नक्सलवाद साम्यवादी क्रान्तिकारिहरुको त्यो आन्दोलनको अनौपचारिक नाम हो जो भारतीय कम्युनिस्ट आन्दोलनको फलस्वरूप उत्पन्न भएको थियो । नक्सल शब्दको प्रार्दुभाव पश्चिम बंगालको एउटा सानो बस्ती नक्सलबारीदेखि शुरु भएर जहाँ भारतीय कम्यूनिस्ट पार्टीको नेता चारू मजूमदार और कानू सान्यालले 1967 मा शासनको बिरोधमा एक सशस्त्र आन्दोलन आरम्भ गरेको थियो । मजूमदार चीनको कम्यूनिस्ट नेता माओत्से तुंगको ठुलो प्रशंसक थिए औ उसलाई लाग्दथ्यो कि भारतीय श्रमिकहरु अनि किशानहरुको दुर्दशाको कारण सरकारी नीतिहरु उत्तरदायी हुन् जिसको कारण उच्च वर्गको शासन तन्त्र औ फलस्वरुप कृषितन्त्रमाथि जोतदार सामान्तवादिहरु वर्चस्व स्थापित भएको थियो । यस्ता न्यायहीन दमनकारी वर्चस्वको खिलाफ़ केवल सशस्त्र क्रान्तिद्वारा समाप्त गर्न सकिन्छ भनी नक्सली आन्दोलनको झिल्का सल्केको थियो । नक्सल आन्दोलनकारीहरु पारम्परिक हतियार धनुस कांडको भरमा सशस्त्र पुलिशहरुसंग संधर्ष शुरु गरेका थिए अनि दार्जिलिंग पुलिसको इन्सपेक्टर वाडदी शहीद भएका थिए पछि उनैको नाममा शिलिगुड़ी थानाको नाम राखिएको थियो।
तिनताक १९६७ मा पुलिसहरुको सहयोगको निम्ति दार्जिलिंग जिल्लामा डीएसपी बाबु राम प्रधानको नेतृत्वमा यवा जमातलाई होम गार्डमा भर्ना गराउने काम शुरु भएको थियो। मंग्पू सरकारी कुलैन बारी क्षेत्रबाट पनि तिनताक धेरै युवाहरु हम्म गार्डमा भर्ना भएका थिए जस मध्ये रेसेप बजारबाट