वर्ष २०२२ को विदाईको अन्तिम दिवस ईश्वरलाई धन्यवाद कोभिड २०१९ को काल-खण्डले संसारलाई नै स्तब्ध्य बनाएर जीवन जिउने नँया पद्दतिमा पुन: बामे सर्न परिस्थिति काल मुताबिक आफूलाई ढाल्न वाध्य भएको वेला प्रकृतिले ठुलो पाठ सिकाएको छ हामी मानवलाई " अक्सिजन" प्राण वायु प्रकृतिले बम्ह्राण्डमा सित्तैमा प्रदान गरेको समय अक्सिजनको अभावमा संसारै त्रसित बनेको थियो। प्राण वायुको अभावमा संसारबाट लाखौको संख्यामा अमुल्य प्राणको क्षय-क्षति हुन पुगेको छ। पर्यावरण परिवेशलाई आधुनिक सभ्यताले ध्वंश वनाएको बेलामा बन-जंगल संगरक्षण र परिवेश परिमार्जन भावी सन्ततीको निम्ति आजै देखि केही गर्ने संकल्प (Resolution) २०२२को अन्तिम दिनमा हामी सबैले लिऔ।
स्बच्छ्ताको शपथ
महात्मा गान्धीले जुन भारतको सपना देखेको थियो जसमा केवलराजनैतिक स्वतन्त्रा मात्र थिएन तर एउटा स्वच्छ औ विकशित देशको कल्पना पनि थियो।
गान्धीले केवल परतन्त्रको सांग्लोलाई तोडेर भारत मातालाई आजाद बनाएको थियो।
अब हाम्रो पनि कर्तव्य हुन्छ मैला-फोहोरलाई हटाएर भारत माताको सेवा गर्नु पर्ने। म शपथ लिन्छु कि आफैलाई पनि स्वछ्ताप्रति सचेत बनी त्यसको निम्ति समय दिने।
म न फोहोर मैला गर्नेछु अनि कसैलाई मैला-कुंचेला फाल्न दिनेछु।
सर्वप्रथम म स्वंय, मेरो परिवारद्वारा मेरो इलाका, गाँव-घर अनि मेरो कार्यालय परिसर संधै स्वच्छ राख्नेछु।
यस बिचारलाई आत्मसात गरि म गाँव घर, गल्ली गल्लि स्वछ भारत मिशनको प्रसार प्रचार गर्नेछु।
मलाई थाहा छ कि संसारमा जुनै पनि देश स्वच्छ देख्दछ त्यसको कारण हि त्यस देशको हरेक नागरिक स्वच्छताको निम्ति मन वचन कर्मबाट कृत-संकल्पित हुन्छन।
यस विचारलाई आत्मसात गरी म आफ्नो गाँव-घर, गल्ली मोहल्लामा स्वच्छ भारत मिशनको प्रचार गर्नेछु।
यसैले आउनु हवस हामी सवै मिलेर भावी संन्तितिको निम्ति एउटा स्वच्छ भारत निर्माण गरी गरीबी - विमारीवाट उन्मुक्त औ समृद्ध देश बनाउनलाई सहयोगी औ सह-यात्री बनौ ।