रविवार, 12 फ़रवरी 2023

        कालिम्पॉङ्ग शहरस्थित वरिष्ठ नागरिक कल्याण समितिको मासिक सभा १४ फरवरी २०२३ को दिन चन्द्रलोक स्थित मानसरोवर होमस्टे परिसरमा समितिको सभापति  पी के प्रधानको अध्यक्षतामा सफलापूर्वक सम्पन्न गरियो। गत सभामा पारित प्रस्तावनाहरू बिषय व्यापक चर्चा र परिचर्चा पश्चात सर्वसम्मतिद्वारा अनुमोदित गरियो। समितिको भावी कर्मसुची अनि कतिपय सामाजिक समस्याहरु विषय समितिको सचिव श्रीमान कुमार भुशालद्वारा सभापटलमा चर्चाको निम्ति पेश गरियो।  नागरिक समस्याहरुको समाधानको निम्ति उचित फोरम तथा निकायहरुमा  भविष्यमा उठान गर्ने सभामा तय गरियो।

        सभाको उत्तार्धमा प्रीति भोज अनि जलपान सहित सदस्यहरु मध्ये सन्त बि गुरुडद्वारा "नागाल्यान्दको जनजातिहरुको उत्सवहरुको उत्सव हर्नबिल फेस्टिबल  हेरेर  यता गोर्खाल्याण्डको जनजातिहरु हुने आन्दोलनको समीक्षात्मक टिप्पणी" भ्रमण लेख पठन गरेर उपस्थित सदस्यहरुमाझ एउटा गम्भीर विषयवस्तुमा आलोचना गर्ने भविष्यमा तय गरियो।  श्री कुमार भुषालज्युबाट नारायण गोपालको कालजयी गीत मिठो स्वरमा प्रस्तुत गरेर समारोहलाई चाँद चार थपिदिएको थियो।  जोवनको उत्तार्धमा परिवारप्रतिको कर्तव्यपालनमा सम्पुर्ण जीवनलाई न्यौछावर गरेर महिनाको प्रत्येक दोश्रो रविवारलाई आफ्नो वरिष्ठ नागरिक 

सोमवार, 6 फ़रवरी 2023

     कामाख्या मंदिर आसामको  राजधानी दिसपुरको समीपमा अवस्थित  गुवाहाटीदेखि  ८ किलोमीटर दुरत्वमा  कामाख्या अवस्थित छ । कामाख्यादेखि  १० किलोमीटर टाडो  नीलाचल पव॑त विधमान  छ। यो  मन्दिर  शक्तिको  देवी सतीको  मन्दिर पनि हो । यस मन्दिर  एक पहाड़मा  बनिएको छ जसलाई तांत्रिक महत्वको निम्ति प्रख्यात छ । प्राचीन काल देखि  सतयुगीन तीर्थ कामाख्या मन्दिर  वर्तमानमा  तंत्र सिद्धिको  सर्वोच्च स्थल पनि हो । पूर्वोत्तरको  मुख्य द्वार मानिने  असम राज्यको  राजधानी दिसपुर देखि  6 किलोमीटर टाडोमा    स्थित नीलांचल अथवा नीलशैल पर्वतमालामा  अस्थित मां भगवती कामाख्याको  सिद्ध शक्तिपीठ सतीको  इक्यावन शक्तिपीठहरु  मध्ये सर्वोच्च स्थान मानिन्छ । त्यहाँ  भगवती माताको  महामुद्रा (योनि-कुण्ड) स्थित छ । यो अष्टादश महाशक्तिपीठ स्तोत्र   अन्तर्गत पर्दछ  भनि  आदि शंकराचार्यले  लेखेको थियो ।देश भरि  अनेकों सिद्ध स्थानहरु छन  जहाँ माता सुक्ष्म स्वरूप मे निवास गर्दछ ति मध्ये  प्रमुख महाशक्तिपीठहरुमा   माता कामाख्याको  मंदिर सुशोभित छ।   हिंगलाजको  भवानी, कांगड़ाको  ज्वालामुखी, सहारनपुरको शाकम्भरी देवी, विन्ध्याचलको  विन्ध्यावासिनी देवी आदि महान शक्तिपीठ श्रद्धालु भक्तहरुको   आकर्षणको  केंद्र एवं तंत्र- मंत्र, योग-साधनाको  सिद्ध स्थानहरु हुन । यहाँ  बिश्वास छ कि वाहिरबाट आएका भक्तजन   जीवनमा  तीन पल्ट  दर्शन गर्छन  उनीहरु  सांसारिक भव बंधनबाट मुक्ति पाउँछन  । " अथवा देवी सर्व भूतेषू मातृ रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।

   माता कामाख्याको करुणकृपा अनि बुलावटमा मेरो परिवारको  सौभाग्य गत ४ फरवरी २०२३को दिन विहान ४ बजे ब्रम्हा मुर्हतमा  गुहावटीतिर प्रस्था न गर्यौ मेरो सानो परिवार श्रीमती पुष्प, छोरी टीना , छोरा सन्दिप, बुहारी सोनीका र नाती अरुणोदय। घरवाट ६५० किलोमिटर एकल  



       संझना बिर्सना सलल : कालेबुंग मुगलानको प्रख्यात सुजिकारद्वय स्वर्गीय कवि राज सुन्दास औ स्वर्गीय गंगा माया सुन्दास     पहिलो बैशाख ...