मंगलवार, 12 जुलाई 2022

Dream project of adventitious tourists' hotspot ong

         Thìere is the feasibility for trekking route on the rocky cliff extending frrom Upper Chibo  Tiruwa Gaon of Kalimpong Khasmahal mouza to Pujay Dara of Upper Salimpong Busty of Bong Khasmahal  above Ringking Forest mouza   for building another tourists' paradise for adventure    sport tocurism and nature lovers in the hill of Kalimpong District. Rock climbing, paragliding, Zip riding and mountain bikes riding  sport    of 5 kilo meter range of rocky cliff  for tourists attraction if  it is properly planned  for providing new amenities under Tourism Deptt from both central and state governments. The local tourism related stakeholders should come forward to materlize this dream project.. Tourism does not mean for luxurious rooms of the hotel and homestays but the qualities of products pertaining to tourism industries viz. legacy of the past, people and language, culture, religion and society, modern India, landscape and wildlife, sacred architecture, Hindu mythology, great epics, classical music and dance,  costume of India etc. etc. We, the hill people blessed with nature, mountain, landscape, rivers and topography.  The world wide tourism stakeholders are ready to buy such products for their visiting tourist guests. 

       As and when I come out for morning walk alongwith my homestay guests towards Upper Chabot Tiruwa Gaon of Kalimpong Khasmahal mouza to Pujay Dara of Upper Salimpong Busty of Bong Khasmahal mouza for trekking, the guests mesmerized to see the landscape of the hill of Kalimpong. I always dream and plan to make this area as one of the adventitious tourists' hotspot like Taraybhir Tourist destination facilitated by the Tourism deptt, Govt. of Sikkim.












































 




















































,,,,,,,,,,,,,,,  








 

बुधवार, 6 जुलाई 2022

When I first started my hiking hobby in later half of 1960

ब्लाक वाइट   जमानाको  सन्दकपुर-फ़ालुट  सिंधलीला नेशनल पार्कतिरको हाइकिङ्ग संस्मरण १९७० 

  

    १९७० को पुर्वार्धतिर मेरो स्कुले जीवनको किशोरावस्थामा दाई पुर्ण राईसंगको धनिष्ठता विशेष गरी  उसको साहित्यिक रुची औ पैदल-यात्रा गर्ने शोखले मलाई  पनि आर्कषित बनाएको थियो।  विशेष हामी दुवैको परिवारको  आर्थिकस्थिति  राम्रो नभएता पनि  घरको परिवारबाट हाइकिंग जानलाई कुनै आपत्ति हुंदैनथ्यो।  १९७०  वर्षको बड़ा दशैँमा आमा-बाबुको हाथको टिका आषिश थापेर त्यहि दिन पूर्ण दाई र म सन्दकपुर फ़ालुतको पैदल यात्रामा निस्केका थियौ।  त्यस ताक हामीसित   क्यामरा कल्पनाको वाहिर अनि सामर्थको पर थियो। नत हामीसित गोजीमा रुपाँया नै प्रसस्त हुने गर्थ्यो ।  सायद ७०को दशकमा हाम्रो गोजीमा आमा-बाबुबाट टिका थापेर पाएको रु० ११२  थियो अनि पूर्ण दाइसित पनि उति नै रुपयाँ थियो।



