सोमवार, 15 अगस्त 2016

सिङ्कोनाबारी अनि चियाबारीमा  खटी खाने सम्पूर्ण आमाहरुलाई आज " मदर डे " को उपलक्ष्यमा केही  वर्ष अधि मंग्पू कुलैनाबारीबाट  प्रकाशित  सि ङ्कोना संदेश  सरकारी पत्रिकामा प्रकाशित मेरो कविता स-श्रध्दापुर्वक नमन एंव शुभेच्छा अर्पण 

लाठपंचरको कमानको घन्टी 

आज भुकभुके विहानीमा 

एउटी बंगाली चरा-प्रेमी ठिटीले
लाठपंचरको कमानको घन्टीको  आवाज  सुनेर 
"एटा कि आवाज ? घन्टी क्यानो बज्छे ?
प्रश्न तेर्साउछे 
यो कमानको  घन्टीको आवाज 
मैले पचासको दशकदेखि सुन्दै आउंदैछु 
तर मैले गन्तीमा पुग्नु हतारिंदै गरेकी आमालाई कहिले सोध्ने धृष्टता राखिन 
आज अन्यासै मेरो  वाल्यकालको याद मानसपटमा ओर्लिन्छ 
विहानीको भालेको  डाक अगाडि ज्यातोमा मकै पिसेर 
मकै र कोदोको ढेरो ओढालेर पकाएकी  भोजन 
महीको   सोल्दरसित  हतारिंदै घाँटीबाट छिर्न नपाई 
कमानको पहिलो घण्टा सुनेर
दिउँसोको खाजा एक घान मकै भुटेर मजेत्रोको पछोरीमा बाँधेकी 
वर्खा झरिबाट ओझेल हुनुलाई चोयाको घुम चट्ट्क काँधमा भिरेर 
कमानको दोस्रो घण्टामा 
गन्ती घर अघिल्तर उभिन्थिईन् 
मेरी आमा झैँ थुप्रै आमाहरु 
गाँस-वासको खोजीमा 
सिन्कोना र चियाबोटमा पैसा फल्ने कथा सुनेर 
आफ्नो जन्मभूमि छोडेर 
घण्टीको आवाजमा जोवन साटेर 
कमानको तेस्रो घन्टीको आवाजसंगै
छिचिमिरा जस्तै मुंसी बाबुको अरान-खटनमा 
कोही सिन्कोना बगान फडाई 
कोही सिन्कोना उग्लाई  
कोही सिन्कोनाको बिरुवा रोपाई 
कोही धुरा बनाईतिर छरपस्टिन्छन 
कमानको चोथो पहरको घन्टी 
दिउंसोको खाजा खाने  छुट्टी 
आमाहरु   एक ठाँउमा  भेला भई 
हरेक चुल्हामा पाकेको विभिन्न प्रकारको खाजा 
एकठ्ठा मिसाएर जोगी खाजा 
चियावालनीको आधासेरे मगले बाटेको  फिक्क  चिया 
आह भोक भन्दा भोजन मिठो
कुनै पाँच तारे होटलको परिकार भन्दा स्वादिष्ट 
यो जोगी खाजाले अनेकतामा एकता 
दुनियाँको मजदुर एक हौ को   संदेश  छरिरहेको  हुन्थ्यो 
कमानको पाँचौ पहरको घन्टी 
केहि क्षण सुस्ताएर  र फेरी मेलोमा  पस्ने समय 
यसरी मेरी आमा  आमा सबैको आमाहरुले 
आफ्नो खुन  र पसिनाले सिन्चेर 
खडा  गरेको यो सिन्कोना खेती र  चियाबारीमा  

सुन्थ्यौ सरकारले कुइनैनको दवाई  बेचेर  र कमानको मालिकबर्गले चिया बिचेर मुनाफा कमायो 
तर सिन्कोना बगान र चिया बगानको मजदुर आमा -बाबु हरपल 

गाँस र  बासमा त्रसित जीवन भोग्दै 

अपुगमा पनि आत्म-सन्तुष्ठ बन्दै 
एकदिन आफ्नो मृत्-देह सिन्कोना र चियाको  बोटलाई मलिलो बनाउंनुलाई  न्योछार गरिदिन्छ
कमानको छैटो पहरको  घन्टी 
गोधुली याममा 
श्रान्त शरीर लिई घर आइपुग्थिन 
कमानको घन्टी समय-निष्ठाको सान
कहिले-कहिँ रातको समयमा कमानमा ड़रेलो  लाग्दा 
मजदुरहरुलाई भेला गराउने साधन पनि 
सायद यो घन्टीको आवज कुनै दिन वन्द भए ?
कमान ताला  लाग्ने र्दु-भाग्यको संकेत  पनि हुनसक्नेछ,,,,
यसैले आऊ शिक्षित युवा मजदुर साथीहरु 
यो कमानको घन्टीको आवाजलाई  निरन्तरता राख्न 
समय-निष्ठावान र कर्तव्य-परायन बनी परिश्रम गरौ 
सिन्कोना र चिया उद्योगको निम्ति केहि नयाँ गरेर देखाऊ 
यो कमानको घन्टीलाई साक्षी राखी 
यसको ऐतिज्यलाई  अक्षुण राखौ। 
  

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

       संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास     पहिलो बैशाख ...