गत २०२० देखि कोभिद १९ को महामारीको चपेटमा सम्पूर्ण विश्वलाई लक् डाउनले अस्थिरावास्थामा पुराएको समय कालमा यत्ता हामीलाई पनि घर भित्र भयपूर्ण जीवनयापन गर्न वाध्य बनाएको थियो। अतिथि सत्कार व्यवसाय स्थगन गरि समाजदेखि सम्पर्करहित जीवन यापन गर्न वाध्य भएका थियौ। दैवको लीला जन्म मृत्यु लगनलाई भने मानवले लगाम लाउन सक्दैन। यसै काल खण्डमा हाम्रो पुत्र वधुको प्रणय सुत्रमा बाधिनु पनि देव संयोग थियो जीवनमा कहिले परिचित नभएको सजाति विवाहबारी चल्ने तमु गुरुड़ परिवारसंग छोरो संदीप र वुहारी सोनिकाको प्रणय बन्धनको तिथी १६ फरवरी २०२१ सरस्वती पुंजाको दिन गृह प्रवेश अनुष्ठान केवल मेरो परिवारको सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
पेंडेमिक २०२१ को लक् डाउन औ हाम्रो परिवारभित्र जुठो लाग्ने भाइको आकस्मिक निधन साथै बुहारीको एक जामा बाजेको मृत्युको कारणले सुखको कुनै पनि अनुष्ठान गर्न नहुने हुनाले हामीले चरा सन्दिप र बुहारीको सिन्दुर पोते अनुष्ठान सिन्चेला माता मन्दिरमा गई मेरी सधर्मिनी पत्नी पुष्पा, संदिप , सोनीका अनि म स्वंमको उपस्थितिमा साधारण आफ्नो रिति थीति बमोजिम गराएको थियौ।
ईश्वरको अनुकम्पा र हाम्रो प्रार्थना पुत्र वधुको विवाहको वर्ष गाँठको ठीक १० दिन पुर्व हाम्रो परिवारमा अरुणोदय नातीको जन्मग्रहणले एउटा आनन्द, प्रेमानान्दन र सदानान्दन वरदान हामीले पाएको थियौ ४. १. २०२२ को अरूणोंय्को शु भ घडीमा
नाती अरुणोदयको आगमन तथा ईश्वरको अनुकम्पाप्रति ईश्वरलाई धन्यवाद र प्रार्थना गर्न मेरो दिदी शिवा सिक्किमबाट भदै नातीलाई आशिष दर्शन गर्न आएकी शुभ मुर्हतमा हामी टाइगर हिल सिन्चेल माता मन्दिर र दार्जिलिंग महाकाल बाबा मन्दिरमा २ महिना ५ दिन उमेर पुगेको नाति अरुणोदयलाई लिएर ८ मार्च २०२२ को दिन पुगेका थियौ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें