै हो भने हामी मानव चोला यति भाग्यमानी छौ कि यस सुन्दर धरती माताको कोखमा १००० वर्षको पूर्न : जन्म पश्चात जन्म ग्रहण गरेका छौ तर दुर्भाग्यको कुरो वर्तमान विकासको गतिसंगै मानव जातिले हाम्रो पर्यावरण र परिवेशलाई विभस्यरुपमा क्षति पुराएका छौ। ब्रम्हाण्ड तथा धरतीको उष्णता ,टिभी टावर तथा मोबाइल फोनको अत्याधिक प्रयोगबाट उत्सर्ग हुने विकिरणको दुष्प्रभावले प्रर्यावरण तथा प्रकृतिबाट परागमन गराउने प्रमुख साधक मौरी, पुतली र किट -पतङ्गहरु विलुप्त भएर गएको हामी हाम्रै आँखाले देख्दैछौ। वैज्ञानिकहरु भन्छन् यदि संसारबाट मौरी मासिएर गए एक दिन यो धरतीको अवस्था नै हुंदैन।खाने पानीको मुहान, धारा, सिम्सारहरु दार्जिलिड , कालिम्पोग अनि सिक्किमको पहाडी क्षेत्रहरुमा सुख्दै गई रहेको छ कारक-तत्व वन-जंगल विनाश औ पानीको , सिमसार, धाराको सठिक संगरक्षण र सम्ब्धर्नको कमीले। जलको महत्व परिवारको रहन-सहन , हाम्रो संस्कार संस्कृति , हाम्रो आफ्नै धार्मिक रिति- थिती आफ्नै भलाकुसारी , हाम्रो आफ्नै पर्यावरणसंग निर्भर गर्छ। सवैको निम्ति विभिन्न प्रकारले पानीको फाइदा र आफनै कल्याणको निम्ति पानीको खाँचो र पेय जलको मुहान, सिमसार, धाराहरु तथा उदगम स्थलहरु संरक्षण र सम्वर्धन सठिक रितले सर्व हितार्थको निम्ति हुनु जरुरी छ।
" सेभ द हिल्स " कालिम्पोंग सामाजिक संस्था औ बन विभागको भुमि संगरक्ष्ण प्रभागको प्रयासमा Mountain Initiative, India ICIMOD,NMHS द्वारा प्रदत्त आर्थिक सहायोगको माध्यमबाट कालिम्पॉङ्ग खासमहल मौजाको छिबो पस्योर र कालिम्पॉङ्ग नगरपालिका क्षेत्र चालिसे इलाकाको सुक्दै गएको सिमसार, धारा र पानीको मुहानहरुलाई पुरुनोद्धार होस भन्ने उद्येश्य राखेर Spring Water Revival Initiative को एउटा प्रयोगात्मक योजना मेरो गाँव चन्द्रलोक र हेप्पी भिल्ला १८ नम्बर वार्डमा केही वर्ष अधि शुरु गरेको थियो जँहा जमीनमा वर्खाको पानी बगेर नजावोस भनेर जमीनमा ठाँउमा ठाँउमा खाल्डाहरु खनेर उक्त क्षेत्रमा एउटा बोर्ड लगाएको छ।
तर क्षेत्रवासीको वाध्यताको तथा पर्यावरण विषय अचेतावास्थाको कारणले जति नै मानिसहरुलाई घरको फोहोर मैला फाल्न त्यही अवैध दम्पिंड स्थानमा फाल्ने गर्छन । मानसरोवर होमस्टेको माधय्मवाट जग्गा जग्गामा स्वच्छ भारतको अभियान सन्देश लगाउने प्रयास हुंदा हुंदै भएता पनि मानिसहरु अटेरीपूर्वक क्षेत्रको परिवेश औ पर्यावरण कलुषित बनाएको छ। यो समस्या केवल मेरो इलाकामा मात्र नभएर सम्पूर्ण पहाडी भेकको ज्वलन्त मानव निर्मित समस्या हो।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें