"मेरो राजनैतिक संघर्षमा लागि परेको साथी"
यो जिब्रोलाई स्वत्रन्त नदिएको जाती
बरु यसलाई ठ्यान्ग्रोमा नै बन्दी बनाउनु निको
नबोलेको वाक्य
हुन्छ म्यानभित्र राखेको दुईधारे तरवार
यदि बात वाहिरिए शब्द तरवार
बेर लगाउदैंन यसले संहार गर्न
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
निमुखा जनतालाई लट्टायौ
थाहा छ हाम्रो पुर्खौली उखान
गरिबलाई दिन्छु नभन्नु
रांडीलाई लान्छु नभन्नु
बोली चाँदी
बातमा, चाममा, हाममा र जातमा भन्दा
मौरी र कमिला सरह
गर्छु नभनी चुपचाप लागि परेको हुन्छ काममा
यो जिब्रोलाई स्वत्रन्त नदिएको जाती
बरु यसलाई ठ्यान्ग्रोमा नै बन्दी बनाउनु निको
नबोलेको वाक्य
हुन्छ म्यानभित्र राखेको दुईधारे तरवार
यदि बात वाहिरिए शब्द तरवार
बेर लगाउदैंन यसले संहार गर्न
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
निमुखा जनतालाई लट्टायौ
थाहा छ हाम्रो पुर्खौली उखान
गरिबलाई दिन्छु नभन्नु
रांडीलाई लान्छु नभन्नु
बोली चाँदी
बातमा, चाममा, हाममा र जातमा भन्दा
मौरी र कमिला सरह
गर्छु नभनी चुपचाप लागि परेको हुन्छ काममा
जसरी निर्मल कोमल जलधाराले
कठोर चट्टानलाई चिरेर समुद्रतिर लम्कन्छ
कोमलताले बज्र ह्र्दयलाई नौनी तुल्याउछ
सप्पैलाई साथ् लिएर चल्ने पो नेतृत्व
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
तिमी क-कसलाई सन्तोष दिन सक्छौ र ?
भन्छ नि दिएर आफ्नु हुंदैन
खौरेर निमिठ्याम्म कहिले बनाउन सकिन्न
यो त्यो गरिदिन्छु ठ्याम्मै नभन
बरु तिमि जहाँ-जहाँ जान्छौ
केवल एउटा काम गर
जसमा सर्व -हितार्थ बनोस
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
नेल्सन मन्डेलाले
आफु जलनेल सहेर तरवारको म्यानभित्रै
नबोलेको शब्द झैँ बन्दी भएर
कुइरेहरुको दासत्वको जन्जिरबाट
हब्सीहरुलाई मुक्ति दिलाए झैँ
काम त यस्तो पो हुनु पर्छ
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
कठोर चट्टानलाई चिरेर समुद्रतिर लम्कन्छ
कोमलताले बज्र ह्र्दयलाई नौनी तुल्याउछ
सप्पैलाई साथ् लिएर चल्ने पो नेतृत्व
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
तिमी क-कसलाई सन्तोष दिन सक्छौ र ?
भन्छ नि दिएर आफ्नु हुंदैन
खौरेर निमिठ्याम्म कहिले बनाउन सकिन्न
यो त्यो गरिदिन्छु ठ्याम्मै नभन
बरु तिमि जहाँ-जहाँ जान्छौ
केवल एउटा काम गर
जसमा सर्व -हितार्थ बनोस
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
नेल्सन मन्डेलाले
आफु जलनेल सहेर तरवारको म्यानभित्रै
नबोलेको शब्द झैँ बन्दी भएर
कुइरेहरुको दासत्वको जन्जिरबाट
हब्सीहरुलाई मुक्ति दिलाए झैँ
काम त यस्तो पो हुनु पर्छ
मेरो राजनैतिक संघर्षमा लागि परेको साथी
तर तिमी जेलनेलको डरमा
कति दिन भागी हिँड्छौ
छेपाराले रंग फेरे झैँ
कुन कुन पार्टीको झण्डा समात्छौ ?
एकलव्यको तिर-निशाना
कुटनीतिको धुरन्धर गुरु द्रोनाचार्यले
दाहिने हातको बुंड़ीऔला माग्छ भने
निर्भय निस्वार्थ दिनु सक्ने
नेतृत्व समयले एक दिन निश्चय जन्माउनेछ
र मात्र गोर्खाको आफ्नै विश्कुन सुकाउने आँगन हुनेछ।
एकलव्यको तिर-निशाना
कुटनीतिको धुरन्धर गुरु द्रोनाचार्यले
दाहिने हातको बुंड़ीऔला माग्छ भने
निर्भय निस्वार्थ दिनु सक्ने
नेतृत्व समयले एक दिन निश्चय जन्माउनेछ
र मात्र गोर्खाको आफ्नै विश्कुन सुकाउने आँगन हुनेछ।