          तिनताक मग्पू सिन्कोना बगानलाई रेसेप धुरा भनेर चिनिन्थ्यो।  त्यसताक रेसेप धुरामा अधिकारीहरु र किरानी कलोनीतिर मात्र टिनको छ्प्पर भएको धरहरु थियो अनि कमानको  घरहरु साधारणत: खरले छाएको 
घरहरु हुनेगर्थ्यो। रेसेप धुराबाट  दार्जिलिड जानलाई गाड़ीको बाटो टिस्टा बजार भएर जाने गर्थो।  तर गाँउको मानिसहरु दार्जिलिङ्ग  जानलाई बिचकमान, रम्बी कमान दुरीगोठ डुक्पा गाँव भएर पैदल भालु लाग्ने अन्लैची  घारी र धनधोर  जंगल भई ३  माइल फाटकसम्म हिडेर जानुपर्थ्यो। ३ माइलबाट अस्तिन कारमा दर्जिलिङ्गसम्मको गाडी भारा ८ आना तिरेर जानुपर्थ्यो त्यस जमानामा। रेसेपबाट हाम्रो पैदल यात्रा टीका  कै दिन शुरु गरेर सुके पोखरी बजार दिनको ४ बजेतिर पुगेका थियौ। सुके बजारबाट हामी पोखर्याँबुङ्ग बस्तीतिर झरी रात्रि विश्रामको निम्ति प्रणामी गाँव मीरा बस्नेतको धरमा बस्न पुगेका थिथौ जुन परिवारसंग पूर्ण दाईको रेसेप बजारवासी  पदम सर,  सिङ्कोना लेबर वेलफेर केन्द्रको  प्रभारी जसले पूर्ण दाईलाई गोद लिएको थियो उनको आफन्तको घरमा बास लिन  पुगेका थियौ। हामीलाई उसिनेको आलु र लहसुनको पिसेको अचार रात्रि भोजनमा दिएको थियो।  आज ६० वर्ष पश्चात पनि त्यस भोजनको मिठासपन मेरो जिब्रोले भुलेको छैन।





         भोलिपल्ट हामी एक दिन प्रणामी गाँव पोखबुङ्ग बस्तीमा हल्ट  गरेका थियौ। हामी  जनक बस्नेत र प्रेम किमार बस्नेतज्युको घरमा भेटन गएका थियौ। जनक बस्नेत तिनताक ब्रिटिस सेनामा कार्यरत हुनुहुन्थ्यो उनि ६ महिमाको छुट्टीमा भरखरै एउटी ब्रितानिया ठिटीलाई विवाह गरी घरमा आएका थिए।   हामी जनक बस्नेत  अनि नव वेउलीलाई   भेट्न गएका थियौ।   विदेशाकी वहु हामीलाई प्रणाम भनी अभिवादन गरेकी थिई। जनक बस्नेताजी हालमा एक प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यवसायी हुनु भएको खबर सुन्छु।
 
           हामीसित हाइकिङ्गमा निस्केको तर क्यामरा थिएन जनक वस्नेतज्युले हामीलाई एउटा एस्किका क्यामरा र कोडक फिल्मको रोल पनि उपहारमा दिएको थियो।   जुन उपहार पाएर हाम्रो खुसीले चार चाँद  छुएको थियो।  एउटा कोडक फिल्मको रोलमा २४ वटा तस्विर खिंच्न सकिने प्रावधान हुन्थ्यो।




   
           पैदल यात्राको तेस्रो दिन हामी विहान शीध्र विदा मागेर पुन: यात्रा शुरु गरी सुके बजार हुंदै मानेभझ्याङ्ग दिनको १० बजे पुगेका थियौ। यस थाअनुबात वास्तवमा हाम्रो उकाली सर्पेलु बाटो भएर हाइकिङ्ग शुरु गरयौ। मानेभझ्याङ्गदेखि हामी चित्रेगुम्बामा थकाइ मेटाउन केही बेर विश्राम गर्दा गुम्बाको लामाहरुसित सामुहिक  तस्विर खिचेका थियौ।


           गोरेटो भरि पहाडमा बिक्की फूलहरु सेत्ताम्मे फुलेको थियो त्यो फुलको पाउडरबाट बन्दुकको बारुद बनिन्छ भनेर थाहा लागेको थियो। उकालो बाटो ह्याबरस्याक्को भारीमा १५ दिनको निम्ति राशनको बोझ बोकेर पैदल यात्रा कठिन भएतापनि बैंशालु अल्लारे जोबनमा केही जस्तो लाग्दैन्थ्यो। टग्लु पहरी चौकीमा एउटा एप्सो कुकुरको बच्चासंग फोटो उतारच्छु।
9


          उकाली डाँडा हुदैँ हामी  दिँउसो ३ बजे मेधंनामा पुगेका थिथौ। मेधंना डाँडामा मेरो कलेजको सहपाठी भालुकोरे सरदारको छोरोको घर अवस्थित थियो।  उनका दाज्यु भाई मध्ये स्वर्गीय मदन तामाड र अमर लामा पनि हुन। भालुकोरे सरदार  तिनताक दार्जिलिङ्ग क्षेत्रको एक प्रतिष्ठित व्यक्तिमा गणना हुन्थ्यो।  उनीहरुको आफ्नो प्रेत्रिक मेधना गुम्बा  तिनताक एउटा  नाम चलेको गुम्बामा जानिन्थ्यो कारण त्यस गुम्बामा प्रतिष्ठित सेटुलाको  १०८ वटा मुर्तिहरु तथा मानव जन्मको १०८ वटा विभिन्न जुनीको प्रतिरुप अवतारहरु दर्शाएको मुर्तिहरु राकिएको थियो। गुम्बा दर्शन गरी   साथीको धरमा खाजा खाई    उकाली यात्रा शरु गरका थियौ. भारत नेपालको सिमाना भने त्यही  गोरेटो बाटोले सीमांकन गरेका रहेछन. एकातिर भारत अर्को पातातिर नेपाल। साँझ झमक्क परिसकेको थियो हाम्रो हल्ट टक्लु पहरी चौकीमा मिलाएको थियौ कारण मेरो माईला दाज्युको साथीहरु ड्यूटीमा थिए त्यस पहरी चौकीमा। रात्रि बस्नुको निम्ति मेरो माइला दाज्युले अगावै चाँजो मिलाइदिएको थियो।  रातिको भोजनमा  चौरीको चुर्पिको झोल र भात अनि आलुको तरकारी थियो सांच्चै लेकाली भेकमा खाना भने अति रुंच्दो रहेछ।

          ताप्लेजुमबाट बजार भर्न सिमाना जाँदै गरेको भरियाहरुसंग तस्वीर लिएका थियौ। तिनाताकबजार भर्न आउंदा दाकर बोकेर मान्छेहरु आउने गर्थ्यो। 


  
यात्राको चौथो दिन टग्लुबाट  दिँउसो १० बजे यात्रा शुरु गरयौ अनि तुम्लिङ्ग हुंदै जौबारीमा पुगेका थियौ। बाटोमा झरी बतास परेको हुनाले  हामि हाम्रो पैदल यात्रा जौबारीमा नै स्थगन गर्न भयौ। त्यसताक बाटोतिर आजको जस्ती होटल तथा होमस्टेहरुको सुविधा थिएन  बासको इग्राले निर्माण गरेका मसिना मसिना लामो गाई  गोठ  जस्ता घरहरु थिए।  त्यँहाबाट  नेपाल मझुवातिरा जाने  भनझ्याङ्ग पनि ; हामी एउटा झोपडीमा रातिबास मिलाएक थियौ   प्रेमछिकी सेर्पेनीको घर तथा पसलमा। चित्राको लामो घर जँहा कुनै कोठाहरु नभएको बिचमा आगोको अगेना आगो दन्किरहेको हामी अगेनाको डीलमा बसेर आगोको न्यानो राप ताप्छौ।  रातिको खान पनि प्रेमछिकी बैनीले बनाइदिएकि थिई  साथे मकैको भाति एक एक डबका पनि हामीलाई खानासित पस्केकी थिइन् ।  राति प्रेमछिकीसंग  बात मार्छौ।  प्रेमछेकी सेर्पेनी जवानीमा पुगेकी मस्त तरुनी रातो रातो गाला सुडौल शरीर अति सुन्दरी देख्थी।  पहाड़ गाँउ परिवेशमा हुर्किएकी ठिटी सबैलाई तँ भनेर सम्बोधन गर्ने गर्थी सायद मलाई उसकी सादगीपनले मोहित बनाएको थियो। हाम्रा मान्छेहरु कति सिम्पल हुन्छन भनेर।  बाटोमा थकाई मेताएको बेला पूर्ण दाई डायरी लेख्दै गरेको क्षण तस्बिरमा कैद दृश्य





     जौ बारीबाट हामी कैयाकट्टा भएर  सन्दकपुरतर्फ़ उकालिन्छौ अझ भिरालो र उकाली सर्पेलु बाटो भएर; जंगलमा जंगली घोडाको बथान  विचरण गरिरहेको दृश्य , भेडा गोठमा भेड़ाको झुण्ड र चौरी गाइको बथान चरिरहेको दृश्यले मेरो मन नै आर्कषित गरेको थियो। तिनताक सायद सिंहलिला नेशनल पार्कलाई प्रतिबन्धित क्षेत्र सरकारव्दारा घोषणा गरेको थिएन।  विशेष गरी यस जगल  मालिगो बाँसको पट्टयार घारी भएको हुनाले रेड पाण्डा जो दुर्लभ प्रजातिको वन्य पशु यस क्षेत्रमा पाइन्छ यसैकारण वर्तमान यस क्षेत्रलाई प्रतिवन्धित अरनी वनाभुमी सरकारले घोषणा गरेका छन्। बाटोमा कल्कताबात आएका एक हुल बंगाली पर्यटक दास बन्धुहरुलाई भेताएका थियौ।  उनीहरु हाई एलटीतुइड सिकनेसले सताईरहेको देख्दा हाम्रोमा भएको मकैको स्तुवासांग ब्रान्डी मिसाएको लड्डु खानालाई दिएको थिए धेरै संचौ भएको पायौ।  हिमालतिर विचरण गर्दा मकैको सतुवा एउटा रामवाण ओखती पनि हो।  अर्को सर्तक अप्नाउनु पर्ने कुरो हो हिमालतिर पाइने झार जंगललाई कहिले पनि टिपेर नाकामा सुध्नु हुंदैन कारण एकै प्रकारको झार बिक फुल पनि हुनु सकछ औ बिकुमा औषधि पनि हुनु सक्छ। चौरी गोठका गोठालाहरुको अनुभवबाट जानेका शिक्षा। हामी संदकपुर घाम दुब्न अघि पुग्छौ तर जाड़ो कठ्याग्रने  थियो।  हाम्रो नेता हल्ट पनि मेरो पुलिस माईला दाईको साथिहरुले मिलाइदिएको थियो।  हामि पुलिस चौकीमा रातको भोजन गरि ट्रेकर हर्टमा राति  सुत्ने बन्दोवस्त थियो थाकेकोले गर्दा भुसुक्कै निदाई  पठाएको थिए।


            संदकपुर  दोस्रो दिन विहानै चिसो हावाको तुफानको आवाजसंगे उठे पछि हामी सन्दकपुरको सब भन्दा अग्लो डाँडा १२१०१ फिट उच्चाईमा चडाई  गरि विहानको सुर्योदयको दृश्य अवलोकन गरि तस्विरहरु क्यामरामा कैद गरेका थियौ। 


              केही समय सन्दकपुरको डाँडाको चुचुरोमा उभिएर त्यँहाबात देखिने कन्चनजन्धा र माउन्ट ऎभेस्तको हिम-शृखाला अनि नेपाल, सिक्किम (त्यसताक   सिक्किम स्वतन्त्र देश थियो), भुटानको ल्याण्डस्केपको सुन्दर दृश्य हेरी माई नदीको मुहान अनि त्यंहा अवस्थित माई धामको दर्शन अनि पुंजा गर्न पुगेका थियौ। मन्दिरको पुजारी साँधु मेरो थरको दिदीलाई विवाह गरेका थिएछ।  उनिहरुसंग परिचय गरी तस्विर खिचेको थिए। 


          त्यही दिनको भोजन गरी हामी सन्दकपुर फालुट विच नेपाल सीमाभित्र अवस्थित एउटा चौरी अनि भेडा गोठमा बस्ने पुगेका थियौ। 




            चौरी र भेडा गोठमा बस्नको निम्ति गोठालाहरुलाई हामीले सुर्ती, बिडी , सिगरेट र रक्सीहरु कोशेली लिएर गएका थियौ। जंगलमा गोठालाहरु हाम्रो कोशेली पाँउदा अति खुसि भएका  थिए। हामीलाई उनिहरुसंग गोठमा बास्न खुशी खुशी दियो।  गोठमा गोठालाहरुको दिनचर्या विषय चर्चा गरियो अनि हामीलाई चौरीको दुध भेडाको दुध,धूउ, छुर्पी अनि मकैको भात पकाएर दिएको थियो। चौरी र भेड़ा गोठको रक्षाको निम्ति भोटे कुकुरहरुले मुख्य काम गर्ने गर्दो रहेछ।  अर्को कुरो  जोथालाहरुले पहाडको पल्लो भिरालो भित्तातिर चरिरहेको चौरी र भेडाहरूलाई एकत्रित पार्नलाई धुएत्रोबाट  दुंगा हिर्काएर सजिलोसित नियन्त्रण गरेको देख्दा छक्कै लागेको थियो। गोठालाहरु जंगल गोठमा जिन्दगी बिताइसकेको कथा सुनेर हामि छक्क परेका थियौ। गोठालाहरुको लुकुनी औडेर हामीले भेडाको पाठा समातेर फोटो खिचेका  थियौ। 

             यात्राको सातौ दिनमा हामी  चौरी गोठबाट विदा लिई फालुटतिर प्रस्थान गरेको मात्र थियौ बाटोमा घनाधोर वर्षा र हावा हुण्डी शुरु भएको हुँदा हामीलाई धेरै समस्या आइपरेको थियो ; र पनि हामी हाम्रो गन्त्यब्य स्थल फालुत पुग्नु थियो। शरीरमा लगाएको लुगाहरु निथ्रुक्क भिजेको थियो। हामी वेलुकी ४ बजेतिर फालुट पुगेका थियौ। फालुत पुलिस चौकीमा हाम्रो हल्ट  गर्ने मेरो दाज्युले अधिबाटनै चाँजो मिलाइदिएको थियो। पुलिस चौकीको भान्सा घरमा आगोको मुदा, दन्किरहेको थियो र हामी बेलुकी आगो ताप्नामा बस्त भई पपुलिस तामांग दाईसित यस भेकको बारेमा धेरै कथाहरु सुनेका थियौ। भोलि पल्ट तामाङ्ग दाज्युले हामीलाई चिवा भन्झ्याङ्ग , गोसा हिल्स  त्रि -जगसन नेपाल, भारत औ  सिक्किम देशको सयुक्त सीमा क्षेत्रतिर  ट्रेकिंग गर्ने प्रोग्राम मिलाएर  तामांग दाज्यु स्वंय  हाम्रो गाइड भई  हामीलाई लैजानुभएको थियो। 


              हिमाली पग्दंडीतिर तिवेतियाँ भाषामा दुंगा खोपेर ओम मान्हे पेमे हुं अक्षर खोपेको तस्विर  देख्दा पुरानो जमानामा भारत, नेपालको व्यापारीहरु तिब्बत देश जाने मुख्य खच्चरको बाटो नै त्यही  बाटोलाई प्रयोग गर्ने गर्थ्यो भनी त्यस ठाँउको रैथानेहरुले हामीलाई कथा सुनाएको थियो। चिवा भन्झ्याङ्ग क्षेत्रमा स-साना पानीको तालहरु अत्यनै सुन्दर दिखिदो रहेछ। 

                   यात्राको ९ औ दिनमा हामी गोर्खे,श्रीखोला, रिम्बिक , लोदोमा, झ्यापी हुंदै बिजनबारी पुलबजार ट्रेकिंग रुट भएर ओह्रालो लाग्छौ।  रिम्बिक बजारदेखि केहि माथ हाम्रो दार्जिलिङ्ग सरकारी महा विद्यालयको नेपाली  विभागको प्राध्यापक पेम सेर्पा विरोकीको धर भएको हुनाले हामी  उँहालाई भेट्न गएका थिऔ।  सर क दशैको विदामा धर आउनु भएको थिएछ। सरको घरमा दोमाङ्ग पाठ आयोजन गरेका थियो  , र हामीलाई खाजा अनि छिप्पिएको किरा भइसकेको तोग्बा चुस्नलाई  दिनु भयो।  केही  बेर आराम गरेर हामी हाम्रो पैदल अधि 
लम्काउछौ  ।  लोधोमा बजार आई पुग्दा मलाई शरीर विसन्चो भएर  उल्टी पखाला शुरु हुन थाल्यो यानि फुड पोइजन भएको थाहा लाग्यो।  म आफ्नो ह्याबरस्याकसम्म बोक्न नसक्ने अवस्थामा पुगेको थिए।  पूर्ण दाई  आफै पनि क्षय रोगि अनि कमजोर व्यक्ति  मेरो भारी  र मलाई  सम्हाल्नु नसक्ने स्थितिमा पुगेका थियौ। बाटोमा न कुनै दवाई दोकान थियो। न त् हामीसित कुनै फस्ट एड दवाई बोकेका थियौ। झेपिमा आइपुग्दा एउटा घोड़ा बन्दोबस्त गरि पुलबजारसम्म किराया मिलाएर त्यसमाथि सवार भई  ऎनकेनप्रकरेन पुल बजार आइपुग्यौ ४ बजे बेलुकी।     

                    पुल बजारमा  हामी मडपू  बिच् कमानवासी राई बहादुर राई सर जो सिनियर स्कुल इन्सपेक्टरको ओहोदामा कार्यरत हुनु हुन्थ्यो वंहाको  घरमा एक रात बिताउनुको निम्ति  अग्रिम चाँजो मिलाएका  थियौ। भाग्यवश सरको घरमा बिजनबारी खण्ड मेडिकल अफिसर पनि दशैको छेकमा साथिहरुसित तास खेलिरहेका थिएछ।  मेरो हालत हेरेर केही  दवाई उसको झोलाबाट निकाली मलाई  दिनु भयो.  दवाई खाएर  मेरो फुड पोइजनिङ्गको विमार निको भएको थियो। यात्राको दशौ दिनमा हामी फर्कनुथ्यो तर दुइ दिन अधि आएको मुसलधारे वर्षाको भेलले पुलबजारको मुख्य पुल नै बगाएर क्षतिग्रस्त बनाएको थियो जसको कारण पुल बजार दार्जिलिङ्ग मोटर यातायात अवरोध भएको कारण हामी गोक,सिग्रिताम, धजे चियाबारी  हुंदै फ़ुबछिरिङ्ग चियाकमानमा मेरो भाउन्युहरुकी माइता घरमा बास बस्न साँझ  पुगेका थियौ। 

                      फुबछिरिंग चिया कमानबाट भोलि पल्ट हामी  विदावारी भई  पैदल यात्राको बाह्रौ दिन पछि हामी लेवोड़ घोडा रेश मैदान त्यसताक दार्जिलिङ्गको एउटा रहिसहरुको विलासीताको  एउटा आकर्षक जुंवा खेल  लेवोंग घोडा  रेस  आयोजन हुनेगर्थ्यो। ७६ सालको गोर्खाल्याण्ड आन्दोलन काल भन्दा केहि काल अघिसम्म लेवोंड हर्स रेस आयोजित हुने गर्थ्यो।  तिनताक दार्जिलिडको भोटे बस्तीस्थित तिब्बती रिफ्यूजी  सेन्टरमा अर्को  जुंवा खेलामा हाउसी खेला  मान्छेहरुको निम्ति आर्कषित खेला  गर्थ्यो ।    लेबोंडबाट  टाक्सीमा चढेर हामी  दार्जिलिङ्ग शहरमा आइपुगेका थियौ। दार्जिलिङ्ग शहरबाट  रेसेप कमान जाने  मालबाबुको पुरानो हिमुलको दुध बोक्ने व्हिलीस   जिपको डालामा झुडेर घर आइपुगेका थियौ। 

                         १२ दिनको हाइकिंग ट्रीप जीवनमा एउटा रोचक अनुभूति भएर बिस्मृतिको छाँयामा  रहेको तर  आज विश्वको कोरोनाको महा संकट कालमा लक् डाउन अवधिमा   घरभित्र बस्न  पर्दा ५० वर्ष अधिको पुरानो एल्बम पल्टाउदा  ब्लेक - व्हाइट जमानाको फोटोहरु  अनायासै लोचन-संयोग हुँदा  " मेरो जीवनको प्रथम यात्रा संस्मरण लेख्ने जर्मको गरे। जीवनमा बिस्मृतिका  क्षणहरुले पनि   जिउने उमंग जाग्दो रैछ   ।  जीवन जिउने क्यानभासमा  एउटा कलाकृति   थपे जस्तो।  

सेवामा,        विभागीय अभियन्ता ,लोक निर्माण कार्यालय कालिम्पॉङ्ग  जिल्ला।         विषय : कालिम्पोंग शगर्को भी भी आई पी रोड रिंगकिंग्पोंग  र...