कालान्तरमा दार्जिलिड़े गोर्खाहरुको मुठ्ठी जस्तो एकतालाई कुनी कुन कुन राजनितिक दलहरुको हस्तक्षेपको कारण गोर्खाहरुको संस्कार-संस्कृतिक गौरव गाथा र ऎतिज्यको प्रतीक नवरथा दुर्गा पूंजा, फूलपाती र पहिलो बैशाख जात्राहरुको आयोजनालाई पनि हस्तक्षेप हुन थाले पछि पुरानो दिनहरुको गरिमालाई जात जात र राजनितिक दल दलहरुमा टुक्राएर गोर्खाहरूका सामजिक, सांस्कृतिक, धार्मिक एकत्व र सम्प्रुभवतामा अपुरणीय क्षय क्षति भएको म महसुस गर्ने गर्थे।
गोर्खाहरुको बडा दशैँ वर्षभरी परिवारको गाँस बासको खोजीमा प्रदेशिएको सन्तान बड़ाहरुको आशिष अछेता थाप्ने पारिवारिक सम्प्रति-मिलनको एउटा अन्य जातगोष्ठी भन्दा बिछुट्ट गरिमा बोकेको सामाजिक अनुष्ठान थियो जसलाई जातजातमा टुक्राउने ममताको वंगाल सरकारको चलखेलमा जात फाल्नु गुन्द्रुकको झोलमा भुलेर आ-आफ्नो जात गोष्ठीको दशैँहरु मनाएर अनेकतामा एकतालाई निम्ठ्यौन बनाई सकेको अचेत चंखेहरुलाई पत्तै भएन।
२०१७को बगमफुसे आन्दोलन पश्चात् अनि कोभिड पेन्डेमीकको दुइ वर्षे बन्दले अनेकौ सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक क्षेत्रमा अपुरनिय क्षति पु-याएको छ। राजनैतिक दल र दलका नेताहरुप्रति जनताको नकारात्मक संकेत वर्ष २०२२ को पहिलो वैशाख गोर्खा नँया वर्षको शोभा जात्राले इंगित गरेको यस कलामकाराले महसुस गरेको छ। ७० को संधार काटेको एक बुर्जुक नागरिकको क्यामराको लैसमा कैद झाँकीको दृश्य प्रस्तुत छ।
कालेबूड़े सचेत शिक्षित युवा झुण्डको आव्हानमा १ वैशाख २०७९ अथवा १४ अप्रेल २०२२ को पहिलो बैंशाख गोर्खे नँया साल कालेबुड़ शहरमा भव्यता र सफलतापुर्वक आयोजनाको श्रेय सबै सबै जाति र संस्कृति-प्रेमी गोर्खे सन्तानको शिरको टोपीहरुमा सुन्दर प्वाँख सजिएको यस कलमकारले मनैबाट स्वीकारेको छ।
२०२३ को नयाँ वर्ष गोर्खा गौरव संस्थाको प्रायोजनामा पहिलो वैशाख भव्य रुपमा आयोजन हुने सामाजिक संजालको खबरबाट सबैलाई संभागी हुने आव्हान भएको खुसीको समाचार सुन्च्छु ; " न फुटौ , जुटौ , नसुतौ हामी थियौ, हामी छौ औ हामी रहनेछौ " थिम तथा सिंहनादमा निस्किने झाँकी र नौमती बाजाको समधुर संगीतको धुँनले सम्पूर्ण पहाडे जनमानसलाई पूर्ण: एक सुत्रमा बाँध्ने साँचो जर्मको यस वर्ष २०२३ को पहिलो बैंशाख शोभा जात्राले निश्चय गहिरो छाप बनाउने छ भनी मेरो शुभकामना छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें