जमदार बहादुर सिंग गुरुड़ (तेलेजा) परिवारको बटबृक्षको जरा
२०२१ शिव रात्रीको पावन पर्वमा बर्मेक शिव धाम, मंसोग कुलैन कमानमा नाती अरुणोदयको दिर्धायु र सुस्वास्थता र परिवारको सुख-शान्तिको निम्ति जल अभिषेक औ अष्ट चिरन्जीवी पवनपुत्र हनुमानजीको चरणमा लड्डु चडाउनु गएको थिए। हाम्रो तेलैजा गुरुड सन्तानमा एउटी साक्षत तीर्थ भई सकेकी ईश्वररुपी बाबुको कान्छी बैनी मंगली गुरुड ठ्याक्कै शताव्दी बर्ष पुगेकी हष्टपुष्ट सुस्वास्थको धनी हुनुहुन्छिन। मेरी फुपुको दृष्टि-शक्ति,श्रवण-शक्ति र वाक्य-शक्ति सय वर्षको उमेरमा पनि सय प्रतिशत सठिक हुनु ईश्वर्कै अनुकम्पा म मान्दछु । उँहालाई दर्शन-आशिषको निम्ति मंसोग कुलैन कमान देखि तल नक्सल कुलैन कमानमा विभागमा गएको थिए। तिनताक सिद्धार्थ बाबु मुख्य मंत्री हुँदा हाम्रा तमु नेलैजा सन्तानबाट पनि बंगाल काग्रेसी सरकारमा भतिजो गजेन्द्र गुरुड़ पार्वत्य विषय राज्य मंत्री भएका थिए। सिङ्कोना कमान विस्तारण मग्पू रेसेप कुलैन बारी विभागलाई रंजुभ्याली बिभाग अनि मंसोग कुलैन विभागलाई छुट्याएर नक्सल कुलैन बारी विभाग गजेन्द्र कै पालामा भएको थियो। मेरो जेठा बाजे भेडीवाल मण्डलका छोराहरू बारिष्टर डम्बरसिंग गुरुड र बारिष्टर अडी बहादुर गुरड भोट बाबुहरू जो भारतीय गोर्खा राजनीतिमा अग्रणी थिए। म चाँहि तेलैजा सन्तानको कान्छा बाजे जमदार बाहदुर सिंग गुरुडको माइलो छोरोको कान्छा नाती ७० वर्षको संधारमा आई पुग्दा पनि परिवारको एक पुस्ताको इतिहास तथा वंशावलीदेखि अनभिज्ञ।
पिताश्री दलमान सिंग गुरुड औ माताश्री कर्ण माया गुरुड
शताव्दी वर्ष उमेरकी धनी फुपू मंगली गुरुडसित खिंचेको तस्वीर
ईश्वरको अपार अनुकम्पा भनौ २०२१ सालको शिब रात्रिको दिन मेरी कान्छी फुपको दर्शन भेटमा परिवारको वंशावलीको डाटा संग्रह गर्ने सौभाग्य जुट्यो। मेरो एउटा वाल्यकालदेखिको उत्कट अभिलाषालाई मेरी सेनच्युरियन कान्छी फुपुको मुखारबृन्दबाट आशिष स्वरुप प्राप्त गर्ने सौभाग्य जुट्यो।हरेक व्यक्तिको फेमिली ट्री तथा वंशावली हुन अत्यावश्क छ नत्र सन्तान विलुप्तिको संधारमा पुग्ने सम्भाव्य हुनेछ । अज्ञानताको कारण आफ्नै हांड तथा नाता-गोत्रभित्र आफ्नै चेली बेटीहरुसित विवाहवारी गर्छन् र सन्तान इनब्रिडिङ्गको कगारमा पुगेको दृष्टान हामो देख्ने गर्छौ। यसोसले मेरो यो तुक्ष प्रयास मेरो सन्तानको निम्ति एउटा कोशे डुंगो बनोस् र जोवनको अधिल्लो यात्रा सबै भावी तेलैजा वंश कुलको सदस्य-सद्स्याहरुको निम्ति सुगम बनोस् . विदेशमा मानवविज्ञानविद्हरू एक लाख विभिन्न जाति गोष्ठीहरुका फेमिली ट्री ऎप बनाइ सकेको छ भन्छ तर हामीहरु आफ्नै परिवारको फेमिली ट्री तथा वंशावली जान्दैनौ। मेरो निम्ति २०२१ शिव रात्रीको धार्मिक पर्वमा भाग लिनु जीवनको साँचो तीर्थ यात्रा बनेको छ।
चेंगथ्पू नेपाल निवासी भक्त बीर गुरुड़को सात भाई छोराहरु थिए. उनीहरुमा दुई भाई काईला र कान्छा १८५०-६०को दशकतिर तिनताक ब्रितिस सेनामा भर्ना भई पहिलो विश्व युद्धमा बाहदुरी कमाएका थिए। मेरो कान्छा बाजे जमादार बाहादुर सिंग गुरुड़ १९०६ सालमा तिनताक ब्रिटिस सेनामा जमदार ओहोदामा पदोन्नती भएको प्रमाण आजसम्म मैले आफूसित पैत्रिक सम्पतिको रुपमा तिनताक The Viceroy & Governor General, India Council द्वारा प्रदान गरेको चाम्र पत्रमा लिखित प्रमाण पत्र सुरक्षित राखेको छु। तिनताक हिन्दी भाषाको चलन ब्रिटिश सेनामा तथा ब्रिटिस शासित भारतवर्षमा हिन्दी भाषाको प्रचलन नभएको केवल अंग्रेजी फारसी भाषा सरकारी भाषामा चलन भएको मेरो बाजेको सेनाको चाम्र-प्रमाण पत्रव्दारा इंगित
मेरो आफ्नो बाजे-बोज्युको मुख हेर्ने सौभाग्य जुटेन तर मेरो बाबु स्वर्गीय दलमान सिंग गुरुड़ हामीलाई परिवारको कथा सुनाउने गर्थ्यो। हाम्रो सन्तानमा जेठा बाजे घन बिर गुरुड़ भेडीवाल मण्डल नेपालबाट सिक्किम हुंदै टिस्टा पारि कालेबुड़मा आइ बसेको कथा। ब्रितानिया सेनाबाट अवकाश ग्रहण ग्रहन पछि जेठा दाज्युलाई खोज्दै सुबेदार काइला बाजे र मेरो कान्छा बाजे सिक्किम आई बसोबास गरेको कथा छ। ५२ वर्षको उमेरमा पल्टनबाट अवकाश ग्रहण पश्चात स्वदेश नेपाल चेंग्थापू नगएर जेठा दाज्यु र अन्य दुई भाईहरु परिअवारिक सम्पति भेंडा गोठ नेपालको हिमाल तर्फबाट कन्चानाजंगाको फेदतिरको अभयरन्य जंगल सुख्खिमतिर बसाई सरेको कथा सुनेर मेरो काईला सुवेदार बाजे र कान्छा बाजे जमदार बहादुर सिंग गुरुड सुख्खिम दाज्युहरुलाई खोज्नेक्रममा पसा थिए। मेरो बाजेलाई सिक्किम राजा च्योग्यालले पदम्चे वस्तीमा ४० ऎकर जमिन दिएको कथा अनि सुबेदार काईला बाजे पल्टनबाट आई पितामचॆनमा आई घर बास बसाएको, पछि जेठा बाजेले अपनाएको प्रणामी सम्प्रदायको धर्म मानेको पछि मृत्युश्या हुँदा परेवाको मासुको झोल सेवन पछिबडाबाबुको मृत्युवरण गरेको कथा नेरी गुरुड़ सुनाउनु हुन्थ्यो। सुवेदार बाजेको छोरो धन बहादुर गुरुड़ सिक्किम राजाको शासनकालमा सिक्किम पुलिसमा डिएसपी रेंक अनि सिक्किम राज्य परिवहन विभागमा म्यानिजिंग डाइरेक्टर पदबाट अवकास ग्रहण गरेका थिए । धन बहदुर गुरुड़ बाजेको जेठी छोरी गायत्री गुरुड़ सिक्किम राज्य शिक्षा विभागमा निर्देशिका पदबाट अवकाश गरेको थिई अनि माइली दिनी क्याप्टन देव कुमारी गुरुड़ ब्रिटिश आर्मीमा मेडिकल कोरमा कप्तान रैंकबाट अवकास ग्रहण गरि कालेबुड़ त्रिपाई निवासी कप्तान राईसंग विवाह गरी घरजाम गरेकी थिइन्।
