शनिवार, 2 अप्रैल 2022

Ram Moktanko Jiwani

    राम मोक्तानको  जोवनको  एक भगीरथ प्रयास र परिश्रममा संकलित ऎतिहासिक सिंगो  दस्तावेज  "Documents on Darjeeling and Doars" पुस्तकाकार रुपमा गत ३.४. २०२२ को दिन कालेबुड़मा अवस्थित होटल ट्रेसमा विधिवत मोक्तान परिवारको पक्षमा कालेबुड़का मुर्धन्य मादलावादाका पद्मश्री काजी  सिंह विधार्थीको करकमलबाट   लोकार्पण गरियो जुन पुस्तक पाठकसमक्ष फेरी  गोर्खाल्याण्डको सुस्तावास्थामा रहेको ज्वालामुखी बौरी उठने सम्भाव्यतालाई नकार्न सकिन्न।  राम मोक्तानलाई साँचो श्रद्धान्जली एउटा पुस्तक किनेर पठन र मनन गरी एउटा नव जागृत क्रान्तिको शंखनाद गर्ने समय साक्षेप अवश्यै  परिवेश यस पुस्तकले जन्माउनेछ भनी यस कलमकार विश्वस्त राख्दछ। 



राम मोक्तानको जोवन गाथाको  संक्षिप्त  परिचय 

   रंगली-रंगलीएट   चियावारी निवासी पिता स्वर्गीय जितमान मोक्तान  अनि  माता स्वर्गीय लक्षी माया तामांगको पाँच जना छोराहरु र दुई छोरीहरु मध्ये कान्छा छोरो राम मोक्तानको  जन्म २५ जुन १९४६ मा भएको थियो । २  वर्षको उमेरमा आफ्नु माताश्रीको मृत्यु  भए  पछि पिता अनि दाज्यु-दिदिहरुसंग  वाल्यकाल  हुर्केको थियो। 

    आफ्नु विधार्थी जीवन गेल चियाकमाव  प्राथमिक पाठशालाबाट प्रारम्भ गरेका थिए। प्राथमिक शिक्षा  समाप्त गरे पछि सन्त अल्फंस स्कुल खरसांड़बाट माट्रिक  पास गरि सन्त जोसेफ कलेजबाट स्नातक गरेका थिए। कलेज जीवनदेखि नै राजनीतिमा संलग्न हुनुहुन्थ्यो।  त्यसताका निलो झण्डा मुनि रहेर एक मंचबाट भाषण गर्ने उनका   समकालीन मित्रहरुमा स्वर्गीय सुभाष  धिसिङ्ग, स्वर्गीय नर बहादुर भण्डारी , पुर्व मुख्य मंत्री सिक्किम हुनुहुन्थ्यो। 



     राम मोक्तानले आफ्नो कर्मजीवनको शुरुवात  ग्रिफ़ित      उच्च माद्यमिक  पाठशाला , तकदाहबाट शिक्षकको रुपमा   शुरु गरेका थिए।  १९६७ सालमा डब्लुबीसिएस परीक्षा  सेकेण्ड ग्रेडमा  पास  गरेर पनि  नियुक्ति पत्र नआउदा स्वंय राइटरस  बिल्डिंग सोधपुछ गर्न  पुग्दा अधिवाटै भेरिफिकेसन  बिगारी दिएको थाहा पाए पछि शैक्षिक क्षेत्रलाई पूर्ण: सन  १९७६ देखि  १९६९ सम्म उदय माध्यमिक विधालय, जिंगलाम् कमानमा  प्रधानापकको पदमा सेवा पुर्याउनु भएको थियो। तिनताक आफ्नै वासस्थानमा रात्रि पाठशाला खोली  आफ्नो समाजमा भएको निरक्षरतालाई निराकरण हेतु साक्षरता अभियानको रांको बालेका थिए। गाँवको   नव युवा-युवतीहरुलाई q गरि लोक मनोरंजन संस्था गठन गर्नु भइ  आफ्नो मार्गदर्शनमा धेरै नाटकहरु  रगली मात्र होइन अन्यत्र स्थानहरुतिर पनि मंचन गर्नुभएको थियो।  



    त्यस पश्चात १९७९ को मार्च महिनामा सिक्किम पस्नु भएको थियो। राभाङ्ग हाई स्कूलमा  गंजु लामा भिसीको घरमा बसी शिक्षकको काम गर्नु  भएको थियो।  त्यसै वर्ष १९७९ अक्टुबर महिनामा स्वर्गीय नर बहादुर भण्डारी सिक्किमको मुख्य मंत्री हुनु भयो।  त्यस पश्चात  उनी  शिक्षण   व्यवसायबाट अवकाश ग्रहन गरि मुख्य  मंत्री  नर बहादुर  भण्डारीको राजनैतिक निजि सचिवको पद भार ग्रहण गरि १० वर्ष सिक्किमे राजनीतिमा सक्रिय भूमिका  पालन गरेका थिए। 

    दार्जिलिंग देखि  शुरु भएको गोर्खाल्याण्ड आन्दोलनमा आफू  सिक्किममा नै बसेर    धेरै सहयोग पुर्याउनु  भयो।  जाति र माटोको निम्ति मरिमेटने उनको  स्वभाव आफ्नो  जाति र माटोको लागि बोल्दा मुख्य मंत्रीको  निजि सचिवको पदबाट     राजीनामा  दिनु परेको थियो।  त्यस पछि  उनले  गान्तोकमा आफनै टिस्टा-रगित प्रेस खोलेर "टिस्टा-रंगित " खबर  पत्रिका प्रकाशन गरि गान्तोकमा बस्न थाल्नु भयो। 

    गोर्खाल्याण्डको आन्दोलन समाप्त भएर दार्जिलिड गोर्खा पार्वत्य परिषद गठन पश्चात स्वर्गीय सुभाष धिसिड अध्यक्ष पदमा आसीन भए पछि उनलाई  डी जी एच सी अध्यक्षको कंफीडेंन्सल ऎसिस्टेन्ट पदमा   नियुक्ति पाए।  प्राय:  २ वर्ष   १९९०-९१ मा यो पदमा कार्यभार    पछि  राजिनामा दिनु भयो। त्यस पछि फेरी गान्तोक सिक्किम आफ्नो व्यवसाय शुरु गर्नु  भयो।  यो अवधिभित्र उनले  आफ्नो पहिलो पुस्तक "Sikkim-Darjeeling Compendium of Documents" प्रकाशित गर्नु भयो । 



    धेरै वर्षको अन्तरालमा वान्हाके २००९ मा भारतीय परिसंधको सदस्यता लिएर प्रबक्ताको रुपमा बस्नु भयो। त्यस  पछि २०१५  दिसम्बरमा   गोर्खा जनमुक्ति मोर्चा पार्टीको सदस्यता लिएर प्राय: ३ वर्ष  सन् २०१५-२०१८ सम्म रहे। ऊनी  स्टडी फोरमको एक सदस्य हुनु हुन्थ्यो अनि राष्ट्रिय प्रबक्ताको पदमा बसेर   आफ्नो जातिको सेवा गरेका थिए। 



    जाति र माटो भन्दा मरिमेटने उनको  जोवनको अन्तिम समयसम्म पनि जातिको लागि संधर्ष गर्नु भयो। उनी  माथि लागेको गैर कानुनी मुद्दा तथा कोर्ट कचहरीको केसले  उनलाई  मानसिक तनाव दिएको थियो। हाई  कोर्टबाट  बेल भएर पनि खरसांगको थाना कचहरीबाट  दिनरात दिएको तनावले उनलाई  एकदमै विचलित बनाएको थिए। उनि त्यसताक शारीरिक अस्वस्थ्य  नै हुनु हुन्थ्यो। १३ अगस्त २०१९ मा    ठुली छोरी  मनिषा  र भतिजो संजयले  एम्बुलेंसमा लिएर खरसांगको न्यायालयमा दाखिल गराएको थियो औ त्यसै दिन उनले न्यायालय समक्ष आत्म-सर्पण गरि मनको  बोझलाई केही  हदसम्म हलुको बनाएको थियो। 



     १६ अगस्त २०१९ मा आफ्नो शारीरिक  बिमारीको  औ  उपचारको निम्ति भेलोर क्रिचियन मेडिकल कलेज अस्पताल गएका थिए। प्राय: महिना दिन सिएमसी अस्पतालमा भर्ती भई उपचार गरे पछि ०७ सितम्बर २०१९ मा अस्पतालबाट डिस्चार्ज भएर बेंगलुरुमा सानी छोरीको धरमा आई बसेका थिए  , दुर्भाग्यवश ०७ अक्टोबर  रात्रिको समय २०.३०  बजे हामी सबै  सबैलाई छोड़ेर परमधाम गमन गर्नु भएको थियो। 



    भारतीय गोर्खा जातिको एक चिन्तक, समाजविद , शिक्षाविद, इतिहासविद, राजनीतिका अभियन्ता मृत्युपर्यन्त जातिको अस्मिता र संधर्षमा आफ्नो जीवन न्यौछावर गर्नुहुने राम मोक्तान सदा सर्वदा अमर र अजर रहनेछ  जबसम्म टिस्टा-रंगीतको पानी  सुक्दैन।  हामी गोर्खे सन्तान राम मोक्तानले लगाएको गुण प्रति  साँचो मनले नमन गरौ।  साथै उनले मृत्यु हुन अधि लेखेको RAM MOKTAN'S DOCUMENTS ON DARJEELING AND DOARS को पान्डू  लिपीलाई सुपुत्रिव्दय मनिषा लामा  र अनुषा लामाको भगीरथ प्रचेश्ठा र सम्पादन अनि ब्यक्तिगत लगानीमा एउटा अमुल्य निधि आज हाम्रो गोर्खे सनंतिलाई उपहार प्रस्तुत छ जसलाई आज ३.४.२०२२को गोर्खे  समाजको मुर्धन्य व्यक्तित्व पदमश्री काजी  सिंह विधार्थीको करकमल हुनु सुनमा सुगन्ध थपिएको छ। 


    हामीले हाम्रो समाजको विभूति तथा श्रष्ठाहरुलाई जिउंदो  हुंदा कहिले सम्मान गर्ने ध्रष्टता गर्दैनौ , न्याउरी मारी पछितो सिवाई अरु केहि पाउदैनौ।  थोमस ग्रे को कविताको एउटा पक्ति उद्धृत सहित यो छोटो राम मोक्तान जीवन  परिचयलाई विराम गर्दछु। 

Full many a gem of purest ray serene,
         The dark unfathom'd caves of ocean bear:
Full many a flow'r is born to blush unseen,
         And waste its sweetness on the desert air.

सधन्यबाद   

    जय हिन्द जय गोर्खा भारत जय 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

 ग्याल्पो सेर्पा सोनाम लोछार पर्वको शुभोपलक्ष्यमा मंगलमय शुभकामना सपरिवारमा हाम्रो परिवारको  तर्फबाट साथै तपाइँ हाम्रो परिवारको सम्पूर्ण सदस...