बुधवार, 30 नवंबर 2022

Heritage building of Kalimpong

कालेबुङ्गको  इतिहासमा  ओझेल एउटा पाता ।  

        ब्रिटिशकालीन भारतवर्षमा कालेबुङ्ग एउटा लधु मेट्रोपोलिटन शहर भनेर चिनिने गर्थ्यो। यहाँ देश-विदेशबाट राजशाही परिवारहरु, शोधविद्हरु, दार्शनिकहरु , कवि, लेखकहरु र जासुसहरू  आएर बसोबास गरेका धरोहर भवनहरु आजसम्म यथावत छन। कालेबुङ्ग शहरको चन्द्रलोक गाँवस्थित एउटा पुरानो जरजर अवस्थामा पुगेको ढुंगाको भवन तथावत छ जुन घरको मालिकिन लेडी कर्क्स थिईन जो भारतवर्ष स्वतन्त्र अधि नै आफ्नो देश आयरल्याण्ड फर्किकी थिइन्। 
        आज उनैको यस भवनमा सेन्ट्रल लाईबेरी अवस्थित छ जँहा अति नै दुर्लभ अनि ओ शिक्षाको उपयोगको निम्ति ज्ञानको भण्डारले भरिएको पुस्तकहरु, पुराना जमानाका पत्रिकाहरु, राज-पत्रहरु दराजमा सढ़ेर गएको म  देख्ने गर्छु। कालिम्पॉङ्ग शहरको अधिकांश मानिसहरु कालेबुङ्गमा सेन्ट्रल लाईबेरी विषय अनभिज्ञ छन।  सायद वर्तमान डिजिटल तथा स्मार्ट फोनको अत्याधिक ब्यबहारको चलनको फलस्वरुप पत्र-पत्रिका तथा पुस्तक पड़ने  संस्कार हाम्रा   यतातिरको विधालायहरुबाट  पलायन भएर हो कि हाम्रा नानीहरुले पुस्तकालयमा गएर पुस्तकहरु तथा पत्र-पत्रिकाहरु पढ्ने बानी हराईसकेको छन    तर वाहिरबाट आएका शोधार्थिहरुले समय समयमा आएर यस सेन्ट्रल लाईबेरीमा   आएर  ज्ञानमुलक तथ्यहरु संग्रह गर्ने गर्छन तर हाम्रो नानीहरुले यस पुस्तकालयबाट आजपर्यन्त लाभ उपभोग नगरेको म महसुस गर्छु " दिये तले अंधेरे " उखान सोह्रै आना ठ्याक्कै  मिल्छ कालेबुड़ेहरुमा।   हाल सालमा नै कालेबुङ्ग जिल्ला गठन पछि जिल्ला लाईबेरी अनि सर्वशिक्षा विभागको कार्यालय पनि अवस्थित छ तर यस कार्यालयले जनताको सेवा पुराएको छ ?








 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

 ग्याल्पो सेर्पा सोनाम लोछार पर्वको शुभोपलक्ष्यमा मंगलमय शुभकामना सपरिवारमा हाम्रो परिवारको  तर्फबाट साथै तपाइँ हाम्रो परिवारको सम्पूर्ण सदस...