मेरो बाबु राजाको शासन कालमा तिनताक टासी नामग्याल ऎकेडमीमा शिक्षा ग्रहण गरि सिक्किम पुलिसमा राइटर पदमा सेवा गरेका थिए। बाबुलाई राजाको शासन कालमा काजीहरुको निरंकुश व्यवहार सिक्किममा कालो भारी प्रथा तथा झारलांगी प्रथाबाट उन्मुक्ति खोज्दै दार्जिलिंगमा भरखरै खोलेको सिङ्कोना बगानमा रम्फू पुलिस थानाबाट अन्तिम विदाई लिई १९३४ सालमा मंसोंग कुलैन बारीमा राशन कर्ल्क पदमा नियुक्ति भई आफ्नो भाई काइला र कान्छी वहिनी लिई सदाको निम्ति भारतवर्ष पसेका थि। औ तिनताक सुख्खिम पदम्चे वस्तीको बस्तीको ४० एकर खेतबारी बाबुराम शर्माको ध्रुताईमा पानीको भावमा बिक्रि गरि सदाको निम्ति उन्मुक्तिको सास फेर्नलाई भारतवर्ष पसेको थियो मेरो बाबु जेठा दाज्यु नरा बहादुर गुरुड , माईला दाज्यु गर्जमान गुरुड र साइला दाज्यु भरत सिंगलाई आमाले काखमा चेपेर। आमाले भन्थिन कि तिनताक बाबु राम सरदार कालेबुड तथा अन्य ठाँउतिर सवारी जाँदा अधि अधि पन्चे बाजाको लस्कर लिएर धोदामा चढेर जाने गर्थ्योबाँचेको कथा अनि बाजेको प्लात्नामा भेंडालाई रे।
हामी आआफ्नै जीवन भोगाईको माकुरा जालमा फसेर आफ्नै परिवारको रुखको हाँगाबिंगाल च्निन्न भुली पठाउछौ तथा आफ्नो परिवारको वंशावली विषय अनभिज्ञ हुन्छौ। यस भूलको गंभीर परिणाम आउने भावी सनान्तिले भोग्नु पर्नेछ। हामी स्गोत्रिहरुभित्र बिवाह गर्नु हुंदैन भन्ने प्रथामा विश्वास गर्छौ तर आफ्नै नातागोत्र भित्र अञ्जानमा विवाह गरेको वर्तमानमा देख्दैछौ। मेरो बाजे जमदार बाह्दुर सिँग गुरुड़बाट वंशावली मेरी पुज्य कान्छी फुपुको मुखारबृन्दबाट टिपोट अथवा फेमिली ट्री डाटा भावी सनान्तिको निम्ति प्रसुत गर्ने कोशिष गरेको छु। परिवारको रोचक तथ्यब पत्तो लाउंदा मेरो बाजे प्रथम विश्व युद्धमा इटली देशको समरभुमीमा नाजी योध्दासंग आमने सामने लड़ाई गर्दा दुश्मन सिपाहीको तरवारले फिलाको मासु नै तिर्साएको कथा साइला काका राजविर गुरुडले पल्टनबाट छुट्टि आउदा भन्नु हुन्थ्यो। अनि विश्व युध्दको समयमा विदेशी समरभुमिमा बाजेको पल्टन राशनको अभावमा भोकाकुलावास्थामा परेको वेलामा समर-भुमिको गाँवको मानिसहरु भाग्न अधि आलुलाई जमीनमुनि गाडेर गएको अवस्थामा खेतमा भेंडाको बथानले जमिन खोद्लेर आलु निकालेको देख्दा त्यही लुकाएर राखेको आलु खाई पल्टनको सिपाही र अफिसरहरुको ज्यान बाँचेको कथा अनि मेरो साइला काका राजविर गुरुड बाजेकै प्लटनमा भर्ना भै दोस्रो विश्व युद्ध लडेको थियो अनि उनको पल्टनमा भेँडालाइ पालेर राजशाही सलामी दिने चलन थियो भनी भन्ने कथा मलाई बाल्यावस्थामा सुनाउनु हुन्थ्यो।
माइला र साइला बाजेहरुको सन्तान कता छ त्यस बिषयमा खोजी गर्नु थातिमा नै छ। गहन कुरा बाजे जमदार बहादुर सिँग गुरुंग पल्टनबाट अवकाश ग्रहण ५१ वर्षको उमेरमा लिई नेपाल चेंग्थपू घरमा नगएर जेठा दाज्यु धन बीर गुरुड़ परिवारिक सम्पति भेडा गोठ लिई पुर्व नेपालको हिमाल पर्वत हुंदै सिक्किम कंचनजन्धा अरण्य क्षेत्रतिर बसाइसरेको थाहा लागे पश्चात् दाज्युलाई खोज्दै आफ्नो पित्री थलो "बास सल्किरहेछ " को कथा झैँ सिक्किम पसेको अनि ५१ वर्षको उमेरमा १३ वर्षकी हाम्री बोजु बुद्धिमाया गुरुडलाई विवाह गरी ५ भाई छोराहरु अनि दुई बहिनी छोरीहरु जन्माएको परिवारको कथा मेरी सेनश्युरियन फुपुको मुखबाट निस्केको ब्रम्ह-वाक्य मेरो निम्ति थुतुरी वेद झैँ भएको छ। लिम्बु जातिको फेदाम्बाहरु उनीहरुको धार्मिक अनुष्ठानमा फलाकेको तन्त्र मन्त्र पनि त्यस्तै थुतुरी वेद कै अपभ्रंश होला। उहिलेका हाम्रा पुर्खाहरु निरक्षक हुन्थे तर श्रवण शक्तिको भरमा मनन गरी रामायण र महाभारत तथा पुराणका सोत्रहरु मुखस्त पार्ने गरेका हुन्थे। मेरी आमा मृदु भाषी थिइन तर हरेक परिस्थिति र समय साक्षेप उखान तुक्काहरुद्वारा र हामीलाई सम्झाउनु हुन्थी। मेरो वर्तमान ७० वर्षको उमेरको डाँडामा पुग्दा मेरो सन्तान कता छरिएर बसेका छन अनि उनीहरुको पारिवारिक पृष्ठ भूमि तथा परिचय म सित छैन। न्याउरी मारी पछितो मेरो भावी पिडीले भोग्ने नपरोस् भन्ने मेरो दृष्टा वंशावली लेख्ने प्रयास गरेको छु। माइला बाहे साइला बाजे बाजेका सन्तान कता कता छन् त्यो मसित तत्थ छैन। तर आफ्नो तेलैजा सन्तान भने पछि मरी मेटने हाम्रा सन्तानको एउटा भाइ के० बि० गुरुड़ , भुतपुर्व गोर्खा हिल काउन्सिलको पार्षद अनि कवि-लेखक औ चिया श्रमिक संगठनको एक आन्ग्रिनी नेतासित पनि नै कुनै समयमा छुट्टीएको संतानसित हाम्रो परिवारिक सम्बन्ध स्थापित भएको थियो। उनी सुख्खिम्आमा नै कुनै समयमा रहेको घिऊवाल मण्डलको सन्तान वंशज रहेको ज्ञात भएको छ। मेरो बाबुले भन्थे कि हाम्रा सन्तानको एउटा काका मेम म चियाकमानमा सरदार छ उन कै दुई छोरीहरु मध्ये पुलिस विभागको अवकाश प्राप्त डिएसपी महेन्द्र गुरुडको धर्मपत्नी हुन् तर आजसम्म कालेबुदमा रहेर पनि मेरो धनिष्टता छैन।
पि ,,ताश्री दलमान्सिंग गुरुड़o97 I र रिअमाया गुरुड़
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें