सेरोफेरो : २०१८ भुटान यात्राको संस्मरण
शरद मौसमको व्यस्त पर्यटन सिजन अक्टोबर नोभेम्बर २०१८ मा उसै पनि मानसरोवर होमस्टेमा आउने पर्यटकहरुको बुकिंग अधिक हुने गर्छन। लगातार २ महिनासम्म अतिथि-सत्कार धन्दामा खट्नु हाम्रो निम्ति एउटा चुनौती एंव होमस्टेको रेटिंगलाई यथावत कायम राख्ने अर्को लक्ष्य। मेरी श्रीमती पुष्पा सरकारी नोकरीबाट अवकास लिएपछि झन् अधिक व्यस्त र परिश्रम गरेको म महशुस गर्छु। हाम्री भुटान धुम्न जाने इच्छालाई साकार बनाउनुलाई दिसम्बरको तीन हप्ता बुकिंग क्लोज गरेर म अनि मेरी श्रीमती मेरो बसन्ती आर्टिका कार लिएर कालिम्पोंगबाट ३० नोभेम्बर २०१८ को दिन प्रस्थान गर्छो। लगातार ७ घण्टा एकल वाहन ड्राभिंग गरेर साँझ ४ वजे भुटानको सीमा फोंसोलिंग शहर पुग्छो। जैगाँव बजारमा मेरो भतिजी ममता र बैनी लालुमायाको घर अवस्थित भएको हुनाले रात्रि विश्राम गर्ने अगावै चाँजो मिलाएका थियौ। भोलिपल्ट शनिबार भएकोले फोंसोलिंग शहरमा पुगेर सर्वप्रथम भुटान प्रवेश-अनुमतिको व्यवस्था मिलाउनु हाम्रो पहिलो प्राथमिकता थियो कारण सरकारी कार्यालय बन्द हुने भएको हुनाले त्यही दिन ट्राभल ईजेंट कार्यालयमा गई आवशकीय कागजाद बुझाई भोलि विहान १० बजे रिर्पोट गर्ने आश्वासन पायौ। भुटान यात्रा प्रवेश-अनुमतिको निम्ति कुन होटलमा कति समयको निम्ति बस्ने सर्वप्रथम बुकिंग गर्न जरुरत रहेछ। साँझ भतिजी ममताको घरमा भोजन गरि बैनी लालुमायाको घर जैगाँवमा रात्रि विश्रामको निम्ति पुग्छौ कारण बैनीको घरमा कार पार्किगको सुविधा राम्रो रहेछ।
भोलि पल्ट हामी निर्धारित समयमा ट्राभल ईजेंट कार्यालयबात आवश्कीय प्रवेश अनुमति परमिट सग्रह गरि हाम्रो यात्रा फोंसोलिंग शहरबाट दिउंसो १२ बजे पारो शहरतिर शुरु हुन्छ। फोंसोलिंग र पारोको दुरत्व प्राय: १४३ किलोमिटर छ , पहाडी सडक भारतीय सीमा सदाका वाहिनीको देखरेख निर्माण अनि सगरक्षण भुटान राज्यभित्रको राजमार्गहरुमा वाहन हाक्न अति नै सुगम रहेछ। प्राय:५०/६० प्रति घन्टाको रफ्तारमा वाहनहाक्न सजिलै सक्ने भएतापनि ठाँउमा अवस्थित मलाई र मेरी श्रीमतीलाई कुनै हतार छैन थिम्पु फोंसोलिंग राजमार्गको प्राकृतिक सौर्न्दताको लोचनलाभ अनि जग्गा-जग्गामा अवस्थित वे-साइड रेस्टुरेन्टमा जल-पान गर्दै अधि लाग्छौ। यात्रा अवधिमा बातोमादुइ स्थानमा भूटान प्रवेश परमिट देखाउनलाई चेक-पोस्टमा पहरी चौकी रहेछ। बाटो फराकिलो भएतापनि पुतलीभिरको बाटो भने चट्टान काटेर बनाएको बाटोबाट गाडी चलाउन मुटु चाहिने रहेछ।
फोंसोलिंग थिम्पु राजमार्गमा पर्ने विशेष स्थानहरुमा गेडू , छुक्का , चेप्चा , छोका ,चेप्चा,चिमखा हुंदै चुजुम पुलबाट थिम्पु पारो राजमार्गको दिशा परिवर्तन गर्न पर्ने रहेछ।
चुजुम पुल तरेर पारो भुटान राजमार्गतिर जसै लाग्छौ जंगल विहिन पहाड़ अनि चिसो हावाको वेगको आवाज सुन्छु। राजमार्ग भएतापनि गाडीको आवात-जावत कम्ती देख्छु। सायद आज सरकारी विदाको दिन भएर हुन सक्छ। विशेष पारि खोलाको किनारै किनार भएर यो मार्ग अति शुद्र अनि सुगम रहेछ।
मेरो कारलाई होटल परिसरमा नै पार्किंग गरेर एउटा लोकल ट्याक्सी हायर गरेर थ्म्पुको लोकल साइट शिनको निम्ति हामी निस्कन्छौ।
भोलि पल्ट हामी निर्धारित समयमा ट्राभल ईजेंट कार्यालयबात आवश्कीय प्रवेश अनुमति परमिट सग्रह गरि हाम्रो यात्रा फोंसोलिंग शहरबाट दिउंसो १२ बजे पारो शहरतिर शुरु हुन्छ। फोंसोलिंग र पारोको दुरत्व प्राय: १४३ किलोमिटर छ , पहाडी सडक भारतीय सीमा सदाका वाहिनीको देखरेख निर्माण अनि सगरक्षण भुटान राज्यभित्रको राजमार्गहरुमा वाहन हाक्न अति नै सुगम रहेछ। प्राय:५०/६० प्रति घन्टाको रफ्तारमा वाहनहाक्न सजिलै सक्ने भएतापनि ठाँउमा अवस्थित मलाई र मेरी श्रीमतीलाई कुनै हतार छैन थिम्पु फोंसोलिंग राजमार्गको प्राकृतिक सौर्न्दताको लोचनलाभ अनि जग्गा-जग्गामा अवस्थित वे-साइड रेस्टुरेन्टमा जल-पान गर्दै अधि लाग्छौ। यात्रा अवधिमा बातोमादुइ स्थानमा भूटान प्रवेश परमिट देखाउनलाई चेक-पोस्टमा पहरी चौकी रहेछ। बाटो फराकिलो भएतापनि पुतलीभिरको बाटो भने चट्टान काटेर बनाएको बाटोबाट गाडी चलाउन मुटु चाहिने रहेछ।
फोंसोलिंग थिम्पु राजमार्गमा पर्ने विशेष स्थानहरुमा गेडू , छुक्का , चेप्चा , छोका ,चेप्चा,चिमखा हुंदै चुजुम पुलबाट थिम्पु पारो राजमार्गको दिशा परिवर्तन गर्न पर्ने रहेछ।
चुजुम पुल तरेर पारो भुटान राजमार्गतिर जसै लाग्छौ जंगल विहिन पहाड़ अनि चिसो हावाको वेगको आवाज सुन्छु। राजमार्ग भएतापनि गाडीको आवात-जावत कम्ती देख्छु। सायद आज सरकारी विदाको दिन भएर हुन सक्छ। विशेष पारि खोलाको किनारै किनार भएर यो मार्ग अति शुद्र अनि सुगम रहेछ।
बाटोमा भुटानको आफ्नै गृह निर्माण शैलीको जलपान गृह र भुटान सैनिक छाउनी देख्दा जलपान गर्न केहि बेर हल्ट गर्छु। भुटान राज्यले आफ्नो पुरातन गृह निर्माण शिल्प कलालाई यथावत राखेको देख्दा मन मनै प्रंसशा
गर्न मन लाग्छ अनि मेरो क्यामरामाती दृश्य कैद गर्न आतिरिन्छु।
साँझ अँध्यारोमा पारो शहर पुग्छौ। हाम्रो दुई रातको निम्ति विश्रामको निम्ति तासिलींग होटलमा छेक इन् गरी रात्रि भ्रमणमा पारो सहर निस्कन्छौ। प्र्दुशंरहिता फराकिलो सहरको बाटो बिजुली बत्तिको रोशनीमा भुइँ ताराको संसारमा आफ़ुलाइपाएको स्वर्गिक आनन्दको महसुश गर्छु।
रातको भोजन हामी पारोको एउटा रेस्तुरेन्टमा विशेष शाकाहारी भुटानिज क्युजिन खान्छौ अनि रात्र १० वजे होटलमा विश्राम गर्न पुग्छौ अनि विहानको नास्ता ७ बजे साथै दिउंसोको पेका लन्चको अडर गरेर कोठामा आराम गर्न पुग्छौ। दिनभर कार ड्राइभले शरीर थाकेकोले गर्दा विस्तारमा ढल्केको मात्र थिए कहिले निदाई पठाए पत्तै भएन।
विहान पाँच बजे उठेर बाल्कोनीमा विहानीको चियाको चुस्की लिंदै पारोको प्राकृतिक सौन्दर्यतालाई मा सुर्यको प्रथम किरणले स्पर्श गरिरहेको पारो नदीको कल-कलाकलाहटको आवाज, पल्लो सम्म-खेतबारीको सुन्दर दृश्य अति मनमोहक नयनाविराम शान्त पारो शहर.
पारोको दोस्रो दिनको नियात्रामा टाइगर नेस्ट यानी तक्सांग गुम्बा दर्शन वास्तवमा भुटानको सब भन्दा उत्तम पर्यटन स्थलहरु मध्ये पहिलो पर्यटकहरुको चाहना हुनेगर्छ। हामी विहान ८ बजे प्रस्थान हुन्छौ। पारोबाट प्राय: ७ किलोमिटरको दुरत्व गाड़ी जाने बाटो रहेछ। तर मैले बाटो बिराएर निकै अधि प्राय: १५ किलोमिटर टाडो पुगेछौ। एउटा पारि भितामा अवस्थित पुरानो जोँगको दृश्य क्यामरामा कौडा गर्न इच्छा लाग्छ र कार हल्ट गर्छु। छेवैको एउटा नेपालीको चिया दोकानमा टाइगर नेस्ट जाने बाटो सोध्छु हामि बाटो बिराएर धेरै अग्गादी आइ पुगेका रहेछौ र पछि वापस त्य्घी बाटो भएर फर्कन्छौ। बाटोमा स्कुल गइरहेकी नानीहरुलाई पनि गाडीमा चडाएर ल्याउछु र सहि बाटोको दिशा निर्देश गर्छन।
हामी ९.३० बजे कारलाई पार्किंग गरेर ताक्सांग गुम्बा जाने उकालो बाटो लाग्ने तयार गर्छौ। टेक्ने लौरोको बन्दोबस्त गर्छौ। दिनको घामको किरण निकै तेज भैसकेको हुन्छ एका विहानै गुम्बा दर्शन गरेर आउने विदेशी पर्यटकहरु फर्किरहेका देख्छु। मेरी श्रीमतीजीलाई उकालो चड्न मुश्किल हुन्छ जस्तो लागेर हामी आधा बाटोसम्म धोड़ामा सवार भई जांने चाँजो मिलाउछौ।
आधा उकालो बाटोसम्म पुगे पछि अगाडी धोदा सवार प्रतिबन्द रहेछ। सर्वप्रथम मेरी श्रीमतीले धोड़ा सवार गरेको अनुभव गरि तर भिरालो बाटोमा कतै लड्यो भने चोट लाग्ने सम्भावना र खतरा रहेछ। तिर्थ गर्न जाँदा पैदल गएको नै मेरो सुझाव। आइफ़ल रुखको जंगल अनि सुन्दर सेरो झ्याउ जान्गलाई भरि झुन्डेको दृश्य अति मोहक देख्दो रहेछ।
नाक ठोकिने उकाली पगदंड्डीमालौरोको सहायताले पसिनै पसिना भएर हामी आस्ते आस्ते आफ्नो पैताला अधि सार्छौ पारी चट्टानमा अवस्थित टाइगर नेस्ट गुम्बा दर्शनमा।
ताक्क्सांग गुम्बाको दर्शन गरी हामी साँझ ३ वजे पारो आई पुग्छौ अनि होटलमा पुगी तातो पानीले स्नान गरेर ताजा भई पारो धुम्न निस्कन्छौ। भुटानको एउटा विशिष्ट गृह निर्माण शैलीको घरहरु विशेष मेरो निम्ति आर्कषक अनुभव भएको छ।
२ दिन पारो भुटानको यात्रा पश्चायत हाम्रो दोस्रो गन्तब्य यात्रा भुटानको राजधानी थिम्पुतिर लाग्छौ। पारो विमानपत्तममा आइपुग्दा भुटान रोयल एयर् लाइन्सको विमान लेन्डिंग गर्दै गरेको दृश्य खुब राम्रो देखिँदो रहेछ। पारो नदीको छेउमा अवस्थित चारैतिर अग्ला पहाडले धेरेको एयरपोर्ट सायद विश्वमा कुशल औ शाहशिक पायलटहरुले मात्र विमान्अवतरन अनि उडान भर्न सक्छन जस्तो लाग्यो।
पारो-थिम्पु राजमार्ग भएर हामी चुजुम पुल पार गरेर देव्रे तर्फको थिम्पु राजमार्गमा पर्ने स्थानहरु साकेतान,खासखा,सिन्गेल,सिम्तोखा,बुध्द डोर्नेमा , चांगबंदु पार गर्दे थिम्पु राजधानी आइपुग्छौ। चांगबंदु हेलिपेडबात् ओरो भिल्ला होटलको बाटो लाग्नु पर्नेमा मा सोझै थिम्पु शहरको मोटर स्ट्याण्डमा पुगेछु। त्यस ठांउबाट ओरो भिल्ला होटल जाने बाटोको गाइड एउटा टाक्सी लिएर दिनको २ बजे होटलमा चेक इन हुन पुग्छौ।
केहि दिन अधि मात्र ओपनिंग भएको नँया होटल भित्र प्रवेश गर्ने वितिक्कै खुसी र स्वच्छ अनुभिति महसुस गर्छु।
नँया होटलको युवा स्टाफहरु भुटानिज परिधानमा सजिएर हामीलाई स्वागत गर्छन। बैठक कक्षमा भुखारीमा आगो दंकी रहेको रहेछ र हामीलाई स्वागत पेय जलव्दारा प्रदान गरी होटलको भनर पर्ने तत्थहरु जामा गरे पश्चात शयन कक्षमा लेजान्छ। दिनको भोजनको अडर दिन्छौ शुद्ध शाकाहारी भुटानको परिकार।
मेरो कारलाई होटल परिसरमा नै पार्किंग गरेर एउटा लोकल ट्याक्सी हायर गरेर थ्म्पुको लोकल साइट शिनको निम्ति हामी निस्कन्छौ।
७० को पुर्वाधमा म कलेज शिक्षालाई पूर्ण नगरी थिम्पुमा नोकरी गर्न पुगेको थिए। तिनताक मैले देखेको अल्प शिक्षित समाज र जत्तातैते फोहोर मैला अनिगुवा पान चपाएर सहरको बाटोतिर र सिनेमा धारभित्र रातै थुक फालेको दृश्य परिकल्पना गरेको भुटान सम्झेको थिए तर आजको भुटान संसारमा नै एउटा स्वच्छ अनि सुन्दर भुटान देख्न पाँउदा सुखद अनुभवको आभास गरे। देशको नागरिक अनुशासन अनि कर्तव्य परायन रहेको प्रतक्ष्य उदाहरण देख्छु। सायद भुटान देशको राजा नै एउटा ज्वलन्त उदाहरण बनेर होर्डिंगहरुमा देख्न पाइन्छ।
भुटान घुम्न आउने प्रत्येक पर्यटकहरुले एउटा शिक्षा लिएर जानु पर्ने कुरो पनि।
साँझ झाम्मकै हुँदा थिम्पुमा ह्र्र्ना पर्ने पर्यटकीय स्थलहरु परिदर्शन गरेर होटल ओरो भिल्ला आइपुछौ।
होटलको बल्कोनिबात थिम्पु राजधानी नक्षत्र झैँ ज्वाजल्यमान भएर बिजुली बत्तिको प्रकाश जलमल्ल दिपावलीको रात झैँ जाजल्यमान परिदृश्य मानौ स्वर्ग धरतीमा अवतरण भएको आनन्द विभोर अनुभिति आत्मसात गर्न पाए।
थिम्पु भ्रमणको दोस्रो दिन सुर्योदयको प्रथम किरण थिम्पु शहरको थाप्लोमा पर्दा अत्यन्तै मनोहर देखिँदो रहेछ। चन्द्रमा अस्त अनि सुर्योदयको क्षणलाई क्यामरामा कैद गर्दछु।
मेरो कारको इंजनले समस्या कारको डेशबोर्डमा देखाउन थालेको छ अनि इंजन ओयल पनि ज्याँदा कान थालेको छ। इंजन ओयल २ लिटर टप अप गर्छु। ईश्वर साङ्ग प्रार्थना गर्छु कि फर्कंदा बाटोमा सहि सलामत जान पाऊ। थिम्पुमा दुई दिनको बूकिंग गरेको थिए. श्रीमतिसंग सल्लाह गरी फर्कने तयार गर्छौ। विहानको खाजा खाएर फोंसोलिंगतिर ९ बजे प्रस्थान हुन्छौ होटलको स्ताफ्हरुसंगा सामुहिक तस्विर लिन्छौ फेरी आइफल फाल्ने सिजनमा आउने वाचा राख्दै।
कारले कुनै दु :ख नदिई हामी भुटान सीमानामा ४ बजे पार हुन्छौ। भतिजी ममताले एक रात उनिहरुसिता बस्ने आग्रह गर्दैथी तर हामीले एक रात जल्दपादा अभायारंको होलॉङ्ग दाकघरमा एक रात हल्ट गरि भोलि विहान एनिमल सफारी गरि सिलिगुडी फर्कने योजना मिलाउछौ।
यसरी हाम्रो भुटान अनि डुर्वसको नियात्रा टुंगिन्छ यौटा जीवनमा जिउने नतुन उमंग र जोश भरेर।










